भर्खरै :

देश जोगाउने काममा सरकार असफल

– गोपाल नगरकोटी
स्वाधीन र सार्वभौम मुलुक बनाउन देशभक्त दलको खाँचो छ । देशभक्त दल नै देशलाई स्वाधीन र सार्वभौम बनाउन सङ्घर्षरत हुन्छ । कुनै पनि देशबाट हुने आक्रमण, नाकाबन्दी, हस्तक्षेपको विरोध नगर्ने दल देशभक्त हुनसक्दैन । त्यस्तो दल कम्युनिस्ट त झनै हुँदैन । आफूलाई प्रजातन्त्रवादी, जनवादी भन्ने दलले देशमा पटक–पटक शासन गरे । शक्तिशाली र देशको नेतृत्व निरन्तर गरिरहने सत्तासीन र ठूला दलले नेपालको सीमा बचाउन सकेनन् । अतिक्रमित भूमि फिर्ता लिन सकेनन् । तिनै सत्तासीन दल आर्थिक र विकासको लोभमा कुनै देशको आँखा चिम्लेर समर्थन र विरोध गर्ने काममा लागे । सरकारको नेतृत्व गर्ने तर देशको भूमि बचाउन कहिल्यै पहल नगर्ने सरकार गिर्दो, कमजोरमात्र होइन, किंकर्तव्यविमूढ बनिरहेको छ । यो विडम्बनाको कुरो हो ।
तिनै दलका शासक र नेताहरू सत्तामा बसेर देशको राजस्वमा रजाइँ गर्छन् तर देश जोगाउने प्रयास गर्दैनन् । देश जोगाउन सत्तारूढ दलले कूटनीतिक प्रयास गरेका भए, अतिक्रमित भूमि फिर्ता लिन पहल गरेका भए नेपाली भूमि अतिक्रमित हुने थिएन, भारतले सीमा स्तम्भ नेपालमा सारेर नेपाललाई साँगुरो बनाउने छैन । नेपाल सरकारको यही गैरजिम्मेवारीले गर्दा भारतले नेपाली भूमिमा परेड खेलिरहेको हो र एकपछि अर्को भूमि मिच्दै विस्तारवादी नीति अ·ालिरहेको हो । कम्युनिस्ट पार्टी भनिने वर्तमान सरकारले भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको किन विरोध गरेन ? किन भारत र अमेरिकाको अगाडि नेपाल सरकार लम्पसार पर्छ ? सरकारको नेतृत्व गर्नुको अर्थ के अरू शक्तिशाली देशको उठवसमा चल्नु हो ? अरू देशको उठवसमा बसेर सुखी नेपाली र समृद्ध नेपाल कसरी हुन्छ ? पटक–पटक सरकारको नेतृत्व गर्ने नेका, एमाले, माओवादी र नेकपा वास्तवमै देश र जनताप्रति समर्पित छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *