भर्खरै :

‘नयाँ युगमा चीन र विश्व’ श्वेतपत्र जारी

पेइचिङ, २८ सेप्टेम्बर । जनवादी गणतन्त्र चीन स्थापनाको ७० औं वर्षगाँठको अवसरमा चीनको विकास बुझ्न अन्तर्राष्ट्रिय समुदायलाई सहज बनाउन पेइचिङ सरकारले ‘नयाँ युगमा चीन र विश्व’ शीर्षकको श्वेतपत्र सार्वजनिक गरेको छ ।
चीनको राज्य परिषद् कार्यालयले जारी गरेको सो श्वेतपत्रमा चीनले हासिल गरेका उपलब्धि र विकासको बाटोबारे व्यवस्थित रूपमा व्याख्या गरिनुका साथै चीन कतातिर गइरहेको छ भन्नेबारे चर्चा गरिएको परिषद् कार्यालयका निर्देशक सु लिनले बताउनुभएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा बितेका ७० वर्षमा जनवादी गणतन्त्र चीनले मानव इतिहासमै अभूतपूर्व विकासको चमत्कार र ठूलो परिवर्तन हासिल गरेको चर्चा गर्दै सुले आजको संसारमा चीनले अझ विस्तृत, विशाल र दिगो प्रभाव पारेको र संसारले चीनप्रति ध्यान दिइरहेको बताउनुभएको छ ।
श्वेत पत्रमा अरु विकसित देशले सयौं वर्ष लगाएर गरेको विकास चीनले केही दसकमै सम्पन्न गर्न सफल भएको उल्लेख छ ।
“चीन आज संसारको दोस्रो ठूलो अर्थतन्त्र बनेको छ । चीनले १ अर्ब ४० करोड जनतालाई स्याहार गरिरहेको छ । चीन मध्यमरूपमा पूर्णाकारको समृद्धि हासिल गर्ने दिसामा रहेको छ”, श्वेत पत्रमा भनिएको छ ।
चीनको विकास आत्मनिर्भरता र कडा परिश्रममा आधारित भएको चर्चा गर्दै श्वेत पत्रमा चीनले संसारका विभिन्न हिस्सासँग अन्र्तसंवाद गरिरहेको र संसारको विकास र शान्तिको लागि सकारात्मक उर्जा उत्पादन गरिरहेको उल्लेख छ ।
बितेका सात दसकमा चीनले हासिल गरेको सफलताको मूल कारण चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा हिँडेको चिनियाँ विशेषतासहितको समाजवाद भएको श्वेतपत्रमा भनिएको छ । चिनियाँ विशेषतासहितको समाजवादको बाटो चीनको वास्तविक परिस्थितिमा आधारित रहेको र चिनियाँ जनताका हितलाई पहिलो प्राथमिकतामा राखिएको त्यसमा भनिएको छ । ‘चीन आजको विश्व अर्थतन्त्रको प्रमुख स्थायित्व ल्याउन सक्ने शक्ति र प्रमुख स्रोत हो’, श्वेतपत्रमा उल्लेख छ ।
श्वेतपत्र चिनियाँ भाषाको अतिरिक्त अङ्ग्रेजी, फ्रान्सेली, रुसी, जर्मनी, स्पेनी, अरबिक र जापानी भाषाबाट प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *