भक्तपुर नगरपालिकाको २० औँ नगरसभामा नगर प्रमुख सुनिल प्रजापतिद्वारा प्रस्तुत आ.व. २०८३/८४ को नीति तथा कार्यक्रम
- असार ७, २०८३
नेपालमा युवा जनशक्तिको हिसाबमा जनसाङ्ख्यिक मुनाफा (डेमोग्राफिक डिभिडेन्ट) छ । १६ वर्षदेखि २५ वर्षका करिब २१ प्रतिशत र १६ वर्षदेखि ४० वर्षका युवा करिब ४१ प्रतिशत छन् । आसन्न उपनिर्वाचनको परिणामले युवाको मन मापन गर्न सकिन्छ । कुन सिद्धान्तले विजय पाउला ? वैज्ञानिक समाजवादी पक्षधर वा पुँजीवादी ?
युवा को हो भन्ने उमेरभन्दा उसको चिन्तन र दृष्टिकोणसँग सम्बन्धित विषय हो । अङ्ग्रेजीमा एउटा भनाइ छ, “उमेर भनेको मात्र सङ्ख्या होइन, परिपक्वता मुख्य हो ।” युवाले अग्रगामी सोच राख्छन् या राख्दैनन् ? प्रगतिशील विचार नबोकेको युवाले समाजमा ठोस योगदान गर्नसक्दैन । सक्रियता, नयाँ चिन्तन, सामूहिक भावना आदि नै युवापनको आधार मान्न सकिन्छ । उमेरले पाको भए पनि सक्रिय जीवन जिउने मानिस युवा नै ठहरिन्छ । ‘शरीर बुढो भए पनि मन जवान’ । हाम्रो पुर्खाको दर्शन छ । निर्वाचनमा भाग लिने युवाहरूले कस्तो खालको निर्णय गर्लान् भन्ने उत्सुकता मेट्न अब केही दिन हेर्न बाँकी छ ।
युवा हुन सञ्चारमा सक्रियता आवश्यक छ । सञ्चारको क्षेत्रमा भने युवामा युगसापेक्ष सक्रियता भेटिन्छ । सामाजिक सञ्जालले युवालाई सक्रिय त बनाएको छ, तर उपलब्ध वा प्राप्त सूचना साँचो र झूटो के हो भन्ने पर्गेल्ने क्षमतामा भने शङ्का गर्ने धेरै आधार छन् । अबको युवाले भ्रमपूर्ण प्रचारको पछाडि लाग्नु गलत हुनेछ । कुनै पार्टी वा उम्मेदवारका गुलिया, रसिला, चिल्ला र उत्तेजित पार्ने भाषण नै मतदान गर्ने आधार भयो भने परिणाम फेरि प्रतिगामी हुनसक्छ । विचार र काममा तादात्म्य छ या छैन ? हेर्नु जरूरी छ ।
प्रजातन्त्रमा उम्मेदवारले पार्टीअनुसारको नीति, योजना वा विचार अगाडि सार्छ । पार्टी नचिनी व्यक्तिमात्र चिनेर पुग्दैन । पार्टीकै नीतिनिर्देशनअनुसार व्यक्तिले हरेक पाइला चालेको हुन्छ । त्यसैले पार्टीका सिद्धान्त तथा आदर्शको पहिचान गर्नु नै मतदाताको पहिलो काम हो ।
नेपाली काङ्ग्रेस धनी र पुँजीपतिहरूको वर्ग स्वार्थको निम्ति स्थापित पार्टी हो । नेकपा नामले कम्युनिस्ट तर काममा नेपाली काङ्ग्रेसकै साख्यै भाइ हो । उनीहरूको वर्गआधार एउटै छ । पुँजीवाद यी दुवै शासक दलहरूको सैद्धान्तिक आधार हो । पुँजीवादी राज्यसत्तामा बस्ने सबै पुँजीवादी पार्टी नै हुन्छन्, त्यसो होइन भन्नु छलमात्र हो ।
पुँजीवादी सरकार भन्नु पुँजीपति वर्गको सञ्चालक समिति मानिन्छ । पुँजीपति वर्गको निम्ति पुँजीपति वर्गले सञ्चालन गर्ने राज्यसत्ता नै पुँजीवादी राज्यसत्ता हो । मजदुर वर्गको रगत–पसिनाको शोषण गरी पुँजीपतिले नाफाको विस्तार गरेको हुन्छ । नाफाको स्वतन्त्रता, उदारीकरण, स्वतन्त्र बजार, नउदारवाद र निजीकरणका सिद्धान्त पुँजीवादी सिद्धान्त हुन् । यसर्थ पुँजीवाद मजदुर वर्गविरोधी सिद्धान्त हो ।
साँचो कम्युनिस्ट पार्टीले पुरानो राज्यसंरचना ध्वस्त पार्छ र नयाँ राज्यसंयन्त्र बनाउँछ । पुँजीवादी फोहरको आहालमा डुबेर नेकपाका नेताहरूले चोखो छु भन्नु नाङ्गा नाचे हजार दाउबाहेक अरू हुनसक्दैन । नेकपाका ‘सर्वाङ्ग नाङ्गो बादशाह’ हरू मख्ख छन्, ‘नयाँ लुगा’ पाएकोमा । अब ‘बादशाहको नयाँ लुगा’ को भ्रमजाल चिरिँदै छ, अब सत्य बोल्ने ‘बालक’ हरूको लस्कर आउँदै छ ।
Leave a Reply