सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ३
- असार १४, २०८३
भागवत प्रधान
हाम्रो देश नेपाल बहु–भाषिक, बहु–धार्मिक, बहु–सांस्कृतिक, बहु जातीय तथा भौगोलिक विविधतायुक्त देश हो । यहाँ हरेक जातजातिहरूको आफ्नै भाषा, संस्कृति तथा सभ्यता रहेको छ । पश्चिममा खस, गुरुङ मगर, मध्यमा नेवार, तामाङ, पूर्वमा किराँत, मङ्गोल, मधेसी, थारू, मुस्लिम आदिहरूको आफ्नै मौलिक भाषा रसांस्कृतिक सभ्यता रहेको छ ।
त्यसैगरी यस ठिमी पनि किराँती, लिच्छवि हुँदै मल्लकालीन संस्कृति र सभ्यता बोकेको प्राचीन थलो हो । किरातकालमा यस स्थानलाई थेमृइं भनिन्थ्यो । लिच्छाविकालमा राजा नरेन्द्रदेवका सन्तानले राज्य गरिसकेका र मल्ल कालमा भक्तपुर राज्यको एक अभिन्न अङ्गको रूपमा रहेको यस ठिमी सहरमा प्रधानहरूद्वारा प्रशासन चलाइन्थ्यो । ठिमी सहर, संसारमा नै नपाइने आदित्य, मौलिक कला सीपले निर्माण गरिएको देवी देवताका मूर्तिहरू, मन्दिरहरू, विहार, पाटी, पोखरी, मौलिक संस्कृति, जात्रा, पर्व तथा कल्कलाउँदा प्राचीन प्राकृतिक नदीहरूले भारिएको छ । आजसम्म यहाँका बासिन्दाहरूले प्राचीन माटाका भाँडाकँुदा बनाउने जस्ता मौलिक सीपहरूलाई जीवन्तता दिने कार्य गरिरहेका छन् । यसलाई हामीले सम्पदाको रूपमा लिनसक्दछौँ । यस्ता प्राचीन मौलिक सीपहरू संरक्षण गर्नु अपरिहार्य छ । विकसित सभ्यताको नमुना नै यस्ता संस्कृति तथा सम्पदाहरू हुन् ।
पक्कै पनि यस्ता मूर्त –अमूर्त सम्पदा भनेका कुनै व्यक्तिका पूर्वजहरूले तथा समुदायले आफ्नो भावी पुस्ताको को लागि निर्माण गराएका हुन्छन् । कुनै समुदाय तथा व्यक्तिको मात्र नभई यस्तो अमूल्य सम्पदा राष्ट्रको नै सम्पति हो । व्यक्ति, समुदाय तथा राष्ट्रको नै पहिचानको आधार भनेको यस्तै भौतिक – अभौतिक तथा प्राकृतिक सम्पदाहरू हुन् । यस्ता सम्पदा राष्ट्रको अमूल्य गहना तथा निधि हुन् ।
यस्ता सम्पदाले गर्दा हाम्रो देशलाई सम्पदाको धनी देश भनेर विश्वमा परिचित गराएको छ । यस्तै प्राचीन संस्कृति तथा सांस्कृतिक धरोहरहरू हेर्न संसारका मानिसहरू हाम्रो देशमा आउँछन् । नेपाललाई आज यस्तै सम्पदाले गर्दा संसारकै प्रमुख पर्यटकीय गन्तव्य बनाएको छ । यसले नेपालमा पर्यटन व्यवसाय विकासमा तथा देशको आर्थिक समृद्धिमा विशेष टेवा पु¥याएको छ । देशको विद्यमान अवस्था हेर्दा पर्यटन क्षेत्रलाई नै देशको प्रमुख आर्थिक स्रोतको रूपमा तथा आर्थिक समृद्धिको लागि मेरूदण्डको रूपमा लिन सकिन्छ ।
यस्ता गौरवमय सम्पदाहरू संरक्षण गर्ने जिम्मेवारी राज्य तथा सरकारको भए तापनि यस्ता सम्पदाहरू सत्ता र शक्तिको आडमा दलाल भू–माफिया, भ्रष्ट कर्मचारीहरूको मिलेमतो तथा सरकारले नीतिगतरूपमा नै नष्ट गर्दै छ ।
हालै राज्यले सुनधारामा रहेको नेवार समुदायको मृत्यु संस्कारसँग जोडिएको सांस्कृतिक मार्ग नै अतिक्रमण गरी आधुनिक व्यापारिक भवन बनाउँदै छ । फास्ट ट्रयाकको नाममा ऐतिहासिक बस्ती उजाडिँदै छ । सडक विस्तारको नाममा सम्पदा नष्ट गरिंदै छ । उपत्यकाका नेवार समुदायको संस्कृति तथा सभ्यताको चिहान बनाउने कार्य यस सरकारले गर्दै छ ।
यही ठिमीको सांस्कृतिक धरोहर कमलपोखरी पनि भूमाफियाद्वारा अतिक्रमण गरिएको थियो । तर, यहाँकै सचेत तथा जागरुक स्थानीय, स्थानीय संस्थाहरू साथै विशेषतः नेपाल मजदुर किसान पार्टीको साथ र सहयोगले गर्दा पोखरी संरक्षण गर्न सफल भएको छ । यस्ता पोखरीहरू हाम्रो संस्कृतिसँग जोडिएको छ । संस्कृतिलाई जीवन्त राखेमात्र जातीय अस्तित्व कायम रहने हुन्छ ।
जसरी ठिमीका स्थानीयहरूले ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्वको अतिक्रमित कमलपोखरी संरक्षण गर्न सङ्घर्ष गर्नुभयो त्यसरी नै हामीले पनि सत्ता र शक्तिको आडमा ठमेलस्थित ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्वको स्थानीयहरूको धर्म, परम्परा, संस्कृति तथा सभ्यतासँग जोडिएको कमलपोखरी अतिक्रमण गरी निर्माण गरिएको छायादेवी कम्प्लेक्सविरुद्ध त्यस पोखरी संरक्षण गर्न सङ्घर्षरत छौ ।
यस्ता गौरवमय सम्पदाहरू संरक्षण गर्ने जिम्मेवारी राज्य तथा सरकारको भए तापनि यस्ता सम्पदाहरू सत्ता र शक्तिको आडमा दलाल भू–माफिया, भ्रष्ट कर्मचारीहरूको मिलेमतो तथा सरकारले नीतिगतरूपमा नै नष्ट गर्दै छ ।
हालै राज्यले सुनधारामा रहेको नेवार समुदायको मृत्यु संस्कारसँग जोडिएको सांस्कृतिक मार्ग नै अतिक्रमण गरी आधुनिक व्यापारिक भवन बनाउँदै छ । फास्ट ट्रयाकको नाममा ऐतिहासिक बस्ती उजाडिँदै छ । सडक विस्तारको नाममा सम्पदा नष्ट गरिंदै छ । उपत्यकाका नेवार समुदायको संस्कृति तथा सभ्यताको चिहान बनाउने कार्य यस सरकारले गर्दै छ ।
कमपोखरीको परिचय
ठमेलस्थित लिच्छविकालीन भगवान बहाल जसलाई विक्रमशील महाविहार पनि भनेर चिनिन्छ । विहारको धर्म, संस्कृति परम्परासँग जोडिएको विहार निर्माणको क्रममा निर्मित कमलपोखरी जुन पोखरीबाट कमलको फूल टिपी विहारको भगवानलाई दिनहँु चढाई नित्य पूजा गर्ने, पोखरीको पानीले विहारको भगवानलाई नित्यस्नान गरिने तथा त्यस पोखरीको डिलमा स्थानीयहरूले स्राद्धको पिण्ड सेलाउने परम्परा थियो । यस पोखरी संरक्षण गर्न हरेक साल भिन्नाभिन्नै विहारको गुठीसँग सम्बन्धित व्यक्तिलाई रु.१२५ मा ठेक दिने परम्परा थियो ।
सन् १९७७ मा तत्कालीन श्री ३ महाराज चन्द्रशमशेर राणाका छोरा रोलवाला जनरल केशरशमशेरले जबरजस्ती आफ्नो कम्पाउण्डभित्र पारे । पोखरी प्रयोग गरेबापत विहारको गुठीलाई १२५ दिने गरियो । विहारको गुठी सहेर बस्न बाध्य भयो ।
केशरशमशेरको देहान्तपछि छोरा केयुरशमशेरले पोखरीको केही भाग नष्ट गरी धर्म किर्ति संस्कृति परम्परा नास गर्ने कार्य गर्दा विहारका गुठीले पटक – पटक आग्रह गर्दा सत्ता र शक्तिले मात चढेका केयुर शमशेरले मानेन र धर्म कीर्ति रक्षाको लागि २०२७ मा विहारको गुठीले धर्म, संस्कृति, परम्परा लोप हुन नदिन केयुरशमशेरविरुद्ध मुद्दा दायर गर्दा साविक पोखरीको दिल कायम गरी गुठीको नाममा नै दर्ता गर्ने भन्ने सर्वोच्चले मिलापत्र गरेको देखिन्छ ।
२०३३ मा सहरी क्षेत्रको नापी हुँदा पोखरी कित्ता नं. १६७ मा परियो र साविक २६.५ रोपनी पोखरी घटाएर १२–१३–२–२ मा सीमित गरी बाँकी हड्पियो ।
२०३३ को नापी शाखामा रहेको फिल्डबुकमा हालसम्म सार्वजनिक पोखरी कायम नै छ । पोखरी १२–१३–२–२ रोपनी जनिएको छ ।
२०३९ मा दर्तावाला नं. जोताहा मोही नै कायम हुने राज गुठीको, गुठी तैनाथी पोखरीमा आफूलाई दर्तावाला मोही कायम गरी हतार हतार २०३३ को गुठी ऐनले दर्तावाला मोहीको हक अधिकार खारेज गरी सके तापनि सत्ता र शक्तिको आडमा पोखरीको कित्ताकात गरी ३ कित्तामा विभाजन गरी कित्ता नम्बर १६१६ सुधा पौड्याललाई ०–६–०–० र कित्ता नम्बर १६१७ बिना पौड्याललाई २–१०–०–० राजिनामा गरेको देखिन्छ । बाँकी कित्ता १६१८ आफ्नै नाममा पारेको देखिन्छ ।
२०४२ को गुठी संस्थानको कार्यालयमा रहेको फिल्डबुकमा सार्वजनिक पोखरी नै कायम छ ।
२०४४ मा नै तत्कालीन श्री ५ को सरकारले ठमेल, कित्ता नं. १६७ को पोखरी सरकारी सार्वजनिक कायम गरिसकेको मालपोत कार्यालयमा रहेको स्रेस्ताले पुष्टी गर्दछ ।
केयुरशमशेरको देहान्तपछि श्रीमती अम्बिका राणाले अतिक्रमण गरिएको स्थान पोखरी होइन भनी देखाउन पोखरी नै होइन पोखरी नाम गरेको जग्गा भनी गुठी संस्थानमा निवेदन दिएर र पोखरी शब्द हटाई सिम किसिमको जग्गा भनी पोता तिरी व्यक्तिगत प्रभावमा आफ्नो नाममा २०४४ ताका नामसारी गरेको देखिन्छ । पोखरी शब्द हटाउनुको कारण पोखरीमा मोही कायम नहुनु हो । बिना र सुधाको आफ्नो दाजु शंकरप्रसाद शाहको नाममा नामसारी गरेको देखिन्छ । राणा परिवारबाट पोखरी हत्याउन पटक – पटक जालसाझ गरेको देखिन्छ ।
यसरी नै २०४७ मा व्यक्तिगत प्रभावमा उक्त कित्ता नं. १६१६, १६१७ र १६१८ को पोखरी रैतानीमा परिवर्तन गरेको देखिन्छ ।
२०४७ मा नै यस्तो गलत कार्य भएको देखि २०३३ को मिलापत्रबमोजिम र गुठी संस्थान ऐनको आधारमा गुठी संस्थानद्वारा रैतानी बदर गरी पोखरीलाई सिम किसिमको जग्गा जनाई कुट लिने गुठियार तथा गलत कार्य गर्ने गुठी संस्थानका तत्कालीन पदाधिकारीहरूलाई कारबाही गर्न पत्र पठाएको देखिन्छ ।
गुठी संस्थानको रैतानी बदर निर्णयविरुद्ध अम्बिका रानालगायतले गुठी संस्थानउपर जिल्ला अदालतमा मुद्दा दायर गर्दा जिल्ला अदालतमा गुठी संस्थानलाई सदर गरी पुनरावेदनमा सत्ता र शक्तिको आडमा गुठी संस्थानको निर्णय बदर गरेको देखिन्छ । यत्तिकैमा मुद्दाको किनारा लागेन । २०५५ मा विहारका गुठीका गुठियारहरूले अम्बिका राणालगायतलाई जिल्ला अदालतमा मुद्दा दायरा गरेको देखिन्छ । मुद्दा कुनै पनि हालतमा नजित्ने देख्दा अम्बिका राणाद्वारा मुद्दा हाल्ने केही गुठियारलाइ प्रलोभनमा पारी सम्पूर्ण हकदाबी छोड्ने र त्यसको बदलामा गुठीलाई १ करोड पचास लाख रुपैयाँ र चार आना जग्गा दिने गरी २०६२ मा जिल्ला अदालतमा गुठी संस्थानको नै रोहबर र जानकारी बिनामिलापत्र गरेको देखिन्छ ।
बिहारको गुठी राज गुठी भएको कारणले गर्दा गुठियारहरूलाई गुठी संस्थान ऐन २०३३ अनुसार विहारको चल अचल सम्पत्ति लेनदेन गर्ने, बेचबिखन गर्ने मिलापत्र गर्ने, वैधानिक अधिकार छैन । उक्त ऐनअनुसार गुठियारहरूको सम्पूर्ण हक अधिकार गुठी संस्थानमा सरिसकेको छ । तसर्थ, हकविहीन गुठियारहरूले गरेको मिलापत्र गैरकानुनी ठहर्छ ।
वास्तविक सरोकारवाला तथा हकवाला गुठी संस्थानले यस मिलापत्र विषयमा आफ्नो संलग्नता नभएको जनाएको छ ।
यस दूषित मोहियानी र दर्ताको आधारमा नाटकीयरूपमा षड्यन्त्रमूलक तवरमा आफू आफूबीचमा उक्त पोखरी नामसारी गरेको देखिन्छ ।
२०६२ मा मिलापत्र गरिसकेपछि २०६३ मा कित्ता नं. १६१८ कित्ता न. २४१२ मा परिवर्तन गरी अम्बिका राणाको आफ्नै हाउजिङ सुरेशाय कम्पनीको नाममा नामसारी गरेको देखिन्छ । २०६४ सालमा दाजु शङ्कर शाह र बहिनी अम्बिका राणाको हाउजिङ कम्पनीको नाममा नामसारी गरेको पोखरी आफ्नो नातेदार हिमालय शमशेरको छोरी पृथ्वीबहादुरको श्रीमती प्रतिमा पाण्डेको नाममा नामसारी गरेको देखिन्छ । २०६५ मा उक्त पोखरी प्रतिमा पाण्डेबाट पृथ्वीबहादुर पाण्डे समूहद्वारा सञ्चालित व्यापारिक भवन छायाँदेवी कम्प्लेसको नाममा नामसारी गरिएको देखिन्छ ।
यसपछि पोखरी नस्ट गरी व्यापारिक भवन छायाँ सेन्टर बनाउन थालनी गरेको देख्दा भवन बन्नु अगाडि २०६९ मा नै स्थानीय साथै गुठीसँग सम्बन्धित व्यक्तिद्वारा सो कार्य नहुन दिन बृहत् विरोध प्रदर्शन साथै जिल्ला अदालतमा मुद्दा दायर गरे । पोखरी संरक्षण हेतु आदिवासीहरूको मानव अधिकरको लागि वकालत गर्ने संस्था लहुर्निपबाट र अधिवक्ता दीपकविक्रम मिश्रबाट २०७१ मा सर्वोच्चमा रित निवेदन हालियो ।
स्थानीय गुठीसँग सम्बन्धित व्यक्तिले हालेको मुद्दामा छायाँदेवी कम्पलेक्सलगायतले जिल्ला अदालतमा र पुनरावेदनमा हरायो भने सर्वोच्चमा स्थानीय गुठीसँग सम्बन्धित व्यक्तिकै हकमा जिल्ला र पुनरावेदन अदालतले गरेको निर्णय प्रतिकूल त्रुटिपूर्ण छ भनी उक्त मुद्दा दोह¥याउन पाउने गरी निस्सा जारी गरिएको छ । मुद्दाको किनारा नलागेको अवस्थामा नै बलजफती यस व्यापारिक भवन सत्ता र शक्तिको आडमा बनाइयो ।
यस मुद्दाको २०७३ मा निस्सा दिएपछि पेसी राखिएको छैन हाल दुईपटक पेसी स्थगित गराइएको छ ।
यसैबीच पटक पटक आन्दोलनका कार्यक्रमहरू गरिए । पछिल्लो पटक गरिएको अभियान तथा आन्दोलनको कार्यक्रममा उपत्यकाका तिनै सहरका विभिन्न सङ्घ संस्था तथा जनसमुदायको उल्लेखनीय उपस्थित तथा सहयोग प्राप्त भयो । त्यस कार्यक्रममा नेपाल मजदुर किसान पार्टीबाट जुन साथ र सहयोग प्राप्त भयो त्यसले काठमाडौँका संस्कृति सम्पदा संरक्षण गर्न लागिपरेका तथा काठमाडौँ वसीहरूलाई सांस्कृतिक धरोहरहरू संरक्षण गर्न झन् उत्साह तथा प्रेरणा मिलेको छ ।
भक्तपुरले त्यहाँ रहेका मठ, मन्दिर, देवालय, पोखरी, संस्कृति, चाडपर्व, जात्राहरूलाई संरक्षण गरेर एक उदाहरणीय काम गरेको छ । सम्पदा संरक्षण, संवद्र्धन प्रवद्र्धन कार्यमा भक्तपुर अगाडि देखिन्छ । आज संस्कृति, सम्पदाको संरक्षणको को कुरा चल्यो कि भक्तपुरको नाम लिने गरिन्छ । हाम्रो देशको पहिचानलाई भक्तपुरले थामेको मैले महसुस गरेको छु ।
हामी सबैको सास्कृतिक धरोहर ठमेलस्थित कमलपोखरी संरक्षण अभियानमा साथ दिनु हुन हामी आदरणीय ठिमीका जनसमुदायप्रति विनम्र अनुरोध गर्दछौँ ।
(प्रधान काठमाडौँको कमलपोखरी संरक्षणमा सक्रिय सम्पदाप्रेमी हुनुहुन्छ । मध्यपुर थिमिको तुलंननीमा मङ्गलबार सम्पन्न २१ औँ विविध भाषा साहित्य सम्मेलनमा व्यक्त मन्तव्यको सार–सङ्क्षेप)
Leave a Reply