भर्खरै :

‘समय र विचार’मा व्यक्त का. रोहितको विचार

समा
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) सँग विभिन्न कालक्रममा लिइएका ५२ वटा अन्तर्वार्ताहरूको सङ्कलित रूप नै ‘समय र विचार’ हो । यसभित्र विशेषतः २०७० देखि २०७६ सम्मका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक दृश्य परिदृश्यमाथि का. रोहितका विचार, दूरदृष्टि, मिहिन विश्लेषण, सटिक टिप्पणी र वैचारिक स्पष्टता अभिव्यक्त भएका छन् । नेमकिपाको विचारमा स्थिरता, परिपक्वता र स्पष्ट अडानको एउटा महत्वपूर्ण प्रमाण पनि यसले प्रस्तुत गर्दछ । नेमकिपाले बारम्बार विचार परिवर्तन गरेन र गर्नुपरेन बरु नेमकिपाले दिएको विचार, लिएको अडान कालान्तरमा सहि प्रमाणित भएका थुप्रै दृष्टान्तहरू ‘समय र विचार’ ले पस्कन्छ । पुस्तकमा राजनीतिक विश्लेषणमात्र होइन का. रोहितको राजनीतिक जीवनका अनुभव तथा भोगाइ पनि समेटिएको छ । राजनीतिक इतिहासको अध्ययनले भन्छ कि का. रोहितको विचार र दृष्टिकोणबाट नेपालको कम्युनिस्ट आन्दोलनले नयाँ उचाइ प्राप्त ग¥यो । राजनीतिक प्रवृत्ति, वैचारिक स्खलनप्रति तर्कसङ्गत र वस्तुनिष्ठ आलोचना यस पुस्तकमा पाइन्छ । क्युवा, प्रजग कोरिया, चीनलगायतका समाजवादी देशहरूमा भइरहेका आर्थिक, सांस्कृतिक उन्नयनमात्र होइन, पुँजीवादी देशहरूले भोग्नुपरेको आर्थिक सङ्कटको चर्चा पुस्तकमा छ । समाजवादी देशहरूमाथिको संरा अमेरिकी साम्राज्यवादी हस्तक्षेप र आक्रमणविरुद्धकोे विरोधसँगै भारतीय विस्तारवाद र एकाधिकार पुँजीको दक्षिण एसियामा बढ्दो हैकमविरुद्ध तथ्यस·त विरोध तथा भत्र्सना पुस्तकले अभिव्यक्त गर्छ । समग्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिमा का. रोहितको दृष्टिकोण र विचार हरेक कार्यकर्ताको निम्ति मार्गनिर्देशक साबित हुनेमा कुनै शङ्का नहोला । का. रोहितका प्रत्येक अन्तर्वार्ताले राजनीतिक कार्यकर्ता, बौद्धिक वर्ग, किसान, मजदुरहरूको चेतनास्तर उकास्न टेवा पु¥याउनेछ । का. रोहितको विचार अध्ययन गर्न मनपराउने हरेकका निमित्त पुस्तक पठनीयमात्र होइन सङ्ग्रहणीयसमेत छ ।
नेमकिपाको सातौँ महाधिवेशनको उद्घाटन समारोहमा सार्वजनिकीकरण गरिएको यस पुस्तकलाई नेपालको राजनीतिक क्षेत्रमा एउटा महत्वपूर्ण योगदानका रूपमा चर्चा गरिनेछ । का. रोहित भन्नुहुन्छ, “सातौँ महाधिवेशन कम्युनिस्ट आन्दोलनको एउटा महत्वपूर्ण हिस्सा हुनेछ ।” नेपालको कम्युनिस्ट आन्दालनको शृङ्खला एवम् इतिहास र नेमकिपाको भूमिकाबारे सत्यतथ्य उजागर यस पुस्तकले गर्दछ । कम्युनिस्ट आन्दोलनलाई बदनाम गर्न जन्मेका नक्कली कम्युनिस्टहरूतर्फ इङ्गित गर्दै का. रोहित भन्नुहुन्छ– “पुँजीवादीहरू कम्युनिस्टको भेषमा कामदार जनता र संसारलाई धोका दिँदै सत्तामा पुगेका छन् ।”
नेपालको कम्युनिस्ट आन्दोलनमा देखिएका खोटा विचारहरूको खण्डनसहित नेमकिपाले नेपालको राजनीतिक क्षेत्रमा माक्र्सवाद – लेनिनवाद र माओ त्सेतुङ विचारधाराको झन्डालाई उँचो पार्दैछ । सबैखाले संशोधनवाद र अराजकतावाद नै सैद्धान्तिक विचलनका रूपहरू हुन् भन्ने प्रस्ट विचार राख्नुहुन्छ का. रोहित । पुस्तकले बताउँछ कि सन् १९१७ को समाजवादी अक्टोबर क्रान्ति सफलतामा पुग्नुअघि र पछि पनि सोभियत सङ्घले संशोधनवादी विचारको सामना ग¥यो । रुसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन भएको विश्लेषण पनि का. रोहितले नै सबैभन्दा पहिले गर्नुभएको थियो । नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खु्रश्चेभहरू, ट्रोट्स्की, वर्नस्टिनहरूलाई का. रोहितले जनताबीच सधैँ उदाङ्ग्याउनुभएको सत्य हो । यसका थुप्रै शब्दचित्रहरू पुस्तकभित्र छन् ।
पुस्तकभित्र का. रोहितको नेतृत्व कौशल, चिन्तनशील व्यक्तित्व र बौद्धिक उचाइ अनुभव गर्न पाठकलाई गा¥हो पर्दैन । वर्तमान नेकपा सरकार किन कम्युनिस्ट होइन । यो सरकार साँचो अर्थमा समाजवादतिर गइरहेको छ कि छैन ? यसको जवाफ अन्तर्वार्ताहरूमा छ । सटिक, तर्कपूर्ण अभिव्यक्तिबाट नेकपालाई गैरकम्युनिस्ट पुष्टि गरिएको छ । भारतले मिलाइदिएका एमाले माओवादी कुनै पनि बेला छुट्टिने र कुनैपनि बेला सरकार ढल्न सक्ने प्रक्षेपण छ । आज पनि नेपालको राजनीतिमा जनताको प्रमुख शत्रु भारतीय विस्तारवाद र एकाधिकार पुँजी एवम् तिनका दलालहरू नै हुन् । तिनले नै नेपाली जनतालाई शासन गर्न नेकपारूपी घोडा फेरेका हुन् भन्ने थुप्रै तर्कहरू प्रस्तुत छन् । काङ्ग्रेसले प्रमुख प्रतिपक्षको भूमिका किन निर्वाह गर्न सकेन ? जवाफ पुस्तकभित्र छ ।
नेमकिपा किन सानोबाट ठूलो बन्न सकेन ? के यो भक्तपुरमा सीमित पार्टी हो ? आमरूपमा विपक्षीले फैलाएका यस्ता हल्लाहरूको प्रत्युत्तर सिङ्गो पुस्तक नै हो । फलाम होइन इस्पातहरू तयार गर्न अथक सङ्घर्ष गरिरहनुभएका अध्यक्ष रोहितको अनुभव र अध्ययनको सार पाइने यस पुस्तक नयाँ पुस्ताका निम्ति वैचारिक खुराक या पोषण साबित हुनेमा दुईमत नहोला । जबसम्म निर्वाचनमा पैसाको बिटो बाँडिन्छ, बाहिरी शक्तिको दबदबा रहन्छ तबसम्म विचार बोकेर जनताबीच पुग्ने नेमकिपाको आकार एक–दुई चुनावले नाप्न सकिन्न । गणतन्त्रका हिमायतीहरू हिजोका पञ्चहरू