अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
बोगाटा, ३० सेप्टेम्बर । प्रहरी अत्याचारको विरोधमा गत शुक्रबार कोलम्बियाको राजधानी बोगाटामा विभिन्न सरकारी तथा निजी विश्वविद्यालयका हजारौं विद्यार्थीहरूले प्रदर्शन गरे । तर, प्रहरी दमनविरुद्ध भएको सो प्रदर्शनमा पनि प्रहरीले दमन गरेको छ ।
“गत साताभरि भएको प्रहरी दमनको विरोधमा विश्वविद्यालयका विद्यार्थीहरूले प्रदर्शन गर्ने निर्णय गरेका थिए । उनीहरूले कोलम्बियाको उच्च शिक्षाप्रति चिन्ता व्यक्त गर्दै सो प्रदर्शन आयोजना गरेका थिए”, आदिवासी तथा सामाजिक विकल्प आन्दोलनका सिनेटर फेलेन्सिओ भालिन्सियाले आफ्नो वक्तव्यमा भन्नुभयो ।
उहाँले भन्नुभयो, “हामी युवाहरूसँग मिलेर देशमा परिवर्तन गर्नेछौं ।”
गत सेप्टेम्बर २५ मा कोलम्बियाका दङ्गा नियन्त्रण प्रहरीले बोगाटाको विश्वविद्यालय प्रवेश गरी शैक्षिक क्षेत्रमा भ्रष्टाचारको विरोधमा आयोजित प्रदर्शनमा चर्को दमन गरेका थिए । प्रहरी दमनमा परी मानवअधिकारवादी, विद्यार्थी र सर्वसाधारण नागरिक धेरै जना घाइते भएका थिए । धेरैलाई प्रहरीले गिरफ्तारी समेत गरेका थिए । त्यस्तै दङ्गा नियन्त्रण प्रहरी गत सेप्टेम्बर ४ मा कुदिनामार्का विश्वविद्यालयभित्र प्रवेश गरी त्यसरी नै दमन गरेका थिए । विद्यार्थीहरू आफ्नो कलेजको प्रशासनविरुद्ध आन्दोलनरत थिए ।
Leave a Reply