भर्खरै :

वाचुत्वमा बृहत् महिला भेला

वाचुत्वमा बृहत् महिला भेला

भक्तपुर, ७ असोज । भनपा ७ वडा वाचुत्व खँचा छोरी समूहको आयोजनामा चौथो वार्षिक कार्यक्रम तथा भक्तपुर काण्डको भत्र्सना कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रममा समूहका सल्लाहकार नारायणबहादुर दुवालले नेमकिपाको बढ्दो लोकप्रियता देखेर तत्कालीन जनविरोधी पञ्चायती व्यवस्थाले २०४५ साल भदौ ९ गते राज्यस्तरको षड्यन्त्र रचेर अध्यक्ष रोहितलगायत ६७ जना नेता कार्यकतालाई जन्मकैद र सर्वस्वहरणको मुद्दा राखी सोझा सिधा भक्तपुरवासीलाई अनेक किसिमको दुःख दिई पार्टीलाई समाप्त पार्ने दुष्प्रयास गरेको बताउनुभयो । उहाँले पुँजीवादी सरकारले भक्तपुर काण्डजस्तै फेरि अरु षड््यन्त्र गर्न सक्छ, त्यसैले जनता सतर्क र सचेत हुनुपर्छ भन्नुभयो ।
नेक्रामहिलासङ्घ नगर समितिका अध्यक्ष रामेश्वरी कोजुले भक्तपुर काण्डमा नेमकिपाका नेता कार्यकता तथा युवाहरूलाई जेलमा लगी यातना दिएको, भूमिगत बस्न बाध्य भएको भक्तपुरमा त्रासको वातावरण र नाकाबन्दीजस्तो भएको बताउनुभयो ।
स्थानीय बद्रीराम छुस्याबागले २०४५ सालमा हामीले भूकम्पको क्षति मात्र होइन त्योभन्दा ठुलो क्षति भक्तपुर काण्डबाट भोगेको र आर्थिक, सामाजिक, भौतिक क्षति व्यहोर्नु परेको बताउनुभयो ।
उहाँले, काम गरी खाने जनताको पक्षमा उभिएको नेपालभाषा साहित्य तःमुंज्या भव्य र सभ्य रूपमा सफल गर्न सबैले आर्थिक, भौतिक र नैतिक सहयोग गर्न अपिल गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *