भर्खरै :

टर्कीमा राष्ट्रपत्तीय बन्दोबस्त

इर्दोगन
इस्तानबुल,अप्रिल १६ । टर्कीका राष्ट्रपति रेशेप तायिप इर्दोगनले आइतबार राति प्रस्तावित संवैधानिक संशोधन त्यहाँ सोही दिन भएको जनमतसंग्रहबाट स्वीकृत भएको घोषणा गरेका छन् । अनुमोदित संविधान संशोधनसँगै टर्कीमा राष्ट्रपति बन्दोबस्त लागु भएको छ । इस्तानबुलबाट टेलिभिजन सम्बोधनमा बोल्दै इर्दोगनले २ करोड ५० लाख जनताले संशोधनको पक्षमा र १३ लाख जनताले विपक्षमा मतदान गरेको जानकारी दिए ।
टर्कीको संविधानका १८ वटा धाराहरुमाथि भएको जनमत संग्रहले संसदीय बन्दोबस्तलाई परिवर्तन गरेर राष्ट्रपत्तीय बन्दोबस्त हुने गरी संशोधन गरेको हो ।
टर्कीको प्रमुख विपक्षी दल गणतन्त्र जनता पार्टी सो प्रस्तावको विपक्षमा मतदान गरेको हो ।
गणतन्त्र पार्टीले जनमत संग्रहमा धाँधली भएको आरोप लगाएको छ । मत परिणामको विपक्षमा आइतबार राति नै इस्तानबुललगायत विभिन्न जिल्लाहरुमा विरोध प्रदर्शन भएको थियो ।
तर सन् २०१९ देखि मात्र टर्कीमा राष्ट्रपत्तीय व्यवस्था लागु हुनेछ । इर्दोगनको कार्यकाल त्यही बेला सकिनेछ र नयाँ राष्ट्रपतिको लागि नयाँ चुनावदेखि मात्र त्यो प्रावधान लागु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *