भर्खरै :

पन्ध्र प्रतिशत पर्यटक वृद्धि

काठमाडौँ, २७ असोज (रासस) : सन् २०१९ को सेप्टेम्बरमा १८ हजार ३५१ बाह्य पर्यटकले गण्डकी प्रदेशको भ्रमण गरेका छन् । उक्त सङ्ख्या अघिल्लो महिनाको तुलनामा १५.७ प्रतिशतले बढी हो । अगष्टमा भन्दा सेप्टेम्बरमा दुई हजार ४८९ बढी बाह्य पर्यटकले भ्रमण गरेका छन् ।
नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार सेप्टेम्बरमा सात हजार भारतीय तथा ११ हजार १४३ अन्य मुलुकका पर्यटक गण्डकीको भ्रमणमा आएका थिए । यो गण्डकी प्रदेशका पोखरा विमानस्थल कार्यालय, तनहुँको आँबुखैरेनी र स्याङ्जाको प्रहरी चौकीले सङ्कलन गरेको तथ्याङ्क हो । पर्यटक आगमनको दुई महिनाको प्रवृत्ति हेर्दा पृथ्वी राजमार्ग भएर गण्डकी प्रदेश भित्रिने पर्यटकको सङ्ख्या झण्डै ६० प्रतिशत छ भने स्रोत बजारको दृष्टिकोणबाट भारतीय पर्यटकको सङ्ख्या सबैभन्दा बढी अर्थात् ३९ प्रतिशत रहेको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *