स्थानीय पाठ्यक्रम अध्यापनको लागि शिक्षकको व्यवस्था कहिले ?
- असार ९, २०८३
– श्रीराम कासिछ्वा
सरकारले यस वर्ष पनि देशका विभिन्न ठाउँहरूमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ तर सरकारले हरेक वर्ष चाडबाडको अवसरमा यसरी सुपथ मूल्य पसल खोले सर्वसाधारण जनतामा भन्ने पहुँच हुन सकेको छैन । बजारमा मूल्यवृद्धि असामान्य तरिकाले बढिरहेको छ तर सरकारले यसमा खासै ध्यान पु¥याउन सकेको छैन । अझ महँगी नियन्त्रणमा चासो नै राखेको पाइँदैन । यसका कारण कमजोर आर्थिक भएका आम नागरिक पीडित छन् । सरकारले हरेक वर्ष विभिन्न सहरी भेगमा सुपथ मूल्य पसल खोले पनि ग्रामीण भेगसम्म पहुँच पुगेको छैन । यो हुनेखाने व्यक्तिमा मात्र सीमित भएको छ । बजारमा अन्य दिनभन्दा चाडबाडमा बढी चहलपहल हुने गर्छ । चाडबाडमा वस्तु तथा सेवाको माग अन्य दिनभन्दा बढी हुने गर्दछ । यसको मौका छोपी दैनिक उपभोग्य वस्तुहरूको मूल्यवृद्धि हुने सङ्केत बजारमा देखापर्न थालेको छ ।
बजारमा खाद्यवस्तुको भाउ पसलैपिच्छे फरक–फरक छ । जसले गर्दा उपभोक्ताहरू जानेर वा नजानेर दैनिकजसो ठगिन्छन् । उपभोक्ताले पनि गुणस्तरीय वस्तु वा सेवा उपभोग गर्न पाएका छैनन् । नेपाल सरकारले कालोबजारी, सामाजिक अपराध तथा सजाय ऐन २०३२ बमोजिम अत्यावश्यक वस्तुहरूको मूल्यसूची प्रत्येक थोक तथा खुद्रा बिक्रेताले सबैले देख्ने गरी बिक्रीस्थलमा राख्नुपर्ने व्यवस्था गरेको छ । तर यहाँ प्रायले राखेको पाइँदैन । त्यसको कार्यान्वयन पक्ष फितलो नै रहेको छ । यसले उपभोक्ता मारमा परेका छन् । यसले आम मानिसको जीवनयापनमा कठिनाइ आएको छ । केही उपभोक्ता सहकारी संस्था तथा केही व्यवसायीहरूले मात्र सो व्यवस्था पालना गरेको देखिन्छ । जुन सकारात्मक पक्ष हो । उक्त प्रावधानलाई सबैले पालना गर्नु जरुरी छ ।
नेपाल सरकारले सर्वसाधारण जनताको लागि हालसम्म उपभोक्ता हकहित र अधिकारका लागि खास किसिमको कार्यक्रम ल्याएको छैन । सरकारले सर्वसाधारण जनतालाई सुपथ मूल्यमा वस्तु वा सेवा बिक्री वितरण गर्नुपर्छ । नेपाली उपभोक्ताका लागि राहतका कार्यक्रमहरू पाउनुपर्छ । विगतमा पनि सरकारले सुपथ मूल्य पसल बजारका केही सीमित क्षेत्रमा खोलेको थियो तर ती सबै क्षणिक भए । चाडपर्वको समयमा मात्र सीमित नभई बरु सरकारले नै छुट्टै सुपथ मूल्य पसल केन्द्र स्थापना गर्नुपर्छ । यसले सस्तो र गुणस्तरीय वस्तु सहुलियत दरमा उपभोक्तासामु बिक्री वितरण गर्नुपर्छ । यसबाट केही हदसम्म बजारमा महँगी नियन्त्रण गर्नमा टेवा पुग्छ भने उपभोक्ताको हित हुने पक्कै देखिन्छ । तसर्थ गुणस्तरीय वस्तु तथा सेवा बिक्री वितरणका लागि सरकारले निरन्तररूपमा सुपथ मूल्य पसल सञ्चालन गर्नुपर्दछ ।
नेपाली बजारमा अन्य दिनभन्दा चाडपर्वको मौका छोपी कृत्रिमरूपले वस्तु वा सेवाको मूल्यवृद्धि हुने गरेको छ । तसर्थ नेपाल सरकारले कालोबाजारी गर्ने व्यक्ति तथा व्यापारीलाई कारबाही गर्नुपर्छ भने बजारमा उपलब्ध खाद्य पदार्थहरूको बजार अनुगमन गर्नु जरुरी छ । हिजोआज मौसमी बजार अनुगमन हात्तीको देखाउने दाँत सावित भएको छ । हाम्रै वरपर रहेका कतिपय मार्ट तथा डिपार्टमेन्टल स्टोरहरूमा चाडबाडको मौका छोपी म्याद नाघिएका वस्तु तथा सेवा बिक्री वितरणमा राखिएका छन् । यसमा उपभोक्ता स्वयम् जागरुक हुुनुपर्छ । तसर्थ चाडबाडमा सामान खरिद बिक्री गर्दा राम्ररी ध्यान पु¥याउनुपर्ने हुन्छ ।
Leave a Reply