जारशाही संसद्मा बोल्शेभिक सांसद – ६
- कार्तिक २४, २०८२
चिलीको वियोगान्तः संसारभरका क्रान्तिकारीहरूको लागि शिक्षा
अनवर होक्सा
पुँजीवादी एकाधिकारले आफ्नो अस्तित्वमाथि कुनै खतरा आइपरेको महसुस गर्दा फासीवादी सैनिक तानाशाही स्थापनाको खतरा हुन्छ । यो प्रक्रियामा साम्राज्यवादले नेपथ्यमा भूमिका खेलिरहेको हुन्छ । साम्राज्यवादको सुरुवाती दिनदेखि आजको अवस्थासम्म उसले त्यस्तो भूमिका खेल्दै आएको छ । दोस्रो विश्वयुद्धयता संरा अमेरिकी साम्राज्यवाद, बेलायती साम्राज्यवाद र अरू शक्तिहरूले विभिन्न देशका क्रान्तिकारी शक्ति वा क्रान्तिकारी सरकारलाई दबाउन त्यहाँका पुँजीपति वर्गलाई सहयोग गरे । पुँजीवादी व्यवस्था स्थापनामा सानोभन्दा सानो आधारलाई चुनौती दिने शक्तिलाई साम्राज्यवादी शक्तिले बाँकी राखेनन् ।
जतिबेलासम्म साम्राज्यवाद अस्तित्वमा रहन्छ, त्यत्तिबेलासम्म अरू देशका आन्तरिक मामलामा हस्तक्षेप गर्ने, प्रतिक्रान्तिकारी षड्यन्त्र थोपर्ने, वैधानिक सरकार फाल्ने, प्रजातान्त्रिक र प्रगतिशील शक्ति विघटन गर्ने र क्रान्तिलाई अँठ्याउने आधार, सम्भावना र स्थायी नीति चालू रहनेछ ।
संरा अमेरिकी साम्राज्यवादले स्पेन र पोर्चुगलमा फासीवादी शासनको आधार निर्माण गरेको थियो । त्यसले जर्मन फासीवाद र जापानी सैन्यवाद पुनस्र्थापनाको आधार बन्यो । दक्षिण अफ्रिका र रोडेसियामा जातिवादी शासनलाई टेवा दिने काम पनि संरा अमेरिकी साम्राज्यवादले नै ग¥यो । संरा अमेरिकाले आफ्नै देशका काला जातिविरुद्ध विभेदलाई चालू राख्यो । दक्षिण कोरियाको प्रतिक्रियावादी शासन र सैगुन (भियतनाम) तथा न्होम पेन (कम्बोडिया) का कठपुतली सरकारलाई संरा अमेरिकी साम्राज्यवादले मद्दत ग¥यो । उसले यहुदीवादी हमलालाई उत्तेजित बनायो र अरब भूमि कब्जा गर्न इजरायललाई सहयोग ग¥यो । संरा अमेरिकाबाट कम्युनिस्टविरोधी, राष्ट्रिय उत्पीडनकारी र पुँजीवादी शोषणको आक्रामक हुरी चल्यो । एकाध अपवादबाहेक ल्याटिन अमेरिकाभरि संरा अमेरिकाले तानाशाही फासीवादी शासनसत्ता स्थापना ग¥यो जसले निर्दयतापूर्वक जनतामाथि शोषण र अत्याचार ग¥यो । ल्याटिन अमेरिकामा जनताको विरोध प्रदर्शन दबाउन, मजदुर र किसानहरूमाथि दमन गर्न हातहतियार प्रयोग गरियो । संरा अमेरिकामा बनेका सबै हातहतियार उसैले वितरण ग¥यो । चिलीको फासीवादी सैनिक सत्ताकब्जा त्यहीँका प्रतिक्रियावादीहरूको मात्र पक्कै होइन । यसमा साम्राज्यवादको पनि हात छ । चिलीमा एलेन्डे राष्ट्रपति बनेको पछिल्ला तीन वर्षमा चिलीका दक्षिणपन्थी शक्तिहरूलाई प्रतिक्रान्तिकारी गतिविधि गर्न संरा अमेरिकाले उक्सायो । एलेन्डेले लिएका प्रगतिशील र साम्राज्यवादविरोधी नीतिविरुद्ध चिलीका प्रतिक्रियावादी शक्ति र संरा अमेरिकी एकाधिकार पुँजीवादले बदला लिए । दक्षिणपन्थी पार्टी र सबै प्रतिक्रियावादी शक्तिले एलेन्डे सरकारलाई कमजोर बनाउन गरेका हिंसात्मक र आतड्ढवादी गतिविधि र संरा अमेरिकी एकाधिकारवादले बाहिरबाट चिलीविरुद्ध थोपरेका आर्थिक नाकाबन्दी र राजनीतिक गतिविधिबीच नजिकको समन्वय थियो । प्रतिक्रियावादी सेनाको पछाडि संरा अमेरिकी केन्द्रीय गुप्तचर विभाग (सीआईए) बसेर चिलीमा भएजस्ता सत्ताकब्जा ल्याटिन अमेरिकी महादेश, इन्डोनेसिया, इरान आदि देशमा भए । यस्ता घटनाले फेरि संरा अमेरिकाको असली चरित्र उदाङ्गियो । संरा अमेरिकी साम्राज्यवाद नै सबै जनताका सन्काहा दुश्मन, न्याय र प्रगति, स्वतन्त्रता र स्वाधीनता अनि क्रान्ति र समाजवादको असभ्य शत्रु भएको पुष्टि गरेको छ ।
तर, चिलीको प्रतिक्रान्ति प्रस्टरूपमा चिनिने प्रतिक्रियावादी शक्ति र अमेरिकी साम्राज्यवादको काममात्र भने होइन । एलेन्डे सरकारविरुद्ध क्रिस्चियन–प्रजातान्त्रिक र पुँजीवादका अन्य खेमाले पनि अवरोध गर्नुका साथै अशोभनीय विरोध गरेका थिए । त्यस्तै इटाली र फ्रान्सका कम्युनिस्ट पार्टीहरूसँग मिल्दाजुल्दा चिलीका अति प्रजातन्त्रवादी शक्तिहरूले सुधार र शान्तिपूर्ण संसदीय बाटो हँुदै समाजवाद पुग्ने दाबी गरेका थिए । केही मानिसले चिलीको फ्रे पार्टीले फासीवादी सत्ताविप्लवको लागि ‘नैतिक जिम्मेवारी’ मात्र बहन गर्नुपर्ने कुरा गरे । तर, फ्रे पार्टी त्यत्ति भनेर जोगिने अवस्था छैन किनभने उसले एलेन्डे सरकारसँग सहकार्य गर्न अस्वीकार गरेको थियो । फ्रे पार्टीले वैधानिक (एलेन्डे) सरकारलाई समर्थन गरेको थिएन । एलेन्डे सरकारका सबै नियमित गतिविधि रोक्न त्यो दलले सम्भव सबै उपाय अख्तियार गरेको थियो । उत्पादनका साधनको राष्ट्रियकरणको विरोधमा उसले सबै दक्षिणपन्थी शक्तिलाई एकजुट बनाएको थियो । चिलीमा अन्योलको अवस्था सिर्जना गर्न उसले भूमिका निभाएको थियो । उनीहरूले सरकारलाई कमजोर बनाउने हजारौँ हजार चालबाजी बुनेका थिए ।
चिलीको घटनाका लागि सोभियत संशोधनवादीहरू पनि जिम्मेवार छन् । संरा अमेरिकाले एलेन्डे सरकारविरुद्ध गरेका षड्यन्त्र र चालबाजीमा हजारौँ माध्यमबाट सोभियत नेताहरू संलग्न थिए । एलेन्डे सरकारलाई सोभियत संशोधनवादीहरूले सहायता गरेका थिएनन् किनभने एलेन्डे सरकारलाई सहयोग गर्दा संरा अमेरिकासँग आफ्नो हार्दिक सम्बन्ध खराब हुने हो कि भनी उनीहरू डराउँथे ।
चिलीको ११ सेप्टेम्बरको घटनाअघि चिली र क्रान्तिको सिद्धान्तप्रति खु्रश्चेभपन्थीहरूको यस्तो अडान थियो । इरानमा भएको वियोगपूर्ण घटनामा उनीहरूले त्यस्तै अडान राखेका थिए । इरानका प्रतिक्रियावादीहरूले सयौं र हजारौं कम्युनिस्ट र प्रगतिशील क्रान्तिकारीहरूलाई जेलमा थुन्ने र हत्या गरिरहँदा सोभियत संशोधनवादीहरूले चुँ सम्म बोलेका थिएनन् । कम्युनिस्ट र क्रान्तिकारीहरूको हत्या र गिरफ्तारीविरुद्ध लड्नु त परको कुरा थियो ¤ इन्डोनेसियामा पनि त्यस्तै भएको थियो । इन्डोनेसियामा ५ लाख कम्युनिस्ट र क्रान्तिकारीहरूको हत्या गरिएको थियो । त्यहाँ पनि सोभियत संशोधनवादीहरूले केही गरेका थिएनन् । कुनै प्रतिक्रिया जनाएका थिएनन् । जकार्ताबाट आफ्नो राजदुतसम्म फिर्ता गर्ने निर्णय गर्न सकेको थिएन । (सोभियत संशोधनवादीहरूले इन्डोनेसियाली कम्युनिस्ट पार्टीको मुखपत्र ‘हर्जन रजत’ का प्रतिनिधिलाई सोभियत सङ्घबाट निष्काशन गरिएको थियो । इन्डोनेसियाको फासीवादी सत्ताका तत्कालीन विदेशमन्त्री एदम मलिकलाई सोभियत सङ्घमा स्वागत गरिएको थियो । इन्डोनेसियाको फासीवादी सरकारलाई सोभियत सङ्घले हतियार आपूर्ति चालू राखेको थियो ।– ‘आधुनिक संशोधनवादविरुद्ध’ सन् १९७१–१९७५)
सोभियत संशोधनवादीहरूको यस्तो व्यवहार कुनै दुर्घटना थिएन । क्रान्तिकारी सङ्घर्षलाई कमजोर बनाउन र जनताको मुक्ति सङ्घर्षको आगो निभाउन अमेरिकी साम्राज्यवादीहरूसँग उनीहरूले गाँसेको गोप्य सम्बन्धका यी सबै प्रमाण हुन् । सोभियत संशोधनवादीहरूका यस्ता अडानले निकै प्रचार गरिएको चिलीसँग कूटनीतिक सम्बन्ध विच्छेद गर्ने निर्णयको नक्कली चरित्रमाथि प्रकाश पार्दछ । वास्तविकता यस्तो छ । अरू धेरै नक्कली कदमजस्तै चिलीका जनताप्रति कथित ऐक्यबद्धताका मीठा शब्दहरू जनमतलाई भ्रममा पार्ने तथा क्रान्ति र जनमुक्तिलाई दिएको धोखालाई लुकाउने चालबाजीमात्र हो ।
प्रतिक्रियावादले शिकार बनाएका चिलीका जनताको समर्थकजस्तो देखाउने अवसर छोप्न सोभियत सरकारले चिलीसँग कूटनीतिक सम्बन्ध विच्छेद गरेको थियो । मानौं, सोभियत संशोधनवादीहरू मुक्ति र स्वाधीनताको लागि भएको सङ्घर्षका पक्षपाती हुन् । मानौँ, उनीहरू प्रगतिशील शासनका रक्षकहरू हुन् । साम्राज्यवादी स्वार्थलाई टेवा दिएसम्म मात्र सोभियत संशोधनवादीहरूले कुनै पनि प्रगतिशील सरकारलाई सहयोग गर्दछ । त्योभन्दा पर उनीहरू जाँदैनन् । उनीहरू लोन नोलको नेतृत्वमा रहेको बदनाम र भ्रष्ट शासनसँग नियमित कूटनीतिक सम्बन्ध कायम राख्न लज्जाबोध गर्दैनन् । कम्बोडियाली जनताको महान मुक्ति सङ्घर्ष जस्ता जनसङ्घर्षबारे उनीहरू मुखमा दही जमाएर बस्छन् । चिलीको घटनाले आज ल्याटिन अमेरिकी जनताले भोगिरहेको सबै भयानक वियोगपूर्ण अवस्थालाई फेरि एक पल्ट सतहमा ल्याएको छ । साथै, चिलीको घटनाले ल्याटिन अमेरिकी क्रान्तिले आज भोगिरहेका कमजोरी, सीमितता र असमर्थतालाई उजागर गरेको छ । तर, त्यसले ल्याटिन अमेरिकी क्रान्तिकारीहरूलाई मात्र पाठ सिकाएको छैन । साम्राज्यवादी हस्तक्षेप र हिंसाविरुद्ध राष्ट्रिय र सामाजिक मुक्तिको लागि, प्रजातन्त्र र मानव जातिको प्रगतिको लागि लडिरहेका संसारभरकै क्रान्तिकारीहरूका लागि त्यसले ठूलो पाठ सिकाएको छ । सोभियत सङ्घका संशोधनवादी शासकका अवसरवादी र लेनिनवादी सिद्धान्तविरोधीहरू विरुद्ध उठेका सबै सोभियत क्रान्तिकारीहरूको लागि यो घटना शिक्षाप्रद छ । इटाली, फ्रान्स र अरू विकसित पुँजीवादी देशका क्रान्तिकारीहरूले चिलीको घटनाबाट शिक्षा लिन आवश्यक छ । साथै संशोधनवादविरुद्ध दृढतापूर्वक लड्न जरुरी छ । टोग्लायाटी र अरू संशोधनवादीहरूले प्रचार गरेको ‘शान्तिपूर्ण संसदीय बाटो’ को प्रतिक्रान्तिकारी सिद्धान्त बहिष्कार गर्नुपर्छ ।
चिलीको घटना, चिलीका जनताको प्रजातान्त्रिक विजयविरुद्ध प्रतिक्रियावादी फासीवादी हमला, संरा अमेरिकी साम्राज्यवादको निर्मम आक्रमण र प्रतिक्रियावादी सेनालाई उनीहरूको समर्थनले संसारका सबै जनतालाई सतर्क रहन, साम्राज्यवाद, संशोधनवाद र अवसरवादका विभिन्न र·का नक्कली नारालाई दृढतापूर्वक बहिष्कार गर्न र राष्ट्रिय स्वतन्त्रता र स्वाधीनता, शान्ति र सुरक्षाको साहासपूर्वक रक्षा गर्न सबै शक्ति परिचालन गर्न उत्साहित गरेको हामीलाई विश्वास छ ।
समाप्त
अनुवादः पद्म वान्तवा राई
Leave a Reply