अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
काठमाडौँ, १३ असोज । २० लाखको सङ्ख्यामा विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेर सरकारले आगामी वर्षलाई ‘नेपाल भ्रमण वर्ष २०२०’ घोषणा गरेको छ । यो वर्षको पर्यटन आगमन र सरकारको तयारी हेर्दा लक्ष्य हासिल हुनेमा शङ्का देखिएको छ । भ्रमण वर्ष सुरु हुन तीन महिना बाँकी रहँदा नेपाल आउने पर्यटकको सङ्ख्या अघिल्लो वर्षका तुलनामा १० प्रतिशत पनि बढ्न सकेको छैन । अध्यागमन विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यो वर्ष आठ महिनामा सात लाख ४२ हजार पर्यटक नेपाल आएका छन् । यो गत वर्षभन्दा ६१ हजारमात्र बढी हो ।
सरकारी अधिकारीहरू चालु वर्षको आठ महिनामा ६१ हजारमात्र बढेको तथ्याङ्कले आगामी वर्ष २० लाख पर्यटक आउने सम्भावना निकै न्यून भएको बताउँछन् । उनीहरूका अनुसार यो वर्षको नौ प्रतिशत वृद्धिदरलाई शतप्रतिशतभन्दा माथि पु¥याउनु निकै चुनौतीपूर्ण छ । विभागका अनुसार यस वर्ष एसियालगायत युरोपका केही देशबाट नेपाल आउने पर्यटकको सङ्ख्यामा कमी आएको छ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले पर्यटन प्रवद्र्धनका लागि गरिएका प्रयास हेर्दा अहिले २० प्रतिशत हाराहारीमा आगमन बढ्नुपर्ने बताउनुभयो ।
विभागका अनुसार यो वर्ष भारतबाट एक लाख ४२ हजार दुई सय ८६ पर्यटक आए । गत वर्ष एक लख ३४ हजार ५२ भारतीय आएका थिए । त्यस्तै, चीनबाट ९६ हजार पाँच सय ५० आएकामा यो वर्ष बढेर एक लाख ६ हजार ५० पुगेको छ । ताइपेइबाट गत वर्ष पाँच हजार नौ सय ७० आएकोमा यसपालि ४९ प्रतिशतले बढेर आठ हजार नौ सय २५ पुगेको नागरिकन्यूज डटकममा खबर छ । (सीआरआई)
Leave a Reply