भर्खरै :

संरा अमेरिकाको प्रभावमा ¥हासका कारण

संयुक्त राज्य अमेरिका आर्थिक, राजनैतिक र शक्तिको हिसाबले एक–एक पाइला गरेर ¥हासोन्मुख देशको रूपमा पतन हुँदै छ भन्ने एक थरी मूल्याङ्कन गर्छन् भने अर्को थरी हात्ती दुब्लाएर कति नै दुब्लाउँछ र भन्छन् । परिस्थितिमा आएको परिवर्तनले पहिलो अनुमानलाई निम्न कारणले पुष्टि गर्न सकिन्छ –
१) संरा अमेरिका आर्थिकरूपमा ¥हासोन्मुख स्थितिमा भन्नेहरूले सन् १९७० देखि २०१० सम्ममा अर्थात् ४० वर्षमा भियतनामको युद्धबाट फुर्सद नपाउँदै अफगानिस्तान, इराक, लिबिया र सिरिया युद्धको कारण मध्य – एसिया र अरबको तेलबाट नाफा पाउनुभन्दा युद्धै युद्धले अमेरिकी प्रशासन सिथिल भएको देखे । हतियारको व्यापार र तेलको नाफाबाट उसले आफ्नो खर्च धान्न नसक्ने देखिँदैछ । मजदुर आन्दोलनबाट अमेरिका पन्छिन खोजेको हुँदा, अरब, मलेसिया, दक्षिण कोरिया, अस्ट्रेलिया आदि ठूला र साना देशहरूमा विभिन्न उद्योग र सेवा फस्टाउन दिई नाफा हसुर्ने उसले योजना बनायो । तर, त्यो ‘मनको लड्डु’ ले अमेरिकी नाफाको प्यासलाई मेटाउन सकेन । यसकारण बढ्दो तापमानको वृद्धि रोक्न भएको पेरिस सम्झौता, युनेस्को, इरानको आणविक सम्झौता र साम्यवादलाई रोक्न ‘योगदान’ गरेबापत संरा अमेरिकाले नाटो सदस्य देश तथा अमेरिकी सैनिक सहयोग प्राप्त देशहरूसँग तिनको रक्षा बजेटको २–२ प्रतिशत रकम दिन ‘आदेश’ जारी ग¥यो ।
२) खासगरी सन् १९९० पछि अर्थात् सोभियत सङ्घको पतन र उसका आपसी हितका मित्र देशहरूमा पनि पुँजीवादको पुनः स्थापनापछि एक्लो विश्व शक्ति संरा अमेरिकाले अन्यायी युद्धहरू लड्यो । एकपछि अर्को विजय र आर्थिक धक्का खाँदै ४० वर्षभित्र एसिया, अफ्रिका र ल्याटिन अमेरिकामा बदनाम हुँदै जाँदा संरा अमेरिकाको राजनैतिक प्रभाव पनि घट्दै गयो । भारतको मोदी सरकारलाई काखी च्यापेर बिम्स्टेक र हिन्द–प्रशान्त विकास एवम् रक्षाको नारा दिँदै मौनरूपले एक सैन्य गठबन्धनमार्फत एसियामा आफ्नो आर्थिक र राजनैतिक शक्ति कायम राख्ने दुस्प्रयास गर्दैछ ।
अफ्रिका र ल्याटिन अमेरिकी देशहरूसँग चीनको आर्थिक र व्यापारिक सम्बन्धको कारण अमेरिकाले ‘चीनको उपनिवेश कायम गर्ने सोच’, अरूलाई ‘ऋणको पासो’ मा फसाउने डर देखायो । तर, चीनसित राजनैतिक, आर्थिक र कूटनैतिक सम्बन्ध भएका दुवै महादेशका देशहरूले अमेरिकाभन्दा चीन राम्रो व्यापारिक सहयोगी र राम्रो कूटनैतिक सम्बन्ध भएको बताए । अमेरिकाको राजनैतिक दबाब दुवै महादेशमा कमजोर देखियो ।
अमेरिका आत्तिएर अरू देशहरूको चीनसँगको बढ्दो सम्बन्धलाई खुकुलो पार्न खोज्दा पनि अमेरिका सफल देखिएन । यसरी महत्वपूर्ण चारै महादेशहरूमा अमेरिकाको राजनैतिक प्रभाव खस्कँदै गएको प्रस्ट देखिँदै छ ।
३) सोभियत सङ्घको विशृङ्खलता, ‘समाजवादको अस्थायी हार’ र पूर्वी समाजवादी शिविर एवम् म·ोलियामा समेत पुँजीवादको पुनः स्थापनापछि अमेरिका जोडा नभएको एकल महाशक्ति बन्यो । तर, चीन, प्रजग कोरिया, क्युवा, भियतनाम, लावस, कम्बोडिया, एसिया, अफ्रिका र ल्याटिन अमेरिकी केही देशहरूमा स्वतन्त्रता, मुक्ति र समाजवादको भावनाको लहरले अमेरिकी साम्राज्यवादको प्रभाव घट्दै जानु स्वाभाविक छ ।
यसकारण, हिजो जसरी तेस्रो विश्वमाथि साम्राज्यवादी आक्रमण र उपनिवेशवादको पुनः स्थापना गर्ने दुर्भावना सम्भव थियो, त्यस्तो सपना अब पूरा नहुनेबारे सबै अवगत हुँदै गए ।
४) चीनको द्रुतत्तर आर्थिक प्रगतिसँगै एसिया, अफ्रिका, ल्याटिन अमेरिका र युरोपेली देशहरूसँगको व्यापार, प्रविधि एवम् पुँजी लगानीको आदान–प्रदानले चीनको अर्थतन्त्रको विकासमा थप उर्जा प्रदान ग¥यो । अमेरिका र चीनको व्यापार र बढ्दो आर्थिक सम्बन्धले दुवै देशलाई मात्रै होइन अन्य देशहरूलाई ‘जीत–जीत’ को स्थितिमा पु¥यायो । त्यस नीतिले मध्य – एसिया, अफ्रिका र ल्याटिन अमेरिकी देशहरूमा पूर्वाधार विकास अर्थात् बन्दरगाह, सडक र रेलको निर्माण, कृषि र उद्योगधन्दा र सेवाको विकासले ती महादेश र देशहरूको व्यापार र आर्थिक सम्बन्धमा द्रुतत्तर प्रगति ग¥यो । ती देशका खनिज र प्राकृतिक स्रोत–साधनको क्षेत्रमा संरा अमेरिका, यूरोपेली देशहरूमा चीनसमेत देखाप¥यो । यसबाट अमेरिकी आर्थिक क्षेत्रमा देखिएको एकहत्ति खलबलियो ।
५) संसारमा शान्तिपूर्ण आर्थिक विकासको तीव्रतर विकासको आकाङ्क्षाले तुलनात्मकरूपले विश्व शान्तिको सम्भावना बढ्यो, राजनैतिक विप्लव, बलात् सत्ता परिवर्तनका घटनाहरूमा कमी आउँदा अमेरिकाको हतियार व्यापारमा चिताएको प्रगति भएन । तर, युद्ध भएका देशहरू अफगानिस्तान, इराक, लिबिया, सिरिया र अन्य महादेशका स्वतन्त्र देशहरूबाट समेत आफ्नो सेना फिर्ता ल्याउन सकेको स्थिति रहेन ।
६) यूरोपका नाटो देशहरू यूरोपलाई यूरोपले नै रक्षा गर्न सक्छ भन्ने स्थितिमा पुगेका छन् । तिनीहरू अमेरिकी दबाबबाट मुक्त हुन खोज्दै छन् । यसको एक उदाहरण, ठूला – ७ (जी–सेभेन) को बैठकमा बिना कुनै निर्णय ट्रम्प उठेर गएबाट प्रस्ट हुन्छ ।
७) यूरोप र चीनको आर्थिक सम्बन्ध र संरा अमेरिकामै चीनको लगानीबाट समेत अमेरिकाको आर्थिक एकहत्तिमा प्रतिस्पर्धाको अनुभव तड्कारो हुँदै गयो ।
८) आफ्नो ¥हासोन्मुख अर्थतन्त्रलाई जोगाउन संरा अमेरिकाले दक्षिण एसियाको क्षेत्रमा आफ्नो राजनैतिक र आर्थिक प्रभाव पार्दै दक्षिणतिरबाट चीनलाई सैनिकरूपले समेत घेर्ने र उसको अर्थतन्त्रको क्षेत्रमा आफू प्रवेश गर्ने नियतका साथ अगाडि बढ्न चाहेको हिन्द–प्यासिफिक आर्थिक र सैन्य गठबन्धनको प्रयासले प्रस्ट पार्छ ।
९) तर, इतिहासको नियमै छ – सानो ठूलो हुनु, ठूलो एक समयमा आएर ¥हास हुँदै जानु र नयाँ शक्ति उदय हुँदै जानु । बेलायत, फ्रान्स, जर्मनी, रूसपछि अब पालो संरा अमेरिकाको देखिँदै छ । कहिलेकाहीँ अनेक प्राणी आफ्नै ठूलो शरीर आफैलाई भार हुँदा समसानमा पुग्ने गर्छन् । यही दशा अब संरा अमेरिकाले व्यहोर्दै छ ।
१०. संरा अमेरिकाले नेपालमा समेत हिन्द–प्रशान्त सैनिक गठबन्धनको केन्द्र बनाउने प्रस्ताव अगाडि सा¥यो । यसको अर्थ हो – नेपाललाई अफगानिस्तान बनाउन, भारतलाई पाकिस्तानजस्तै छिमेकीको युद्धको बाछिटामा घचेट्न र सोभियत सङ्घलाई अफगानिस्तानमा फसाएर विशृङ्खलित गरेजस्तै चीनमा विभाजन ल्याउनु ।
यो ठूलो अमेरिकी कुटिल व्यूह रचना अमेरिकी साम्राज्यवादको आफ्नो एकध्रुवीय प्रभुत्व संसारमा कायम राख्ने असफल प्रयासमात्रै साबित हुनेछ । ऊ जति लामो जाल फैलाउँदै जानेछ, उति नै उसको अन्तिम दिन पनि नजिकिँदै जानेछ । हो त, अस्ताउने सूर्यको प्रकाशमा वस्तुको छाया पनि लामो हुँदै जानेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *