नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
विक्रम मिश्र
चिनियाँ राष्ट्रपति सी चिनफिङको भारत भ्रमण गर्ने मितिको औपचारिक घोषणासँगै यो वर्षको एउटा प्रतीक्षित शिखर भेटवार्ता विश्वकै लागि समाचार बन्यो । अक्टोबर ११–१२ मा भारतको चेन्नाईमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी चिनफिङबीचको बैठक दुई नेताबीचको दोस्रो अनौपचारिक शिखर भेटवार्ता थियो । पहिलो अनौपचारिक शिखर भेटवार्ता गत वर्षको अप्रिलमा चीनको उहानमा भएको थियो । साढे एक वर्ष दुई देशबीच चलेको सघन दुईपक्षीय संवादपछि मात्र चेन्नाई बैठक सम्भव भएको थियो । भेटवार्तामा दुई नेताबीच रणनीतिक सञ्चार बलियो बनाउने, सहकार्य विस्तार गर्ने, आपसी विश्वास गहिरो बनाउने र आपसी समझदारी निर्माण गर्ने कुरामा एकमत बनेको छ ।
भारत र चीनबीचको सम्बन्ध इतिहासको विषयमात्र होइन । यो आजको जल्दोबल्दो विषय पनि हो । भारत र चीनबीचको सम्बन्ध दुई प्राचीन सभ्यताबीचको संवाद हो । उनीहरूको आपसी सम्बन्धको लामो इतिहास छ । त्यो इतिहास आज पनि प्रतिध्वनित भइरहेको छ । भारत र चीन दुई देशबीचको सम्बन्ध अनेकन ऐतिहासिक चरण पार गरेका दुई कलिला राष्ट्र राज्यबीचको विकास त साझेदारी पनि हो । आज ती दुवै देश उस्तै भावना बोकेका समाजका आवश्यकता सम्बोधन गर्ने काममा लागिपरेका छन् । अन्तर्राष्ट्रिय टिप्पणीकारहरू भारत र चीनलाई उदयीमान अर्थतन्त्र मान्न तयार छैनन् । उनीहरूले उन्नाइसौँ शताब्दीको सुरुवातमा संसारको कुल गार्हस्थ उत्पादनको आधा भाग भारत र चीनले ओगटेको कुरा भुलेका छन् । दुई देशसँग अर्बाैँ जनसङ्ख्याको अतिरिक्त मनग्य प्राकृतिक तथा मानव स्रोत छ । यी दुवै देशहरू विश्व मामिलामा नेतृत्वदायी भूमिका पाउने हकमात्र राख्दैनन्, बरू उनीहरूले नेतृत्व पनि गर्नुपर्छ । दुवै देश एकै साथ अघि बढ्नु स्वाभाविक हुन्छ ।
हाम्रो साझा इतिहासमा भारत र चीन आज विशिष्ट र महत्वपूर्ण दोबाटोमा छन् । विश्व व्यवस्था धरमर रहेको अवस्थामा हामी हाम्रा नागरिकलाई उत्तम जीवन दिन रूपान्तरणको वाचा गरिरहेका छौँ । संसारमा आर्थिक विकासका धेरै केन्द्रहरूको विकास भइसकेको छ । विश्वव्यापी शासनको पुरानो सोच आज कमजोर बन्दै गएको छ । कुनै एउटामात्र देशले संसारको समस्या समाधान गर्नसक्दैन । यस परिस्थितिमा भारत र चीनबीचको सम्बन्ध अझ महत्वपूर्ण बनेको छ । हाम्रो आर्थिक विकास आपसमा जोडिएको कुरा एक अर्कालाई बुझाउन हामीले प्राप्त गर्ने सफलता र परिवर्तनशील विश्वमा स्थायित्वको कारणले अभिवृद्धि हाम्रो साझेदारीमा नै यो शताब्दीलाई एसियाली शताब्दी बनाउने हाम्रो साझा सपना साकार बनाउन निर्भर हुनेछ ।
यही पृष्ठभूमिमा भारतका प्रधानमन्त्री मोदी र राष्ट्रपति सीबीच चेन्नाई नजिक ममल्लापुरमको ऐतिहासिक क्षेत्रमा दोस्रो अन्तर्राष्ट्रिय शिखर भेटवार्ता भएको थियो । यो अवसर दुई देशबीचको कूटनीतिको नयाँ र विशिष्ट योगदान हो । यो स्थापित संयन्त्रले विभिन्न विषयमा दुई नेताबीच गुणात्मक र गहन छलफल गर्ने अवसर प्रदान गर्नेछ । दुई नेताबीच पछिल्ला वर्षमा भएका नियमित बैठकबाट राम्रो व्यक्तिगत समझदारी विकास भएको छ । दुवै नेता आ–आफ्ना क्षेत्रमा लोकप्रिय र उचित छन् ।
अनौपचारिक भेटवार्तामा कुनै विषय पूर्वनिर्धारित हुने गर्दैन । उच्चस्तरीय शिखर बैठकमा जस्तै यस्ता वार्तामा नेताहरू निश्चित ढाँचामा सीमित भएर बस्नु पर्दैन । उनीहरूबीच के विषयमा कुराकानी हुने भन्ने कुरा पूर्वानुमानसम्म गर्न सकिन्छ । तथापि दुवै नेताबीच अघिल्लो उहान बैठकयता भएका प्रगतिबारे समीक्षा गर्ने अपेक्षा गर्नसक्छौँ । दुईपक्षीय, क्षेत्रीय र विश्व मामिलामा आवश्यक छलफल विस्तार गरिने अनुमान गर्नसक्छौँ । गम्भीर विषयमा अघि बढ्न आफ्ना अधिकारीलाई मार्गनिर्देशन दिने अपेक्षा गर्नसकिन्छ । आपसमा मतभिन्नता रहेका विषयमा दुरी घटाउन पनि छलफल होला भन्नसकिन्छ ।
हाम्रा नेताहरूले भारत र चीनबीचको सम्बन्धलाई रणनीतिक दृष्टिकोणबाट हेर्ने गर्छन् र सम्बन्धमा स्थायित्व कायम राख्न खोज्छन् । भारत र चीनबीच सबै क्षेत्रमा चुस्त प्रगतिको लागि सबभन्दा पहिले त भारत र चीनको सिमानामा शान्ति र अमनचयन कायम हुनुपर्छ । भारत र चीनबीच समाधान हुन बाँकी सिमाना समस्या बेलाबखत दुई देशबीचको सम्बन्धमा समस्याको रूपमा देखापर्ने गरेको छ । तर, दुवै देशले यस्ता समस्या परिपक्वताका साथ समाधान गर्दै आएका छन् । त्यसकारण लामो समयदेखि विवादित रहेको दुई देशबीचको समस्या अहिलेसम्म शान्तिपूर्ण नै रहँदै आएको छ । दुई ठूला छिमेकी देशबीचका भिन्नताहरू स्वाभाविक छन् । तर, उहान बैठकमा दुई नेताबीच भएको सहमतिअनुसार त्यस्ता भिन्नता झगडामा परिणत हुनुहुन्न । आपसी विश्वास र आत्मविश्वास निर्माणको लागि एक अर्काको मूल चासोको संवदेनशीलतालाई बुझ्नु अर्को महत्वपूर्ण पक्ष हो ।
भारत र चीनबीच पछिल्ला वर्षमा व्यापार र आर्थिक सम्बन्धमा उल्लेख्य विस्तार भएको छ । सन् २०१८ मा दुई देशबीचको व्यापार ९५ अर्ब अमेरिकी डलर बराबर पुगेको छ । दुई देशबीचको व्यापारमा भारतले भोग्दै आएको ठूलो आकारको व्यापार घाटा आर्थिक र राजनीतिक संवेदनशीलताको विषय हो । यो विषयको यथाशक्य चाँडो समाधान गर्नुपर्छ । भारतका विभिन्न कृषि उत्पादनले पछिल्लो समय हासिल गरेको बजारले भारतबाट ती उत्पादनको चीनमा आयात बढाउनेछ । चीनले ती उत्पादनको लागि बजार उपलब्ध गराएमा र संसारकै