नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
अङ्करा, १ वैशाख । टर्कीका राष्ट्रपति रेसेप तायीप इर्डोगान र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच सिरियाका बारेमा बिहीबार छलफल भएको छ ।
टेलिफोनमा भएको कुराकानीका क्रममा उहाँहरुले सिरियामा देशव्यापी युद्धविराम गराउन संयुक्त रुपमा सकारात्मक पहल गर्नुपर्ने बारेमा छलफल गर्नुभएको टर्कीका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
कतिपय मामिलामा टर्की र रुसले सहकार्य गर्नुपर्नेमा दुवै देशका नेताहरुले जोड दिनुभएको कार्यालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
हालसालै मात्र सिरियाको इडलिबमा भएको रासायनिक हमलाका बारेमा फेरी स्वतन्त्र रुपमा अनुसन्धान तथा छानबिन गर्न पनि दुवै देशका नेताहरुले माग गर्नुभएको छ ।
दुई देशको आर्थिक तथा राजनीतिक अवस्थालाई सुधार्न आपसी सम्बन्धलाई तिब्र रुपमा थप मजबुत बनाउने बारेमा पनि नेताहरुले छलफल गर्नुभएको अधिकारीहरुले जनाएका छन् ।
तर गत अप्रिल ६ का दिन अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा आतङ्कबादविरुद्धको लडाई भन्दै सिरियाको इडलिबमा रासायनिक आक्रमण भएको विषयमै उहाँहरुको छलफल बढी केन्द्रित भएको जनाइएको छ । रासस÷सिन्ह्वा
Leave a Reply