पुस्तकालयलाई जीवन्त बनाउन पुस्तकालयकर्मीको दायित्व
- भाद्र १४, २०८३
डा. अशोकानन्द मिश्र
आफ्नो बारे आफैले लेख्नु एउटा अति कठिन कार्य हो । यसमा या त तपाईँ अति विनम्र भएर लेख्नु हुन्छ या अति आत्म प्रशंसाबाट प्रेरित भइ लेख्नु हुन्छ । यसमा दुईतर्फ नै खतरा हुन्छ ।
मेरो भतिजो सरोज गोसाईको आग्रहमा म लेख्न बसेको छु । सरोजजी मेरो मित्र जीवनजी (बुद्धिकुमार गोसाई) को पुत्र हुनुहुन्छ, अतः उहाँको आग्रह टार्न सकिनँ ।
मेरो जन्म करिब ७५ वर्ष पहिले २००२ साल (१९४५ ई.) तिलाठी ग्राम, सप्तरी जिल्लामा भएको हो ।
परिवार अर्धसामन्ती थियो । पितामह यदुनन्दन मिश्र तत्कालीन मिथिला तथा नेपालको प्रसिद्ध ज्योतषी एवम् तान्त्रिक हुनुहुन्थ्यो । उहाँको बारे धेरै किंवदन्ती प्रचलित छन् । उहाँले राणा प्रधानमन्त्री चन्द्र शमशेरबाट निकै जग्गा बिर्ता प्राप्त गर्नुभएको थियो । तर महाराज भीम शमशेरबाट करीब सबै जग्गा जफत भयो ।
मेरो मातृ कुलमा मेरी माता स्वर्गीय महालक्ष्मी देवीका पिता स्व. आर्तिनाथ झा एउटा विद्यालयको प्रधान अध्यापक हुनुहुन्थ्यो तथा मेरा मामाहरू स्व. रमानाथ झा तथा स्व. गंगानाथ झा पटना विश्वविद्यालयबाट मेट्रिकदेखि एम.ए.सम्म प्रथम स्थान प्राप्त गर्नुभएको थियो ।
जेठो मामा रमानाथ झा मैनचेस्टरबाट अङ्ग्रेजी साहित्यमा विद्यावारिधी हुनुहुन्थ्यो । उहाँ राँची विश्वविद्यालयको अङ्ग्रेजी विभागका प्रमुख हुनुहुन्थ्यो ।
मेरो बाल्यकालको शिक्षा आफ्नै गाउँको संस्कृत पाठशालामा भयो । गाउँको नजिक कुनौली बजारको माध्यमिक विद्यालयबाट सन् १९६० मा मैले मेट्रिकको परीक्षा उत्तीर्ण गरेंँ र जिल्लामा ८० प्रतिशत अङ्कसाथ म जिल्ला प्रथम भएँ ।
सन् १९६२ मा सी.एम. कलेज दरभंगाबाट प्रि–साइन्स एवं बीएस पार्ट वन उत्तीर्ण गरेँ, जीवशास्त्रमा प्रथम श्रेणी प्राप्त भएन तर उच्च दोस्रो श्रेणीमा उत्तीर्ण भएँ ।
विहार र नेपालको कचिङ्गलको कारण २ वर्षसम्म पढाइमा व्यवधान भयो । कलकत्ताको एनआरएस मेडिकल कलेजमा एड्मिशन हुन सकिनँ । पछि १९६४ मा दरभंगा मेडिकल कलेजमा भर्ना भएँ । १९६९ मा एमबीबीएस उत्तीर्ण गरेँ । आफ्नो व्याचको प्रतिभाशाली छात्रको रूपमा प्रतिष्ठित थिएँ । मैले मेडिसिनमा स्वर्ण पदक प्राप्त गरेँ । विहारको जातीय व्यवस्था एवं आफ्नो स्पष्ट बोल्ने चरित्रको कारण अपेक्षित परिणाम पाइनँ ।
पच्चीस शैयाको अस्पतालमा ५ वटामा बिरामी र १७ वटामा कुकुर सुतेको हुन्थ्यो । सिकिस्त बिरामीहरू अस्पतालभन्दा हनुमानघाटमा जान रूचाउँथे । डाक्टर, पञ्चायती नेता र प्रमुख जिल्ला अधिकारी तथा नगरपञ्चायतका कर्मचारीहरू आफ्नै जागिरमा व्यस्त हुन्थे । बहिरंग विभागमा सहायक स्वास्थ्य कार्यकर्ता र अनमीद्वारा बिरामी हेर्ने गरिन्थ्यो । तर, २०३३ सालसम्ममा अन्दाजी २५ बिरामीको ठाउँमा ७५ जनासम्म भर्ना हुने वातावरण बन्यो । बिरामी भर्ना गर्न मेडिकल डाइरेक्टरको चाकरी गर्नुपथ्र्यो । बिरामी भर्ना गर्न नसक्दा झगडा गर्नुपथ्र्यो ।
चिकित्सा विषयमा रूचि भएको कारणले नै होला, चिकित्सामा जुनियर हाउसजव एवं सिनियर हाउसजव गरेँ । तर, तत्कालीन प्राचार्यको कुटील चाल भएकोले स्वर्णपदक पाए पनि एमडीमा एड्मिशन पाइनँ र नेपालमा फर्केर आउनुप¥यो ।
काठमाडौँमा सिंह दरवारको चक्कर लगाएर पनि ‘नो अब्जेक्सन’ लेटर नपाएपछि, वीर अस्पतालमा करीब डेढ महिना अवैतनिक कार्य गरेँ । त्यहीँ करिव ६ महिना स्वर्गीय डा. अन्जनीकुमार शर्मासँग सर्जरीमै काम गरेँ । २३ भदौ २०२८ मा अस्थायी जागिर पाएँ । तत्कालीन महानिर्देशक डा. भरतराज उप्रेतीको मधेशविरोधी मानसिकताको कारण ओलाङ्गचुङ्गगोलाको लुङ्गथुङ्ग स्वास्थ्य केन्द्रमा चिकित्सा अधिकृतको रूपमा अति दुर्गम क्षेत्रमा काम गर्नुपर्यो । अरूलाई १ वर्षको कार्यकाल हुने ठाउँमा मलाई दुई वर्ष त्यहाँ राखियो । त्यो व्यथाकथा एवं मानसिक शोषणको कुरा नसम्झिनु नै बेस हुन्छ । अति दुर्गम क्षेत्रबाट कार्तिक २०३० मा भक्तपुर अस्पतालमा सरूवा भएँ । त्यो बेलाको भक्तपुर बेलुकी ५ बजेबाट काठमाडौँ उपत्यकामा भए पनि, सभ्य संस्कारको सुविधाबाट वञ्चित थियो ।
अस्पतालमा चर्पीको व्यवस्था थिएन र पूरा भक्तपुरमा प्रहरी, सेना, दमकल र अस्पतालमा गरी टेलिफोनका चार वटा लाइनमात्र थिए ।
भात खाने एउटा पनि होटल थिएन र ३ महिनासम्म गुरूङ्गजीको पसलमा चिउरा र मासु खाएर ज्यान बचाएँ । उहाँलाई भात खुवाइ दिनुभन्दा “हम मधेसी लोगोंको भात नही खिलाते हेँ ” भन्नुहुन्थ्यो । मित्रतापछि क्वाटरमैं आएर उहाँले खाना बनाइदिनुहुन्थ्यो ।
पच्चीस शैयाको अस्पतालमा ५ वटामा बिरामी र १७ वटामा कुकुर सुतेको हुन्थ्यो । सिकिस्त बिरामीहरू अस्पतालभन्दा हनुमानघाटमा जान रूचाउँथे । डाक्टर, पञ्चायती नेता र प्रमुख जिल्ला अधिकारी तथा नगरपञ्चायतका कर्मचारीहरू आफ्नै जागिरमा व्यस्त हुन्थे । बहिरंग विभागमा सहायक स्वास्थ्य कार्यकर्ता र अनमीद्वारा बिरामी हेर्ने गरिन्थ्यो । तर, २०३३ सालसम्ममा अन्दाजी २५ बिरामीको ठाउँमा ७५ जनासम्म भर्ना हुने वातावरण बन्यो । बिरामी भर्ना गर्न मेडिकल डाइरेक्टरको चाकरी गर्नुपथ्र्यो । बिरामी भर्ना गर्न नसक्दा झगडा गर्नुपथ्र्यो ।
अस्पतालप्रति जनआस्था बढाउनको लागि सहयोग गर्न स्वर्गीय मित्र अन्जान (कृष्णराम खत्री), पृथुचरण वैद्य तथा स्व. केदार भद्राको धेरै मद्दत थियो । मेरा वरिष्ठ सहगोगी डा. तीर्थ राणाको सहयोग पनि त्यतिकै थियो । तर, त्यो बेला सायद वामपन्थी साथीहरूको गुप्त सहयोग पनि थियो । त्यो कुरा पछि बुझेँ तर आफ्नो रूखो व्यवहार तथा स्वभावले शायद म जनतामाझ त्यति रूचाइएको थिइनँ ।
२०३३ सालमा राजेन्द्रराज अस्पतालमा आए । म दरभंगा मेडिकल कलेजमा एमडी (जेनेरल मेडिसिन) गर्न गएँ । पुरानो प्राचार्य सरूवा भइसक्नुभएको थियो । मेरा गुरूवर स्व. मननाथ मिश्र चिकित्सा विभाग प्रमुख हुनुभएको कारण सजिलैसिज एमडी गर्न सफल भएँ ।
बनेपाको एकजना स्थानीय व्यक्तिको भक्तपुर प्रहरी कार्यालयमा मृत्यु भयो र उसको पोष्टमार्टम गर्नुमा मेरो तथा डा. तिर्थ रानाको रिपोर्टले डीएसपी, इन्सपेक्टर र सहीको जागिर गयो र म सरकारको नजरमा विद्रोही तथा पञ्चायतविरोधी भएँ । तर जनताको प्यार पनि पाएँ ।
एमडीको अध्ययन बिदामा गाउँ जाँदा तत्कालीन प्रम तुलसी गिरी र डीजीसँग विवाद भयो । पछि गिरी पदबाट बाहिरिनुभयो र म दरभंगा जाँदा भेटिनुभयो र सोध्नुभयो – के गर्दै हुनुहुन्छ ? मैले भनेँ – एमडी दरभंगामा गर्दैछु । उहाँले प्रतिप्रश्न गर्नुभयो – मैले बिदा स्वीकृत गरिनँ । मेरो जवाफ थियो – तपाइँको जागिरको निम्ति म मरिहत्ते गर्दिनँ ।
त्यस्तै डा. एनडी जोशी (पीजी) ले सिनेमा हलमा सोध्नुभयो – के गर्दै हुनुहुन्छ ? जागिरको के भो ? मैले जवाफ दिए – ‘छोड्दिनुस् साथी त्यो कुरा ।’
एमडी गर्दा (सन् १९७६–७८) दरभंगामा प्रवासमा रहेका का. रोहित तथा स्वर्गीय पुष्पलालजीसित निकै घनिष्ठता भयो । १९७८ मा का. पुष्पलाल कार्डियोलोजी वार्डमा भर्ना हुनुहुन्थ्यो । उहाँको ठेगाना थियो – का. पुष्पलाल, डा. अशोकानन्द मिश्र १३ ……..। पछि ज्योति बसुले पैसा पठाएर उहाँ अल इन्डिया इन्ष्टिच्युटमा जानुभयो । का. जयपाल सिंह (एमपी) ले रेखदेख गर्नुभयो । वहाँको १९७८ मा निधन भयो ।
एमडीको परीक्षामा चे ग्वेभारा र कम्युनिस्ट घोषणापत्रले मलाई धेरै मद्दत दियो । मेरो दारीको कारण मेरो दुवै जना बाह्य परीक्षक डा. राथ तथा डा. चटर्जीले एकघण्टा त्यसै विषयमा प्रश्न गर्नुभयो । पछिमात्र मेडिसिनसम्बन्धी प्रश्न गर्नुभयो । मैले राम्रै तरिकाले एमडी गरेँ ।
एमडी गरेर आएपछि फेरि विभाग र मन्त्रालयले मलाई भक्तपुरमै पठाइदियो । डा. तीर्थ राणा वरिष्ठ मेडिकल अफिसर हुनुहुन्थ्यो र वहाँको जुनियरको रूपमा अबको कार्यकाल मज्जासित चल्न थाल्यो । मेहनत गर्थेँ । मन पनि लाग्यो ।
मेरो स्वभावमा अलि रूखोपन देखिएको हुन्थ्यो होला । कसैले चुरोट खाएको देखेपछि म चुरोट लिई फ्याकिदिन्थे खास गरेर केटाहरूको । एकचोटी त दरबार स्क्वायरमा केटाहरू भाग्दै हल्ला गरिररहेका थिए –‘वल वल दारीवाल वल’ उनीहरूको हातमा चुरोट थियो । यो प्रशंसा थियो वा अपमान ? तर यथार्थ थियो । तर पछि २०३९ सालमा मलाई भक्तपुर अस्पतालबाट राजविराज पठाइयो, मैले त तत्कालीन प्रम सूर्यबहादुर थापालाई भनेँ – प्रधानमन्त्रीजी तपाईँ भक्तपुर अस्पतालमा डाक्टर बढाउन सक्नुहुन्छ तर, डाक्टर पठाउन सक्नुहुन ।
२०३९ देखि ०४० सम्म म भक्तपुरमा बसी प्रात्ेट प्राक्टिस गरेँ । भक्तपुर तथा बागबजारमा क्लिनिक थियो । केही दिन बनेपामा पनि क्लिनिक राखेँ । धेरै प्राक्टिस गरे र पैसा पनि कमाएँ । शनिबार शनिबार गाउँ पुग्थँे । मित्रहरूको सहयोगमा गाउँमा स्वास्थ्य शिविर पनि सञ्चालन गरेँ । पञ्चायती सरकारको आँखाको कसिङ्गर भएँ ।
पछि मेरी श्रीमती र बच्चाहरू भक्तपुर बस्न तयार नभएपछि उनीहरू राजविराज आए । आफ्नो पिताजीको आदेशानुसार मैले राजविराज आएर सगरमाथा अञ्चल अस्पतालको फिजिसियन पदमा सेवा गर्न थालेँ ।
यसैबीच मेरो साथी डा. भरत प्रधान र डा. सरोज धितालले पनि काठमाडौँ छोडिसक्नुभएको थियो । म एक्लै भइसकेको थिएँ ।
राजविराज आएपछि पञ्चायती राजनीतिले ममाथि आक्रमण छोडेन र अस्पतालमा क्वाटरको लागि मुद्दा आदि लगाई दुःख दियो । यहाँ पनि एउटा कडरवना प्रहरी चौकीमा एकजना युवकलाई साइकल चोरीकोे अभियोगमा घाँटी थिची मारेर झुण्डिई मरेको भनी पोष्टमार्टमको लागि ल्याइयो । त्यो पोष्टमार्टमको कारण ५–६ जना प्रहरीको जागिर गएपछि उनीहरूको नजरमा म पञ्चायतविरोधी र कम्युनिस्ट प्रमाणित भएँ ।
का. मोहनचन्द्र अधिकारीलाई सगरमाथा अञ्चल अस्पतालमा राखेर काठमाडौंमा डा. सुन्दरमणि दिक्षितको दिन पारी वीर अस्पताल भर्ना गरिदिएपछि मप्रतिको दुर्नियत साफ भयो । मोहनचन्द्र अधिकारीलाई त्यसबेला नेपालको नेल्सन मन्डेला भनिन्थ्यो । मलाई धेरै दबाब थियो उहाँलाई अस्पतालबाट डिस्चार्ज गर्न । तर …. ।
यी सबैको परिणामस्वरूप २०४२ साल माघमा राजनीतिक कारणले जागिरबाट निकालिएँ र म स्वतन्त्र नागरिक भएँ र मलाई स्वतन्त्रताको अनुभूति भयो । अब आफ्नो क्लिनिकमा बसी बिरामी जाँची पैसा कमाउन थालेँ । २०४५ को जनआन्दोलनमा खुलेर मद्दत गरेँ । जेलमा राजबन्दीहरूलाई आवश्यक सामान पठाउने काम गरेँ ।
२०४८ सालको चुनावमा सूर्य छापमा चुनाव पनि लडेँ । भोट राम्रै आयो । तर पार्टीगत राजनीतिसित वितृष्णा भयो ।
२०५४ मा पाटन पुनरावेदन अदालतबाट जागिरमा पुनर्बहाली भएपछि नेपाली काँग्रेस र एमालेभित्रका मित्रहरूको व्यवहारबाट दिक्क भएँ । २०५५ भदौमा प्रशासकीय अदालतबाट मुद्दा जितेपछि राजविराजबाट वीरगञ्ज अस्पतालमा सेवा गरेँ । २०५५ देखि २०५७ सम्म नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत रही २०५७ सालमा पुनः राजविराजको सगरमाथा अस्पतालमा फिजिसियन भई सेवा गरेँ । यसैबीच मभन्दा धेरै जुनियर मान्छेलाई राजविराजमा मेडिकल सुपरिडेन्डेट बनाइ पठाउन खोज्दा राजविराज पुनरावेदन अदालतमा मुद्दा गरी आदेश गराई राजविराजमा मेडिकल सुपरिडेन्डेट भई कामकाज गरेँ । २०६२ असोजमा उमेरको कारण सेवा निवृत्त भई आफ्नो पेशा गरिरहेको छु ।
एउटा अर्को अध्याय छ – म वकिल किन भएँ । २०५५ सालमा मेरो जागिरमा पुनर्बहाली भइसकेको बेला मेरी कान्छी छोरी निमिषले विज्ञानमा स्नातक गरिसकेकी थिइन् । मैले छोरीलाई एमबीबीएस पढ्न सुझाव दिएँ तर छोरीले इच्छा गरिनन् । काठमाडौं गई विज्ञानमा स्नातकोत्तर पढ्ने पनि जाँगर नदेखाएपछि राजविराजमै कानुन पढ्ने सल्लाह भयो । छोरीको भर्नाको क्रममा आफू पनि कानुन विषयमा भर्ना भएँ । कानुनको कक्षा लिन सकिनँ । छोरीले उत्तीर्ण गरिन् । वकिल बन्ने लाइसेन्स भने छोरीले लिएकी थिइनन् । मैले कानुन पढ्न थालेँ, छोरी पनि लाइसेन्स लिन उत्साहित भइन् । मैले एलएलबी उत्तीर्ण गरेँ । २०६९ सामा सप्तरी वारको सदस्यता प्राप्त गरेँ र वकिल पेशा पनि अपनाउन थालेको छु ।

बिहीबार नेपालभाषा साहित्य तःमुँज्याको दबुमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँबाट सम्मानित हुँदै डा. मिश्र
Leave a Reply