भर्खरै :

भेनेजुयलाका संविधानसभा अध्यक्ष प्रजग कोरिया र भियतनाममा

हनोई, ३० सेप्टेम्बर । प्रजग कोरियाको सफल भ्रमणपश्चात भेनेजुयलाको संविधान सभाका अध्यक्ष डायोसडाडो काबेल्लो भियतनाम पुग्नुभएको छ । उहाँसँगै भेनेजुयलाको एकीकृत समाजवादी पार्टीका नेताहरू पनि हनोइ पुग्नुभएको छ ।
भेनेजुयाली प्रमण्डलले भियतनामका कम्युनिस्ट पार्टीका नेताहरूसँग भेटेका छन् । दुई देशका नेताहरूले दुई देशका आर्थिक र सामाजिक हितका विभिन्न दुईपक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन् ।
यसअघि समाजवादी देश प्रजग कोरिया पुग्नुभएका संविधानसभाका अध्यक्ष काबेल्लोले भेनेजुयाली राष्ट्रपति निकोलस माडुरोको पत्र प्रजग कोरियाका सर्वोच्च नेता किम जङ उनलाई हस्तान्तरण गर्नुभएको थियो । त्यहाँ उहाँलाई प्रजग कोरियाको जनसभाका सभापति पाक थाए सोङले स्वागत गर्नुभएको थियो ।
भेनेजुयाली प्रतिनिधिमण्डलले कोरियाका दिवंगत सम्मानित नेताहरू किम इल सङ र किम जङ इलका शालिकमा पुष्पार्पण गरेको थियो ।
भेनेजुयाली टोलीले एसियाका दुई समाजवादी देशहरूको भ्रमण गर्दैगर्दा भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरो भने भ्लादिमिर पुटिनलाई भेट्न रुसमा छन् । पूर्वका देशहरूसँग रणनीतिक सम्बन्धको विकास र आपसी सहकार्य बढाउने लक्ष्यले ती भ्रमण गरिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *