नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
– दीनबन्धु अर्याल
नेपाल सरकार भारतको भर र उठबसमा रहुञ्जेल नेपालमाथिको भारतीय हस्तक्षेप, अतिक्रमण र दबाब रोकिने छैन । भारतीय पक्षले नेपाली भूमि पटकपटक मिचे पनि अतिक्रमण गरे पनि नेपाल सरकार संवेदनशील नभएको हुँदा दसकौँदेखि भारतले नेपाली भूमि मिचिरहेको हो । नेपाली भूमि नेकाको सरकारले जोगाउन सकेन, एमाले, माओवादी र नेकपाको सरकारले पनि जोगाउन सकेनन् । भारतले नेपाली भूमि पटकपटक मिचेर आफ्नो देशमा गाभ्ने कार्य गरेकै आधारमा नेमकिपाले भारतलाई भारतीय विस्तारवाद भनिरहेको हो । भारतले पाँच दसकअघि नै नेपालको सुस्ता मिचेको थियो । त्यसबेलै नेमकिपाले सुस्ता अतिक्रमणको विरोधमा जुलुस प्रदर्शन तथा सभा राखेर विरोध गरेको थियो । नेपाली भूमि अतिक्रमणको विरोधमा नेमकिपा अग्रस्थानमा छ ।
भारतले छिमेकी देश नेपालमा मात्र भूमि अतिक्रमण गरेको होइन । भारतले सिक्किम कब्जा ग¥यो । जम्मु काश्मीरमा पनि भारतले हस्तक्षेप ग¥यो । यस्तो हस्तक्षेप नेपालमा बारम्बार भइरहेको छ । नेपालको कालापानी क्षेत्र भारतको बनाउने पछिल्लो दुस्प्रयास भारतद्वारा तयार गरिएको राजनीतिक नक्सा हो । सरकार केवल सत्ता टिकाउन, सरकारको आयु लम्ब्याउन र विदेशी शक्ति राष्ट्रलाई खुसी बनाएर आशीर्वाद, तक्मा पाउने लोभले पनि नेपाली भूमि सुरक्षा गर्नेतर्फ सरकारको ध्यान गएको छैन । यसतर्फ सरकारले पहल गरेकै छैन ।
नेपाली भूमि नेपालको हो भन्न नसक्ने या भन्न डराउने सरकारले देश जोगाउला भन्ने विश्वास कसरी गर्ने ? उम्मेदवार बनाउन, मन्त्री बन्न तँछाडमछाड गर्ने, पदको भागबन्डामा मरिमेट्ने सत्तारुढ दलका नेता र मन्त्रीहरूलाई नेपाली भूमि सुरक्षा गर्न भ्याइएन । जसरी भए पनि दल ठूलो बनाउने, सरकारमा जाने र राज्यकोषमा दाइँ गर्न पल्केका सत्तारुढ नेता र मन्त्रीहरू देशभक्त बनेनन् । नेपाल सरकार कहिलेसम्म भारतको छत्रछायाँमा रहेर अघि बढिरहने हो ? नेपाल र नेपालीभन्दा भारतीय शासक वर्गको पक्षमा सन्धि गर्ने, सहमति गर्ने सरकारकै गैरजिम्मेवारीका कारण नेपाल कुनै दिन विलय हुने त होइन ? चिन्ताको विषय बनेको छ ।
Leave a Reply