नेपालीहरू भारतविरोधी होइनन् – १
- कार्तिक ११, २०८३
चितवन, २१ भदौ (रासस) : डेङ्गुका बिरामी बढेसँगै जिल्लामा रगतको अभाव देखिएको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार नियमित रक्तदान नहुँदा डेङ्गु सङ्क्रमितलाई आवश्यक पर्ने सेतो रगत पु¥याउन कठिन भएको हो ।
अहिले दैनिक १०० युनिट सेतो रगतको माग रहेको बताउँदै उहाँले केन्द्रले ६० देखि ७० युनिट मात्रै उपलब्ध गराउन सकेको जानकारी दिनुभयो । सेतो रगतले प्लेटलेट निर्माणका लागि सहयोग गर्ने गर्दछ । डेङ्गु सङ्क्रमितलाई आवश्यक पर्ने सेतो रगत रक्तदान गरेको छ घण्टाभित्र बनाई सक्नुपर्ने हुन्छ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सभापति ज्ञानशाली न्यौपानेका अनुसार जिल्लामा नियमित रक्तदान नहुँदा बिरामीको मागअनुसार रगत दिन नसकिएको हो । पछिल्लो समय डेङ्गु सङ्क्रमित ८३३ पुगेपछि अझै थप समस्या देखिएको हो । न्यौपानेका अनुसार जिल्लामा सेतो रगतसँगै रातो रगतको पनि माग बढेको छ । जसका कारण नियमित रक्तदान गर्नका लागि सबैलाई आह्वान गरिएको छ । अहिले रातो रगतको माग दैनिक ७० युनिट रहेको भए पनि ५० युनिट मात्रै पु¥याउन सकिएको उहाँले जानकारी दिनुभयो ।
केन्द्रले चितवन, गोर्खा, लमजुङ, तनहँुलगायतका १० जिल्लाबाट रगत सङ्कलनको काम गर्दै आएको छ । असार साउनमा खेती गर्ने समय भएकाले रगतको अभाव भए पनि अहिले बिरामीको चाप बढेसँगै रगत अभाव देखिएको न्यौपानेले बताउनुभयो । डेङ्गुका बिरामी बढेका कारण गाउँघरमा रक्तदानका कार्यक्रम पनि कम भएको उहाँले जानकारी दिनुभयो । जिल्लामा वार्षिक ५० हजार युनिट रगतको माग हुँदै आएको छ । केन्द्रले ४० हजार युनिट रगत मात्रै पूरा गर्दै आएको छ ।
दार्चुलामा पनि डेङ्गुको जोखिम
तराई क्षेत्रमा बढ्दो मात्रामा देखिने डेङ्गु पछिल्लो समय दार्चुला जिल्लामा पनि फैलिन थालेको छ । एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने यो रोग गत साउनयता चार जनामा देखापरेको जिल्ला अस्पतालले जनाएको छ ।
डेङ्गुका कारण चार जना बिरामी अस्पताल आएकामा तीन जनालाई थप उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी पठाइएको छ । जिल्ला अस्पताल दार्चुलाका सिनियर अहेव डम्मरदत्त भट्टका अनुसार हालसम्म लेकम गाउँपालिका–३ का १२ वर्षीया निरुता चन्द, महाकाली नगरपालिका–९ का १७ वर्षीय योगेश सामन्त, दुहुँ गाउँपालिका–३ का ३६ वर्षीय उत्तमबहादुर वम, वडा नं २ का ३० वर्षीय गोमती बम रहेका छन् ।
विगतमा तराईमा बसोवास गर्नेहरुमा मात्रै डेङ्गुको सङ्क्रमण देखिन्थ्यो तर पछिल्लो समय पहाडी जिल्लामा पनि फैलिन थालेको भट्टको भनाइ छ । गर्मी र फोहरका कारण हरेक वर्ष जिल्लामा डेङ्गुको जोखिम बढ्दै गएको छ ।
जिल्ला अस्पताल दार्चुलाका प्रमुख डा गजेन्द्र दुवालका अनुसार अहिलेसम्म डेङ्गुको सङ्क्रमण देखिएका चार जनामध्ये बाहिरी जिल्लाबाट फर्किएकामा दुई जनामा यो रोग देखिएको हो । यो रोग लामखुट्टेले सङ्क्रमित मानिसलाई टोक्ने र त्यो लामखुट्टेमा भाइरस विकास हुने हुँदा स्वस्थ मानिसमा समेत सर्न जाने गरेको स्वास्थ्यकर्मी बताउँछन् । गत वर्ष जिल्लामा १३ महिला र सात जना पुरुषमा डेङ्गु रोगको सङ्क्रमण देखिएको थियो ।
“बर्सातको समयमा जताततै पानी जम्दा लामखुट्टेले फुल पार्ने मौका पाउँछ”, डाक्टर दुवालले भन्नुभयो, “हरेक वर्ष साउन÷भदौमा डेङ्गुका कारण बिरामी बढ्ने गर्छन् ।’’
यस्तै केहीलाई यही समयमा बढी भाइरल ज्वरोले समात्ने गर्छ । डेङ्गु रोग लागेपछि एक्कासि उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, शरीरमा बिमिरा आउने, रक्तस्राव हुने, आँखाको गेडी तथा टाउको पछिल्लो भाग बढी दुख्ने यसका लक्षण हुने गरेको स्वास्थ्यकर्मी बताउँछन् । डेङ्गुबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्ने, आफू बस्ने वरिपरि पानी जम्न नदिने, पानी ट्याङ्कीलाई एक हप्तामा सफाइ गर्ने लगायतका कार्य गर्न सकिने उनीहरुको सुझाव छ ।
यसैबीच दार्चुलाका सबै स्वास्थ्य संस्थामा अहिले भाइरल ज्वरोको प्रकोप बढेको छ । नौ वटै स्थानीय तहका स्वास्थ्य चौकी र दुई वटा अस्पतालमा भाइरलका बिरामीको चाप बढेको हो । मौसममा आएको परिवर्तनका कारण भाइरल ज्वरोका बिरामी बढेको डा दुवाल बताउनुहुन्छ ।
जिल्ला अस्पताल दार्चुलामा आउने झण्डै एक सय बिरामीमा ६० प्रतिशतभन्दा बढी भाइरल ज्वरोका बिरामी आउने गरेका छन् । पानी फोहर हुनु, खानामा ध्यान नदिनु जस्ता कारणले अहिले बिरामीको चाप बढेको छ । गोकुलेश्वर अस्पतालमा समेत भाइरल ज्वरोका बिरामी बढेका छन् । दैनिक ५०÷६० जनासम्म भाइरल ज्वरोका मात्रै बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।
Leave a Reply