नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
लन चियान्स्यु
नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको आमन्त्रणमा चीनका राष्ट्रपति सी चिनफिङले अक्टोबर १२ र १३ मा दुई दिवसीय राजकीय भ्रमण गर्नुभयो । २३ वर्षपछि चीनका राष्ट्रपति नेपाल पुग्नुभएको हो । सीको भ्रमण दुई देशबीचको सम्बन्धमा प्रमुख घटनाको रूपलाई लिइनेछ ।
चीन र नेपाल नदी र पहाडले जोडिएका दुई निकट र अन्तरनिर्भर देशहरू हुन् । सीको भ्रमणले सकारात्मक ऊर्जा प्रदान गर्नुका साथै दुई देशबीचको सम्बन्धमा उल्लेखनीय गति दिएको छ ।
सन् २०१७ को मे महिनामा चीन र नेपालबीच चीनद्वारा प्रस्तावित बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यक्रमअन्तर्गत दुईपक्षीय सहकार्यको समझदारी पत्रमा हस्ताक्षर गरे । यता दुई छिमेकी देशले अन्तर हिमालय बहुपक्षीय सम्बन्ध सञ्जाल विकासका साथै सीमा वारपार विशेष आर्थिक क्षेत्रमा सहकार्य गर्दै आएका छन् । साथै व्यापार, लगानी, उत्पादन क्षमता, रेलमार्ग, राजमार्ग, बन्दरगाह, हवाई सेवा, ऊर्जा र जनस्तरको सम्बन्धमा सहकार्य बलियो बनाउँदै आएका छन् । यस्तो सम्बन्धले नेपाललाई भूपरिवेष्ठित देशबाट भूजडित देशमा परियात गरेको छ ।
सीको नेपाल भ्रमण छोटो भए पनि यसले चीन र नेपालबीच अन्तर हिमालय बहुपक्षीय सम्बन्ध सञ्जाल निर्माण गर्न, आपसमा हितकारी सम्बन्ध बलियो बनाउन र दिगो मित्रतासहित विद्यमान चीन–नेपाल विस्तृत सहकार्य साझेदारीलाई उकास्नेछ । सारमा भन्दा यो दुईपक्षीय सम्बन्धको लागि नयाँ श्वास बनेको छ ।
हिमाललाई समेत ‘नाप्न सक्ने’ चीन–नेपाल सहकार्यले सो क्षेत्रमा आर्थिक विकासको नयाँ इन्जिन विकास गर्नसक्छ । अरु देशलाई लगानीको निम्ति मलिलो भूमि बन्न सक्छ ।
चीन र भारत दुई छिमेकी भएको नेपाल भूपरिवेष्ठित देश हो । चीन र भारत आज दुवै भविष्यको आर्थिक विकासको अथाह सम्भावनासहित उदयीमान शक्तिहरू हुन् । ती दुई देशबीच अवस्थित नेपालले स्वाभाविकरूपमा पुल र सेतुको भूमिका खेल्नेछ ।
आर्थिक क्षेत्र स्थापना र साझा भविष्यको समुदाय निर्माणको विषय चीन, भारत र नेपाल तीन वटै छिमेकी देशको लागि ठूलो रणनीतिक महत्व र हितको विषय हुनेछ । आपसमा सम्बन्ध बलियो बनाउन तीन वटै देशले मिहिनेत गरे हिमालय कुनै तगारोको रूपमा रहनेछ । बरु भौगोलिक र सांस्कृतिक रूपमा छिमेकी देशलाई जोड्ने सेतु बन्न सक्छ ।
नेपाल एउटा स्वाधीन सार्वभौम राज्य हो । आफ्नो विकासको ढाँचा चुन्ने र आफ्नो हितअनुसारको खुला रणनीति अँगाल्नु नेपालको अधिकार हो । भूराजनीतिक खेलको प्यादा बन्नुको सट्टा नेपालले चीन–भारत प्लस सूत्र अभ्यास गर्ने दबुको रूपमा देखिनुपर्छ ।
चीन, भारत र नेपाल आपसमा वैमनस्यताको मानसिकता त्याग्नुपर्छ । भूराजनीतिक खेल त्यागेर भू–आर्थिक सहकार्य विकास गर्नुपर्छ र आफ्ना जनताको खास हितमा भौगोलिक सुविधाको भरपूर प्रयोग गर्नुपर्छ ।
केही पश्चिमा सञ्चारमाध्यम भने अझै पनि चीनबारे नकारात्मक समाचार सम्प्रेषण गर्ने बानीबाट अझै मुक्त हुन सकेका छैनन् । केही पश्चिमाहरू पनि चीन–नेपाल सहकार्यलाई पनि पूर्वाग्रहको आँखाले हेरिरहेका छन् । चीन र नेपाल दुवैले यस्ता प्रचारबाजीलाई लिएर टाउको दुखाइरहनु हुन्न ।
चीन र नेपालबीच लामो आपसमा सम्मान गर्ने, बुझ्ने, विश्वास गर्ने र सहयोग गर्ने सम्बन्ध रहँदै आएको छ । दुवैले एकअर्कालाई समान मान्यता दिंदै आएको छ । दुवैले सहजीवीको सम्बन्ध विस्तार गरेको छ । एउटा नमुना सम्बन्धको रूपमा प्रस्तुत गर्न यो सम्बन्ध उपयुक्त उदाहरण हुनसक्छ ।
नेपालले एक चीन नीतिलाई सधैँ अँगाल्दै आएको छ । आफ्नो भूमिका नेपालले कहिल्यै पनि तिब्बती पृथकतावादी शक्ति वा अन्य कुनै पनि चीनविरोधी शक्तिलाई गतिविधि गर्न छुट दिएको छैन । चीनले नेपालको यो नीतिको उच्च प्रशंसा गर्दै आएको छ ।
कुनै पनि देशले आफ्नो भूमि कुनै अर्को तेस्रो देशविरुद्ध आक्रामक गतिविधिको आधारको रूपमा प्रयोग भएको चाहँदैन । नेपालको अभ्यास संयुक्त राष्ट्र सङ्घीय लक्ष्य र सिद्धान्तसँग मेल खाएको छ । नेपालको घरेलु सुरक्षा, स्थायित्व र सामाजिक–आर्थिक विकासको लागि यो नीति उपयुक्त छ । यसले नेपाललाई एक जिम्मेवार क्षेत्रीय खेलाडीको रूपमा प्रस्तुत गरेको छ ।
केही देशहरू अरु देशमा हस्तक्षेप गर्ने पुरानो बानीमा अभ्यस्त हुनसक्छन् । अरु देशको सरकारमाथि हस्तक्षेप गर्ने, रङ्गीन क्रान्ति गरेर अस्थिरता मच्चाउन ती शक्तिहरूलाई बानी परेको हुनसक्छ । उनीहरूले नेपाल र चीनबीचको मैत्री सम्बन्धको ऊर्जालाई मुस्किलले बुझ्न सक्छन् ।
चीन र नेपालबीचको सहकार्यको वसन्त याम आएको छ । हिमालयका दुवै देशका जनताले आपसमा हात जोड्दै साझा भविष्यतिर अघि बढ्ने दिन आएको छ ।
(लेखक चिनियाँ अन्तर्राष्ट्रिय अध्ययन प्रतिष्ठानअन्तर्गत एसिया–प्रशान्त विभागका उपनिर्देशक हुनुहुन्छ ।)
स्रोतः ग्लोबल टाइम्स
नेपाली अनुवादः सुशिला
Leave a Reply