नै हुन् । नेका, नेकपाभित्रका पञ्चहरूले सधैँ पञ्चायती गणतन्त्रको वकालत गर्नु स्वाभाविक हो । का. रोहित भन्नुहुन्छ, “गणतन्त्र वर्गसापेक्ष हुन्छ । दास युगको गणतन्त्र दास मालिकहरूको थियो । पुँजीवादी गणतन्त्र सबै पुँजीपति वर्गको स्वर्ग हो । समाजवादी गणतन्त्र मात्रै कामदार वर्गको निम्ति साँचो राजनीतिक, आर्थिक, सांस्कृतिक र मानव अधिकार सम्पन्न प्रजातन्त्र हुनेछ ।”
दक्षिण एसियामा भारतीय एकाधिकार पुँजीको प्रभाव, मोदी फासिवादको हैकमविरुद्धको आवाज पुस्तकमा छ । जम्मु काश्मिरमाथिको भारतीय फासीवादी दमनको विरोधसँगै इटालीका मुसोलिनीको फासीवाद, जर्मनका हिटलरको नाजीवाद मोदी सरकार कसरी पछ्याउँदैछ भन्ने स्पष्ट तथ्यपरक प्रमाणहरू प्रकाशमा ल्याइएको छ ।
नेपाललाई स्प्रीङबोर्ड बनाएर चीनतिर प्रहार गर्ने र चीनको ‘एक क्षेत्र एक मार्ग अगुवाइ’ विरुद्ध धावा बोल्ने संरा अमेरिकी सोचविरुद्ध का. रोहितको चिन्तन मननीय छ । भेनेजुयलामा संरा अमेरिकाको ठाडो हस्तक्षेप, ६०–७० वर्षदेखि क्युवा र प्रजग कोरियामा संरा अमेरिकाले थोपरिरहेको आर्थिक नाकाबन्दी, इराक, इरान र लिबियामा संरा अमेरिकाले भड्काएको हिंसा र आतङ्कले संरा अमेरिकी साम्राज्यवाद के हो प्रस्ट्याउँछ । चीनविरुद्ध संरा अमेरिकाले छेडेको व्यापार युद्ध चाँडै सल्टिन्न भन्ने ठम्याइमा पुग्न का. रोहितको विचारले सघाउँछ । अफ्रिका, ल्याटिन अमेरिका र क्यारेबियाली देशहरूमा चीनको बढ्दो मित्रता, व्यापार, आर्थिक र कूटनीतिक सम्बन्ध संरा अमेरिकालाई सह्य नहुनु स्वाभाविकै हो । व्यापार युद्धले निम्त्याउन सक्ने परिणामबारे अध्यक्ष रोहितले पाठकलाई सचेत बनाउनुभएको छ । संरा अमेरिका एसियामा युद्ध थोपर्न उद्दत देखिन्छ । यसका थुपै्र तर्कहरू पुस्तकले पस्केको छ । एसियालाई युद्ध मैदान बनाउने संरा अमेरिकाको योजनाअनुरूप नेपाल उपयोग हुनु हुन्न भन्ने सन्देश पनि छ ।
लेनिनको १४९ औँ जन्मदिवसको अवसरमा लिइएको अन्तर्वार्तामा लेनिन, रुस, अक्टोबर क्रान्ति, लेनिनवाद के हो आदिबारे चर्चा छ । माक्र्सवाद र लेनिनवादको भिन्नता प्रस्ट उल्लेख छ –“माक्र्सवाद पुँजीवादको उत्पत्ति, विकास र पतनको सिद्धान्त हो भने लेनिनवाद पुँजीवादको सबभन्दा माथिल्लो विकसित अवस्था साम्राज्यवादी युगमा सर्वहारा क्रान्ति र सर्वहारा हुकुमको सिद्धान्त र व्यवहार हो ।” लेनिनवादी हुनुको अर्थ के हो भन्नेबारे चर्चा गर्नुहुँदै का. रोहितले कार्यकर्ताहरूलाई सच्चा लेनिनवादी बन्न अभिप्रेरणा दिनुभएको छ ।
माओको १२५ औँ जन्मदिवसको अवसरमा लिइएको अन्तर्वार्ताबाट माओ र चीनको इतिहास चिन्न सघाउँछ । माओको व्यक्तित्व, अध्ययन र नेतृत्व क्षमताबाट सिक्न हौस्याउँछ ।
विश्व सर्वहारा वर्गका महान् गुरु कार्ल माक्र्सको द्विशतवार्षिकीको अवसरमा लिइएको अन्तवार्ताबाट माक्र्सलाई थप बुझ्न सहज बनाउँछ । माक्र्स र एङ्गेल्सद्वारा तयार कम्युनिस्ट घोषणापत्र बुझ्नको लागि सांस्कृतिक स्तरको विकास गर्नुपर्दछ भन्नुहुन्छ का. रोहित । वर्गमुक्तिका निम्ति संसारमै पहिलो पटक सार्वजनिकीकरण भएको कम्युनिस्ट घोषणापत्रको मर्मअनुरूप अघि बढ्ने नै सच्चा कम्युनिस्ट हुन् ।
नेमकिपाको स्थापना दिवसको अवसरमा लिइएको अन्तर्वार्तामा नेमकिपा स्थापनाका आधारहरू केलाइएको छ । पुस्तकले राज्यस्तरद्वारा नेमकिपाविरुद्ध छेडेको षड्यन्त्र ‘भक्तपुर काण्ड’को सम्झना दिलाउँछ । नयाँ कार्यकर्तालाई राजनैतिक विचार र सिद्धान्तले खँदिलो बनाउँदै लानुपर्ने अभिव्यक्ति पुस्तकमा छ । क्रान्तिको निम्ति एउटा ऐतिहासिक युग लाग्ने सत्यबारे कार्यकर्तालाई प्रस्ट पार्न खोजिएको छ ।
पार्टीलाई एक प्राज्ञिक निकेतनको रूपमा विकास गर्ने का. रोहितको ध्येयअनुरूप नेमकिपा अगाडि बढ्दैछ । अध्ययन संस्कृति विकासमा का. रोहितको जोड रहँदै आएको छ । पढ्नै पर्ने पुस्तकको छनोटदेखि लिएर पुस्तक अध्ययनसँग सम्बन्धित जानकारीमूलक अन्तवार्ता पुस्तकमा छ । का. रोहितको अन्य दलका नेताहरूसँगको सम्बन्ध, प्रधानमन्त्रीहरूसँगको सम्बन्ध, एकजना राजनेताको हैसियतमा रहेको छर्लङ्गिन्छ । भारतीय नाकाबन्दीको समयमा सार्वभौमिकता र स्वाधीनता रक्षार्थ नेमकिपाले लिएको अडान पुस्तकले स्मरण गराउँछ । यस्ता थुपै्र सन्दर्भ, घटनाक्रमबारे का. रोहितको धारणाले पुस्तक सुशोभित छ । हरेक दृष्टिले असाध्यै महत्वपूर्ण पुस्तक ‘समय र विचार’ कालान्तरमा पनि एक ऐतिहासिक राजनीतिक दस्तावेजको रूपमा रहनेछ । बुद्धिजीवी, पत्रकार, इतिहासका अध्येता, राजनीतिक कार्यकर्ताका निम्ति का. रोहितको विचार तथा विश्लेषण बुझ्न नपढी नहुने पुस्तकमध्ये यो पनि एक हो ।
यस्तो महत्वपूर्ण पुस्तकका प्रकाशकप्रति आभार । विद्यार्थी जीवनदेखि राजनीतिक क्षेत्रमा सक्रिय रही हजारौँ किसान मजदुरहरूलाई सही बाटोमा हिँड्न अभिपे्ररित गर्नुहुने, समाजवादी विचारका एक अथक योद्धा, निष्ठाको राजनीतिका एक अगुवा तथा पुस्तकका मुख्य नायक का. रोहितप्रति उच्च सम्मान ।
पुस्तकः समय र विचार , प्रकाशकः पत्रकार समाज, नेपाल, मूल्यः ३००।– , पृष्ठ ः २६५

Leave a Reply

Your email address will not be published. Required fields are marked *