भर्खरै :

डेँगुले हालसम्म ६ को मृत्यु ५०९५ लाई सङ्क्रमण

काठमाडौँ, ३० भदौ । देशभर महामारीको रूपमा फैलँदै गरेको डेँगु रोगबाट हालसम्म ६ जनाको मृत्यु भएको छ भने करिब ५ हजार ९५ जना सङ्क्रमित भएको तथ्याङ्क प्राप्त भएको छ । प्राप्त तथ्याङ्कअनुसार काठमाडौँ जिल्लामा सबैभन्दा बढी करिब १ हजार १ सय ७० व्यक्ति डेँगुबाट सङ्क्रमित रहेका छन् भने २ जनाको मृत्यु भएको छ ।
त्यसैगरी चितवनमा करिब १ हजार १ सय २८ व्यक्ति डेँगुबाट सङ्क्रमित बनेका छन् भने १ जनाको मृत्यु भएको तथ्याङ्क छ । हालसम्म डेँगुबाट प्रदेश नं १ मा १ जना, प्रदेश नं ३ मा ४ जना र प्रदेश नं ७ मा १ जनाको मृत्य भएको छ ।
डेँगु एडिस नामक लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । यो जातको लामखुट्टेले जमेका पानीमा फुल पार्ने गर्छ । डेँगु रोग लागेपछि मानिसमा अत्यधिक ज्वरो आउने, आँखाका गेडी दुख्ने, वाकवाकी र बान्ता हुने, मांसपेशी र हाडजोर्नीहरू दुख्ने, शरिरमा विमिराहरू देखापर्ने आदि लक्षणहरू देखिन्छन् ।
डेँगु रोगको निश्चित उपचार छैन । यो रोग लागिसकेपछि प्रशस्त आराम गर्ने, सिटामोलको सेवन गर्ने, प्रशस्त झोल पदार्थ र तागतिलो खानेकुरा खाने गर्नुपर्छ । डेँगु रोकथामको निम्ति आफ्नो वरपरको वातावरण सफा राख्ने, पानी जम्न नदिने, लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्ने वा पूरा बाहुला भएको लुगा लगाउने गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *