देविका दनेखू
अगष्ट ११ (August 11)
सधैंझैँ बिहान ८ बजे ब्रेकफास्ट सकेर Guangqing mass Innovation Space for Agriculture को अवलोकन भ्रमण गर्न हिँड्यौँ । पिकुयुुयान कलेजबाट करीब २० मिनेटको बस यात्रापछि हामी पार्टी स्कूलमा पुग्यौँ । उक्त स्कूलमा ५ वटा प्रदर्शनी हलहरू थिए ।
चिनियाँ कम्युनिस्ट पार्टीको सन् २०१७ को महाधिवेशनबाट निर्णय भएअनुसार पार्टी स्कूलमा ग्रामिण विकास र गरिबी निवारणसम्बन्धी प्रदर्शनी हल बनाएको रहेछ । चिकपाले ग्रामिण क्षेत्र विकास गर्न स्थानीयहरूकै सहभागितामा समूहहरू र पार्टी नगर समितिहरू गठन गरेर गरिबी निवारणका कार्यहरू सुरु गरेको रहेछ । स्थानीय जनताको इच्छाशक्ति नभएसम्म गरिबी निवारणको बाटोतिर जान नसकिने भएकोले जनताको इच्छाशक्ति महत्वपूर्ण हुन्छ ।
हामीलाई पार्टी स्कूलभित्रका हलहरूमा भएका प्रदर्शनमा राखिएका फोटो र चिनियाँ भाषामा भएका क्याप्सनको बारेमा सहजकर्ताले अङ्ग्रेजीमा अनुवाद गरेका थिए । स्थानिय उत्पादनको बजार प्रर्वद्धन र विकास गर्न उक्त प्रदर्शनी हलले महत्वपूर्ण भूमिका खेलेको छ । गाउँहरूलाई विभिन्न मापदण्ड राखेर विभिन्न विशेषताका गाउँहरू भनेर छुट्याइएको थियो । जस्तैः सफा गाउँ, सुन्दर गाउँ, कृषि उत्पादनमा महत्वपूर्ण गाउँ, विशेषतायुक्त गाउँ र प्रदर्शन गर्न लायकको गाउँ । हलमा प्रदर्शित गाउँका फोटो र विकास देख्दा चीनका गाउँहरू हाम्रो ठूला सहरभन्दा पनि निकै विकसित देखिन्थे । कृषि उत्पादनको विकास र प्रवद्र्धन स्थानीयले विभिन्न सरकारी सङ्घ संस्थासँग मिलेर गरेको रहेछ । स्थानीय तहलाई अधिकारसम्पन्न बनाएन सक्यो भने आफ्नो क्षेत्र विकास गर्न आफै अघि बढ्ने तथ्य विभिन्न अध्ययनले देखाएको बताउँछन् ।

भौतिक विज्ञानअन्तर्गत पदार्थमा न्युट्रोनको उत्पादन भण्डारण र प्रयोग सम्बन्धमा अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय प्रयोगशाला ‘चाइनिज स्पलेसन न्युट्रोन सोर्स’ मा लेखिका
चिनियाँ कम्युनिस्ट पार्टीले पहिले नीति तथा कार्यक्रमहरू माथिल्लो तहबाट तल्लो तहमा लाने गरेको तर अहिले गाउँ–गाउँ, जिल्ला–जिल्ला र प्रदेशको आवश्यकताअनुसार माथिल्लो तहमा लगिन्छ । ग्रामिण विकास प्रशासनलाई स्थानीय तहको विकासको लागि ३ प्रकारको अधिकार दिएको रहेछ ।
१. आफ्नो क्षेत्रको विकास निर्माणको कामको निर्णय गर्न पाउने ।
२. आफ्नो क्षेत्रको सुशासन र व्यवस्थापन स्थानीय स्वयम्ले गर्ने ।
३. सरकारी सेवा सुविधाका लागि विभिन्न एजेन्टहरूसँग सहकार्य गर्न पाउने ।
हामीसँगै आएका चिनियाँ साथीहरू पनि चिनियाँ कम्युनिस्ट पार्टीले स्थानीय तहलाई धेरै अघिकारसम्पन्न बनाएकोले आफ्नो लागि आफैले विकासका कामहरू गर्न सक्ने र गरिबी निवारणमा यति छिट्टै अगाडि बढेको बताउँछन् । अध्ययनअनुसार केही मानिसहरू आफू मेहनत नगरी सरकारी सेवा सुविधामात्र उपभोग गर्ने मानसिकताका कारण गरिबी पुनःफर्किन सक्ने चुनौती रहेको छ ।
प्रदर्शनी हलमा ग्रामीण विकास र गरिबी निवारणमा विभिन्न गाउँहरूले अपनाएका कार्यक्रमहरू प्रदर्शनीमा राखिएको थियो । प्रदेश सरकारले कृषकहरूलाई विभिन्न तवरले सहुलियत दिँदै आएको छ । जस्तै कृषियोग्य जमिनमा १०० देखि २०० युयानसम्मको छुट दिदै आएको छ । त्यस्तै उद्योग तथा कलकारखानाको लागि १ देखि २ लाखसम्मको छुट र आफैँले उद्योग सञ्चालन गर्ने हो भने सरकारले भौतिक पूर्वाधार निर्माण गरिदिने रहेछ ।
प्रदर्शनीहलहरूको अवलोकन भ्रमणपछि अर्को एउटा प्रशिक्षण सत्रको कार्यक्रम थियो । उक्त प्रशिक्षण सत्रमा क्वाङ्गतुङ्ग प्रदेश IPRCC का निर्देशकले गरिबी निवारण र ग्रामिण विकासमा क्वाङ्गतुङ्ग प्रदेशले उल्लेख्य परिवर्तन गरेको विषयमा प्रशिक्षण दिनुभयो । क्वाङ्गतुङ्ग चीनको सुदूर दक्षिणी भेगमा पर्दछ । क्वाङ्गतुङ्ग प्रदेशमा रहेका २१ वटा सहरहरूमध्ये ४ वटा सहर हामीले घुमिसकेका थियौँ । कुल जनसङ्ख्या १० करोड रहेको क्वाङ्गतुङ्ग प्रदेश चीनले खुलापन र सुधार सुरु गरेको पहिलो प्रदेश हो ।
छिनयुयान सहर गरिबी निवारणको नमुना क्षेत्र हो । प्रशिक्षण दिनु हुँदै IPRCC का निर्देशकले तल्लो तहसम्म पार्टी कमिटी विकास गर्न सकेपछिमात्र ग्रामिण जनताको जीवनस्तर उकास्न सकिने र मजदुर–किसानको अवस्था सुधार हुने बताउनुभयो ।
अर्का प्रशिक्षक चिकपा क्वाङ्गतुङ्गका अध्यक्ष एवम् IPRCC क्वाङ्गतुङ्गका डेपुटी डाइरहेक्टरले चीनमा फरक–फरक जातजाति, धर्म संस्कृति, सामाजिक संरचना र आर्थिक असमानता, गरिबी निवारणको लागि चुनौती भएको बताउनुभयो । उहाँले १० वर्ष IPRCC को अनुभव साट्नुहुँदै भन्नुभयो । गरिबी निवारणको लागि स्पष्ट कार्ययोजना पहिला प्राथमिकतामा राख्नुपर्छ । जनतालाई शिक्षित पारेपछि मात्र गरिबी निवारण गर्न सकिन्छ ।
क्वाङ्गतुङ्ग प्रदेशले सरकारी व्यापारिक समूहहरूसँग लगानीकर्ताको लागि समन्वय गरेर आफ्नो स्थानीय उत्पादनलाई प्रवद्र्धन र बजार व्यवस्थापन गर्न सकेको छ । स्थानीय जनतालाई विभिन्न सीपमूलक तालिमहरू दिएर उत्पादन वृद्धि गर्न सकिन्छ । क्वाङ्गतुङ्ग प्रदेशमा सरकारी व्यापारिक समूहसँगको सहकार्यले गरिबी निवारणमा महत्वपूर्ण भूमिका खेलेको छ । तर, गरिबी फेरि फिर्ता आउन सक्ने भएकोले यो एउटा चुनौती भएको छ ।
जबसम्म जनतालाई विकासको महत्व थाहा हुँदैन र विकासको लागि इच्छाशक्ति हुँदैन तबसम्म गरिबी निवारणको उद्देश्य पूरा गर्न सकिँदैन । त्यसैले क्वाङ्गतुङ्ग प्रदेशले तीन किसिमले जनतालाई गरिबी निवारणमा सहभागी गराउँदै आएको छ । पहिलो, ग्रामिण जनतालाई विकासको महत्वबारे चेतना अभिवृद्धि गर्ने, दोस्रो, जनतामा विकासको लागि इच्छाशक्ति बढाउने र तेस्रो, ग्रामीण जनताकै सहभागितामा गरिबी निवारणका कार्यक्रमहरू गर्ने ।
चिनियाँ कम्युनिस्ट पार्टी संसारकै ठूलो कम्युनिस्ट पार्टी भएको र चीनमा एउटैमात्र पार्टीले सरकार चलाएको छ भने बाँकी अन्य राजनीतिक दलहरू सहभागी र समर्थकको रूपमा रहेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीमा ३ प्रकारका आधारभूत राजनीतिक प्रणाली रहेछ ।
१. बहुदलीय सहकार्य र चिकपा नेतृत्व प्रणाली
२. क्षेत्रीय स्वायत्त प्रणाली
३. तल्लो तहमा स्थानीय स्वशासन प्रणाली
तल्लो तहमा सङ्गठन गर्ने आधारभूत कमिटीहरू नबनाएसम्म ग्रामिण क्षेत्रका जनतालाई सङ्गठन गर्न सकिँदैन ।
अर्को महत्वपूर्ण सङ्गठनको क्षेत्र सेना हो । सेनामा इमानदार र सही नेतृत्व हुनुपर्ने अध्यक्ष माओको भनाइअनुसार चिकपाको ठूलो पार्टी सङ्गठन सेनामा छ । सेनामा पनि विभिन्न सामाजिक पृष्ठभूमिका व्यक्तिहरू हुने भएकोले कतिपयलाई अनुशासन र नियममा राख्नको लागि बलियो नेतृत्व आवश्यक छ । चीनले २०० वर्ष अगाडि २६८ जना चिनियाँ सेनालाई अमेरिकी सेना विरुद्धको लडाइँमा कोरिया पठाएका थिए ।

एसियाली देशका विभिन्न राजनैतिक पार्टीका प्रतिनिधिहरू चीनको गरिबी निवारणसम्बन्धी प्रदर्शनी अवलोकन गर्दै ।
प्रशिक्षणमा विशेष गरी जनतालाई आफ्नो निर्णय आफै गर्ने अधिकार दिँदा ग्रामिण विकास र गरिबी निवारणको लक्ष्य छिटै पूरा गर्न सकिन्छ भन्ने विषय महत्वपूर्ण थियो । अधिकारसम्पन्न बनाएपछि मात्र स्थानीय जनता, सरकार र अर्थ बजार बीच सन्तुलन कायम गर्न सकिन्छ । बजारको आवश्यकताअनुसार ग्रामिण क्षेत्रको विकास गर्न सकिन्छ र यो कार्यमा ग्रामिण जनताको महत्वपूर्ण भूमिका रहन्छ । जग्गा सामूहिकीकरणको काम गर्न पार्टी कमिटीले महत्वपूर्ण भूमिका खेल्ने भएकोले पार्टी जनतामाझ जानुपर्ने बताउनुभयो । ३००० जनसङ्ख्या भएका १३० वटा गाउँहरूको जग्गा सरकारले घटना सुनाउँदा निकै अनौठो लागेको थियो ।
नेपालमा वर्षौंवर्ष लाग्ने काम चीनमा ३५ दिन सकिन्छ । अनि मनमनै कल्पना गरेँ हामी कति पछाडि परेका छौँ ? प्रशिक्षण कक्षा सकेर लिफ्टबाट तल झर्दै गर्दा भित्तामा एउटा वाक्य लेखेको देखेँ । ‘Seeking the truth by fact’ । त्यसपछि हामीले प्रोमोस्नल फिल्म हे¥यौँ । फिल्म हेर्न विशेष किसिमको चस्मा राखिएको थियो । घूम्मफिल्म भएकोले चस्मा लगाएर हेर्नुपर्ने रहेछ । क्वाङ्गतुङ्ग प्रदेशको ग्रामीण विकासको विषयमा तयार पारिएको उक्त फिल्म सकेर हामी टोङक्वान सहरको लागि जाने कार्यक्रम थियो ।
खाना खाएर १ बजे होटलबाट झर्दै गर्दा IDCPC का साथी टोङटोङले हाम्रो टीमका एकजना साथीको ब्लड प्रेसर बढेर अस्पताल लगेकोले एक घन्टा ढिलो हुने जानकारी दिनुभयो । उनी पूर्वी टिमुरका रुई मेनेसस डा. कोस्टा रहेछन् । उनले पेइचिङबाट क्वाङ्गचाउको जानको लागि एयरपोर्ट जाने क्रममा औषधिको झोला गाडीमा नै बिर्सेका रहेछन् । उनले पहिलेदेखि ब्लड प्रेसर र कोलेस्टेरोेलको औषधि खाइराखेका रहेछन् । हामी खाना खाइसकेर लबीमा आ–आफ्नो देशको राजनीतिक परिस्थितिको विषयमा छलफल गर्दै गर्दा रुई आइपुग्नुभयो । उनलाई होटलमा देख्नासाथ सबैजना उनीतिर अगाडि बढे । IDCPC का कामरेड तोङ्गतोङ्गले We have a Doctor from Nepal भनेर हामीतिर फेर्केर भने । म उनीतिर अगाडि बढेर I am not a doctor I am a nurse from Nepal भनेँ । त्यसपछि उनले रुईको स्वास्थ्यको ख्याल गर्ने जिम्मा तपाइँको भने । मैले ‘हुन्छ’ भनेर टाउको हल्लाएँ ।
मलेसियाबाट आएको टीममा एकजना फर्माकोलोजिस्ट हुनुहुँदो रहेछ । उनले युकेबाट अध्ययन गरेका रहेछन् । हामी दुवैले रुईलाई केही कुराको चिन्ता नलिनु केही भएमा हामी छौँ भनी भरोसा दियौं । उनी खाना खाएर फर्केपछि हामी टोङक्वान जानको लागि गाडीमा बस्यौँ । करिब ३ घण्टाको यात्रापछि हाम्रो गाडी ठूलो शपिङ्ग मलको अगाडि रोकियो ।
का. तोङतोङले गाडीमा निदाएका सबै साथीहरू ब्युँझिने गरी कामरेड भन्दै माइकमा बोले । हामीलाई १ घण्टाको लागि शपिङ्ग गर्न समय दिइयो । हाम्रो केही किन्ने योजना नभएकोले भुइँतल्लादेखि पाँचौँ तल्लासम्म सरसर्ती घुमेर हामी ५ बजे तल और्लियौँ । भारतीय र पाकिस्तानी साथीहरूले अलिक धेरै सामान किनेको भएर हामीले उनीहरूलाई कुर्नुप¥यो । त्यसपछि पुनः गाडीमा बसेर टोङक्वाङतिर लम्कियौँ । गाडीमा पाकिस्तानी साथीहरूले आज राति पार्टी गर्नुपर्छ भनेपछि पाकिस्तानमा त्यो दिन ईद पर्व रहेछ भन्ने थाहा भयो । त्यसैले हाम्रो गाडी खानाको लागि मुस्लिम रेष्टुरेन्टमा गएर रोकियो । बङ्गलादेशी, भारतीय र पाकिस्तानी साथीहरू केही मुस्लिम भएकाले मुस्लिम रेष्टुरेन्ट रोजेको जानकारी पायौँ । खाना खाइसकेर हामी करिब ९ बजे ओरेन्टल गिञ्जा इन्टरनेसनल होटल पुग्यौँ ।
अगष्ट १२ (August 12)
सधैँझैँ बिहान चियानास्ता सकेर हामी Chinese Spallation Neutron Plant को अवलोकन भ्रमणमा निस्क्यौँ । न्युट्रोन इनर्जीको उत्पादन र भण्डाराण गर्ने उक्त प्लान्ट संसारमा बेलायत, अमेरिका, जापान र चीनमा मात्र रहेछन् ।
सियनथउ (Xiantou) समुदाय
त्यसपछिको हाम्रो गन्तव्य थियो सियनथउ समुदाय २५० एकड क्षेत्रफलमा फैलिएको ५४०० परिवारको बस्ती रहेछ । दस हजारजना मानिसहरू बसोबास गर्ने सियनथउमा ३७ वटा घरहरू छन् । प्रत्येक घरको क्षेत्रफल ३० वर्गमिटर छ । प्रत्येक भवनको बाहिर खुला ठाउँ र हरियाली प्रवद्र्धन गरिएको छ । बस्तीका बालबच्चा, युवा र वृद्धहरूका लागि ठूलो खेलमैदान बनाएको छ । पुस्तकालयको पनि व्यवस्था छ जहाँ बीसहजार वटा पुस्तकहरू छन् । विद्युतीय तथा इन्टरनेट पुस्तकालयको पनि व्यवस्था गरिएको रहेछ ।
सियनथउ समुदायमा महिलाहरूद्वारा सञ्चालित टेक्सटाइल उद्योग (Women Textile Industry) को अवलोकन गर्ने मौका पायौँ । नेपालमा भित्रिने विभिन्न चिनियाँ ब्राण्डका कपडाहरूको उत्पादन त्यही हुने रहेछ । विभिन्न ऊनका कपडाहरू नेपाललगायत अन्य मुलुकहरूमा निर्यात हुने गरेको जानकारी पायौँ । स–सानो समुदायले पनि देशको औद्योगिक विकास र गरिबी निवारणमा सहयोग पु¥याउन सकिने रहेछ । सन् २०१३ मा यो उद्योगले उत्कृष्ट महिला उद्योगको पुरस्कार प्राप्त गरेको थियो ।
सियनथउ समुदायको भ्रमणपछि खाना खाएर हामी सोङ्गसान ताल इको सिटी विज्ञान सङ्ग्रहालय (Songshan Lake Eco-city Science Museum) को भ्रमणमा गयौँ । सन् २००१ बाट सञ्चालित विज्ञान सङ्ग्रहालय सन् २०१० मा आएर राष्ट्रिय स्तरको बनाइएको थियो र पछि सन् २०१७ मा औद्योगिक पार्कको रूपमा परिणत गरियो । औद्योगिक क्षेत्रको विकासलाई ३ वटा विभिन्न चरणमा विभाजन गरिएको रहेछ ।
पहिलो – स्थापना युग (Period of Foundation) सन् २००१–२००६
दोस्रो – विकासको युग (Period of Acceleration) सन् २००६–२०१४
तेस्रो – आविष्कारको युग (Period of Innovation) सन् २०१४–२०१८
यो क्षेत्र हङकङ र मकाउ एयरपोर्टबाट २ घण्टाको दूरीमा रहेको छ । संसारमा बन्ने स्मार्ट फोनमध्ये २५ प्रतिशत फोनहरू तोङक्वान (Dongguan) सहरमा बन्ने रहेछ । त्यस्तैगरी २० प्रतिशत उनका स्वीटर, ३० प्रतिशत खेलौना, १० प्रतिशत सिसा, १० प्रतिशत स्पोर्टस् जुत्ता र १० प्रतिशत सूचना प्रविधिका सामानहरू त्यो सहरमा बन्ने रहेछन् । सोङ्गसान ताल ४२ कि.मि. लामो छ । यो तालमाथि विभिन्न व्यापारिक भवनहरू विशेष प्रविधिबाट बनाइएका छन् । ताल मुनिबाट मकाउ सहर जोडिने पुल विशेष प्रविधिबाट निर्माण गरिएको छ । सहरलाई विभिन्न चरणबाट विकास गरेका श्रव्यदृश्य पनि हेर्ने मौका पायौँ ।
छोटो समयमा पछाडि परेको क्षेत्रलाई विकसित कसरी बनाउन सकिन्छ भन्ने कुराको ज्वलन्त उदाहरण थियो तोङक्वान सहर । सोङ्गसान तालमा रोबोट इन्डष्ट्री, थाइवान हाइ–टेक पार्क, युनिभर्सिटी इनोभेसन सिटी, हङ्गकङ्ग र मकाउ कल्चरल क्रियटिभ इन्डष्ट्रीजस्ता ठूला उद्योगहरू छन् ।
सोङ्गसान तालको भ्रमणपछि हामी ऊर्जा भण्डारणका उपकरणहरू उत्पादन गर्ने ठूलो कम्पनी इस्टर गु्रप (Easter Group) को अवलोकनामा गयौं । देशको आर्थिक उन्नति र गरिबी निवारणमा ठूलो कम्पनीमध्येमा पर्ने इष्टर ग्रुपले इनर्जी स्टोरेज उपकरणहरू पावर बैड्ढ, इन्भर्टर र ब्याट्रीहरूको उत्पादन गर्ने रहेछ । ६०० जनाभन्दा बढी इन्जिनियरहरू केन्द्रीय कार्यालयमा मात्र कार्यरत छन् भने १७०० भन्दा बढी कर्मचारी कार्यरत रहेका छन् । अहिले चीनमा उत्पादित इलेक्ट्रिक गाडी र बाइकको चार्जिङ्ग स्टेसनको उत्पादन र प्रवद्र्धन पनि यही कम्पनीले गर्ने रहेछ ।
वातावरणमैत्री इलेक्ट्रिक सवारी साधनको उत्पादनले प्रदूषण धेरै न्यून भएको विभिन्न तथ्याड्ढले देखाएको छ । ईष्टर ग्रुपको संसारका १६० वटा देशसँग सहकार्य रहेको छ । ३० प्रतिशत सेयर चिनियाँ सरकारको रहेको छ । ईष्टर ग्रुपले प्रत्येक महिना १६२०००० वटा युपिएस (UPS), २०००० वटा इन्र्भटर र २५०० वटा इलेक्ट्रिक चार्जरको उत्पादन गर्ने रहेछ भने संसारका १४० वटा देशमा आफ्नो उत्पादन निर्यात गर्ने रहेछ ।
Leave a Reply