कहलिएका भारतका औषधिजन्य उत्पादन र सूचना प्रविधि÷सूचना प्रविधि सेवालाई चीनले खरिद गरेमा व्यापार घाटा घटाउन सहयोग पुग्नेछ । दुवै देशको हित गर्ने यो उपयुक्त उदाहरण हुनेछ । भारतका सामान्य औषधिले औसत चिनियाँ परिवारको स्वास्थ्यसम्बन्धी खर्च घटाउनसक्ने क्षमता राख्दछ । भारतको सूचना प्रविधिले पनि चिनियाँ कम्पनीको मूल्य घटाउन सहयोग गर्नसक्छ । भारतीय सूचना प्रविधि संसारको प्रतिस्पर्धात्मक बजारमा खरो ढङ्गले उत्रिरहेको छ । भारत विदेशी प्रत्यक्ष लगानीको निकै आकर्षक गन्तव्य बनेको छ । पछिल्ला वर्षमा भारतले लगानी भित्र्याउन निकै सहज नीति अङ्गालेको छ । त्यसले विभिन्न क्षेत्रमा चिनियाँ लगानीलाई अझ आकर्षित गर्नेछ ।
भारत र चीनबारे आफ्ना जनताबीच बढ्दो जानकारी र एकअर्काको हितबारे युगौँ पुरानो सम्बन्धलाई अझ बलियो बनाउन जरुरी भएको छ । हामीबीच सीमित जनसम्पर्कको जुन विडम्बना छ, त्यसको समाधान खोज्न आवश्यक छ । प्राचीन इतिहासको सांस्कृतिक सम्बन्ध बोकेका संसारका दुई सबभन्दा बढी जनसङ्ख्या भएका देशहरूमा भ्रमण गर्ने पर्यटक निकै कम छन् । चीन संसारकै सबभन्दा ठूलो पर्यटक बजार हो र भारत असङ्ख्य पर्यटन उत्पादन भएको छिमेकी देश हो । सन् २०१५ को मेदेखि चिनियाँहरूलाई भारतीय विद्युत्तीय भिसा खुला गरेसँगै चीनबाट धेरैभन्दा धेरै पर्यटक भारत आउने अपेक्षा गरिएको छ ।
गत वर्ष उहानमा मोदी र सीबीच दुई देशका विदेशमन्त्रीहरूको नेतृत्वमा सांस्कृतिक तथा जनसम्बन्ध विकास गर्न उच्चस्तरीय संयन्त्र स्थापना गर्ने सहमति भएको थियो । हालसम्म त्यो संयन्त्रको दुई चरणको बैठक बसिसकेको छ । त्यसले सहकार्यका दस क्षेत्र पहिचान गरेको छ । आगामी सन् २०२० को अप्रिल १ मा चीन र भारतबीच कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठ मनाउँदै छौँ । दुई देशबीचको सांस्कृतिक र जनसम्बन्ध विस्तारको लागि यो अवसर उपयुक्त हुनसक्छ ।
भारत र चीनबीचको सहकार्य दुवैको साझा विकासको लागि शक्तिशाली उत्प्रेरक हुनसक्छ । द्वन्द्व दुवै देशको लागि नकारात्मक हुनेछ । भारत–चीन सम्बन्धको ऐतिहासिक विकासक्रम ९९ प्रतिशत सकारात्मक छ भने एक प्रतिशतमात्र नकारात्मक छ । सकारात्मक र नकारात्मकमध्ये कुन छनौट गर्ने भन्ने कुरा पूर्णतः हाम्रो हातमा निर्भर हुनेछ ।
महिनौंको तयारीपश्चात् दोस्रो अनौपचारिक शिखर भेटवार्ता र सन्देह, सङ्कोच, प्रतिस्पर्धा र दाबीबाट मुक्त साझेदारी निर्माणको चाहनाले गर्दा चेन्नाई बैठक दुई देशको सम्बन्ध विस्तारको लागि अर्को महत्वपूर्ण कोसेढुङ्गा साबित भएको छ ।
(लेखक चीनका लागि भारतीय राजदूत हुनुहुन्छ ।)
स्रोतः ग्लोबल टाइम्स
नेपाली अनुवादः सुमन
Leave a Reply