भर्खरै :

संरा अमेरिका–चीन व्यापार युद्ध भए संसारमा भयावह अवस्था – गुटरेज

न्यु योर्क, २५ सेप्टेम्बर । १९३ देशका प्रतिनिधि सहभागी संयुक्त राष्ट्र सङ्घको महासभामा मङ्गलबार बोल्दै सङ्घका महासचिव एन्टोनिओ गुटरेजले संरा अमेरिका र चीनबीचको द्वन्द्वका कारण संसारले विनाशकारी परिणाम भोग्नुपर्ने चेतावनी दिनुभएको छ ।
“यो विभाजन रोक्न र अन्तर्राष्ट्रिय कानुनप्रति विश्वव्यापी सम्मानसहित विश्व प्रणाली र अर्थतन्त्र कायम राख्न, शक्तिशाली बहुपक्षीय संस्थासहितको बहुपक्षीय विश्व निर्माणको निम्ति हामीले गर्नसक्ने सम्भव सबै काम गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
गुटरेजले मध्यपूर्वमा चर्किएको द्वन्द्वप्रति गहिरो चिन्ता व्यक्त गर्नुभयो । हालै संरा अमेरिकाले आफ्नो सहयोगी देश साउदी अरबको सहायतामा इरानविरूद्ध सो क्षेत्रमा सेना परिचालन गरेको छ ।
“तत्कालै खाडी क्षेत्रमा सशस्त्र द्वन्द्वको सम्भावना हामी देख्दैछौँ । त्यसको परिणाम भने संसारले सामना पनि गर्न गाह«ो हुनेछ”, उहाँले भन्नुभयो ।
“सानो गडबडीले पनि ठूलो द्वन्द्व चर्किन सक्छ । विवेक र संयमको लागि हामीले गर्न सम्भव सबै काम गर्नुपर्छ”, गुटरेजले भन्नुभयो ।
उहाँले यमन, लिविया, अफगानिस्तान आदि देशको नाम उल्लेख गर्दै त्यसै नै विलम्ब भइसकेको शान्ति प्रक्रिया विदेशी हस्तक्षेपका कारण अझ ढिला भएको बताउनुभयो ।
गुटरेजले कुनै बेला ‘जलवायु परिवर्तन’ भनिएको विषय आज ‘जलवायु सङ्कट’ बनिसकेको भन्दै आज ‘विश्वव्यापी तापमान वृद्धि’ विश्वव्यापी ‘तापक्रम तापमान’ भइसकेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *