के शासक दलहरूको ‘कोर्ट’ मा नेपालको सार्वभौमिकता सुरक्षित होला ?
- असार ९, २०८३
गोरख पाण्डेय
१८४४ देखि १८४५ सम्ममा ती माक्र्सले अस्तित्व ग्रहण गरिसकेका थिए जसले ऐतिहासिक र द्वन्द्वात्मक भौतिकवादको रचना गरे ।
पहिले नै भनिसकिएको छ, माक्र्सले गहिरो अध्ययनबाट के पाए भने जर्मनीका अधिकांश चिन्तकहरू दुइटा क्षेत्रमा विभाजित भएका छन् । एकातिर हेगेलका ती शिष्यहरू थिए, जसले उनको दर्शनको भाववादी आध्यात्मिक व्याख्या गरिरहेका थिए, अर्कोतिर हेगेलका अन्य शिष्यहरू भौतिकवादी व्याख्या गर्दथे । हेगेलका भाववादी (माक्र्सवादी दर्शन, ३५) असङ्गतिहरू स्पष्टरूपमा समाजमा आउन थालेका थिए, तर जीवनका हरेक क्षेत्रलाई समेट्ने र विकासको क्रियालाई समाउने उनको विकासवादी पद्धतिको जोर भने बढिरहेको थियो । यस पद्धतिलाई विज्ञानले पनि बल दिइरहेको थियो ।
माक्र्सले भाववादलाई तिलाञ्जली दिए र द्वन्द्ववादलाई अपनाए । हेगेलका शिष्य फायरबाख विकासको भौतिकवादी दृष्टिका पक्षधर थिए । माक्र्स फायरवाखबाट प्रभावित भएका थिए । त्यसका साथै उनले फायरबाखको आलोचना पनि गर्दथे । फायरबाखका सम्बन्धमा आफ्ना एघार टिप्पणीहरूमा माक्र्सले बताएका छन् – ‘फायरबाखसमेत अहिलेसम्मको तमाम भौतिकवादको मुख्य दोष यो हो कि त्यसमा वस्तु, वास्तविकता, इन्द्रियबोधलाई वस्तु अथवा चिन्तनको रूपमा नै हेरियो, मानवीय इन्द्रियगत क्रियाशीलताको व्यवहारको रूपमा मनोगतवादी ढङ्गले हेर्नुहुँदैन । त्यसैले यस्तो भयो कि त्यसको सक्रिय पक्षको विकास भौतिकवादले नभएर भाववादले गरेको हो । तर यस्तो उसले केवल निरपेक्ष ढङ्गबाट गरेको हो किनभने असंन्दिग्ध रूपबाट भाववाद वास्तविक, इन्द्रियगत क्रियाशीलता जस्ता वस्तुबाट सर्वथा अपरिचित छ । फायरवाखले इन्द्रियगत वस्तुहरूलाई, जुन विचारका वस्तुहरूसित वास्तविकरूपमा भिन्न छन् तिनलाई अवश्य चाहन्छन् तर आफू स्वयं भने मानवीय क्रियाशीलतालाई वस्तुगत क्रियाशीलताको रूपमा हेर्दैनन् । त्यसैले उनले आफ्नो ग्रन्थ ‘इसाई धर्मको सार’ मा सैद्धान्तिक दृष्टिकोणलाई नै एकमात्र सच्चा मानवीय दृष्टिकोण मान्दछन् । व्यवहारलाई त्यसमा उनले त्यसको केवल फोहोरी यहुदीहरूको रूपमा हेरेका छन् र त्यसैरूपमा अङ्कित गरेका छन् । त्यसकारण ‘क्रान्तिकारी’ ‘व्यवहारिक आलोचनात्मक’ क्रियाशीलताको महत्वलाई उनी हृदयङ्गम गर्नसक्दैनन् (धर्मः माक्र्स एँगेल्स, ८८) ।
धर्मको प्रसङ्गमा फायरबाखको अर्को आलोचनामा माक्र्सले लेखेका छन्, फायरबाख धार्मिक आत्मपरकीयकरणको कुराबाट यो संसार दुई भागमा बाँडिएको छ (धर्मःमाक्र्स एँगेल्स, ८९) भन्ने कुराबाट सुरु गर्छन् । यिनीहरूमध्ये एउटा धार्मिक, काल्पनिक छ र अर्को वास्तविक । उनले जुन काम गरेका छन् त्यो भनेको यो हो कि धार्मिक संसारलाई पार्थिव आधारमा छुट्टै खडा गरिदिनु । यति काम गरिसकेपछि पनि मुख्य कामहरू गर्न बाँकी नै छन् भन्ने कुरा पत्ता लगाउन सकेनन् किनभने पािर्थव (लौकिक) ले आफूलाई आफैबाट अलग्ग गर्दछ र स्वतन्त्र लोकको रूपमा बादलमा आफूलाई प्रतिष्ठित गर्दछ– यस कुराको स्पष्टीकरण यो पािर्थव आधारको आत्म विभाजन तथा त्यसको स्वतः विरोधी स्वरूपलाई स्वीकार गरेर नै गर्न सकिन्छ । त्यसकारण प्रथमतः यो पािर्थव आधारलाई यसको अन्तरविरोधी स्वरूपका साथमा बुझ्नु आवश्यक छ । यस अन्तरविरोधलाई हटाएर व्यवहारमा भित्रैदेखि क्रान्तिकारी परिवर्तन गर्नुपर्छ । उदाहरणका लागि यो तरिकाले – एकपटक सांसारिक परिवार नै संसारको पवित्र परिवारको आधार हो भन्ने कुरा पत्ता लगाएपछि फेरि सिद्धान्तका क्षेत्रमा सांसारिक परिवारलाई नै आलोचना गर्नुपर्दछ तथा व्यवहारका क्षेत्रमा त्यसैलाई क्रान्तिकारी तरिकाले बदल्नुपर्दछ ।
फायरवाख धार्मिक सत्तालाई मानवीय सत्ताका रूपमा प्रस्तुत गर्दछन् । तर मानवीय सत्ता अलग्ग अलग्ग प्रत्येक व्यक्तिमा निहित हवाई वस्तु होइन भन्ने कुरा ख्याल गर्दैनन् । आफ्नो वास्तविकतामा त्यो सामाजिक सम्बन्धकै समष्टि हो ।
अतः फायरवाखलाई, जसले सत्ताको आलोचना गर्दैनन् बाध्य भएर ः
१. धार्मिक भावनालाई ऐतिहासिक क्रियाबाट यसरी अलग्ग गरिदिनुपर्छ । जस्तो कि त्यो स्वयं कुनै चीज हो र फेरि त्यसलाई त्यसै रूपमा अङ्कित गर्नुपर्दछ तथा एउटा निराकार–सर्वपृथक मानव व्यक्तिको कल्पना गर्नुपर्दछ ।
२. त्यसकारण जहाँसम्म त्यसको सम्बन्ध छ, मानवीय सत्तालाई त्यसले केवल एउटा ‘जाति’ को रूपमा, एक यस्तो आन्तरिक मूक मान्यताको रूपमा नै हेर्दछ जसले स्वाभाविक रूपबाट अनेक व्यक्तिहरूलाई एकताको सूत्रमा बाँध्दछ । त्यसैले फायरवाखले ‘धार्मिक भावना स्वयं सामाजिक उपज हो’ भन्ने कुरा देख्दैनन् । उनी जुन निराकार व्यक्तिको विश्लेषण गर्दछन् त्यो वास्तवमा समाजको एउटा विशेष रूपबाट सम्बन्धित छ ।
‘सामाजिक जीवन मूलतः व्यावहारिक हुन्छ । ती तमाम रहस्यहरू जो सिद्धान्तलाई रहस्यवादको जालोमा अल्झाउँछन्, मानवीय व्यवहारमा तथा यो व्यवहारको समझदारीमा बुद्धिसङ्गत समाधान भेटिन्छ ।
यो टिप्पणीहरू निकटवर्ती विचारक फायरबाखबाट माक्र्सको चिन्तनका प्रस्थानविन्दु देखिन्छन् साथै यिनीहरूले माक्र्सवादी मूल तत्वहरूतिर पनि सङ्केत गर्दछन् । फायरवाखले धर्म उत्पन्न गर्ने ती भौतिक तत्वहरूको विश्लेषण गर्नसकेनन्, (धर्मःमाक्र्स एँगेल्स, ३१३) जसलाई उनी आधारभूत मान्दछन् । धर्मद्वारा मान्छेले आफू स्वयंलाई आफूबाट भिन्न देख्दछ, अलग्ग मान्दछ । तर यो भिन्नताको जनक परिस्थितिहरूमा अन्तरविरोध के हो ? यसबारेमा फायरवाख स्पष्ट हुनसकेनन् । उदाहरणको रूपमा ‘सामान्य तरिकाबाट विचारित धर्मको सार’ नामको प्रसिद्ध पुस्तकमा उनले लेखेका छन्– ‘ईश्वरको चेतना (मान्छेको) आत्मचेतना हो, ईश्वरको आत्म ज्ञान हो ।
धर्म– ईश्वरको चेतनालाई मान्छेको आत्मचेतना भन्नुको तात्पर्य धार्मिक व्यक्ति यस एकरूपताप्रति सोझै जागरुक छ भन्ने होइन । किनभने उल्टो तरिकाबाट यसको अज्ञान नै धर्मको विशिष्ट स्वभावका लागि मौलिक हो । त्यसैकारणले धर्म जातीय इतिहासको जस्तै व्यक्तिको इतिहासमा पनि दर्शनभन्दा पहिले आउँछ । आफैमा प्राप्त नगरेसम्म उसले आफ्नै प्रकृतिलाई आफूबाट टाढा देख्दछ ।
निश्चित रूपबाट यहाँ फायरबाख धर्मलाई मानव स्वभावको प्रक्षेपण बताउँदै ती परिस्थितिहरूलाई नजरअन्दाज गर्दछन्, जसलाई धर्मको प्रक्षेपण सम्भव हुन्छ । उनी मानव स्वभावलाई यसरी प्रस्तुत गर्दछन्– मानौँ त्यो कुनै स्थिर तत्व हो र धर्मलाई सामाजिक व्यवस्थाको अन्तर्विरोधहरूका सन्दर्भमा हेर्दैनन् ।
यसै निबन्धमा उनले लेखेका छन् – धर्म जगत र मानवका स्वभावको त्यो प्रत्यय हो, जुन मानव स्वभावको लागि सारभूत एकरूप छ । धर्मलाई यसरी मानव स्वभावको सारभूत तत्व मान्नुको अर्थ त्यो त्यसरी नै नित्य छ जसरी मानव स्वभाव । मानव स्वभाव के हो त ? के त्यो अपरिवर्तनीय छ ? त्यो कसरी बन्दछ र विभिन्न ऐतिहासिक कालखण्डहरूमा कसरी विभिन्न रूप धारण गर्दछ ? प्रकृतिमा निर्भर रहँदा र त्यसपछि राज्यको उदय हुने परिस्थितिहरू के थिए र तिनीहरूले मानव स्वभावलाई कसरी रेखाङ्कित गरे ? यी प्रश्नहरूको उत्तर यो सामान्य धारणाद्वारा दिन सकिंदैनथ्यो– धर्म मानव स्वभावको प्रक्षेपण हो भनेर । (धर्मः माक्र्स एँगेल्स, १०७)
धर्ममा निषेध र विधानको कारण के हो ? मानव स्वभावमा निषेध र विधान कसरी आउँछन् ? किन त्यसले सामन्तलाई सर्वशक्तिशाली मान्दछ, त्यसलाई ईश्वरीय गौरव दिन्छ र यसप्रकार आफूलाई निर्वासित गर्दछ ? दासताको आत्मस्वीकृति किन ? समुचित उत्तर वर्गीय ढाँचालाई नदेखिकन असम्भव थियो ।
माक्र्सका अनुसार वस्तु र चेतनालाई स्थिर, अलग–अलग रहेका तत्वहरूका (धर्मः माक्र्स एँगेल्स, ९६) रूपमा लिन बुझ्न सकिंदैन । मान्छे जड प्रकृतिको विरोधमा आफूलाई सङ्गठित गर्दछ । यो सङ्गठन प्रकृतिका विरोधी शक्तिहरूमा अधिकार जमाउने तथा उत्पादनद्वारा जीवनधारण गर्ने क्षमता प्राप्त गर्नका लागि हो । उसको उत्पादन पद्धतिमा जुन प्राकृतिक शक्तिहरूको प्रभाव पर्छ, तिनीहरूलाई उसले आफ्नो चेतनाद्वारा मण्डित गर्दछ ताकि सामञ्जस्य हुन सकोस् । उत्पादन पद्धतिको एउटा स्तरसम्म विकास भएपछि समाजमा वर्ग विभाजन हुन्छ । यहाँ एउटा यस्तो वर्गको सुरुआत हुन्छ जो उत्पादक वर्गमाथि हावी हुन्छ । यो वर्गले उत्पादनका सबै साधनहरू तथा व्यक्तिहरूमा कब्जा जमाउँछ । यसका विरुद्धमा दबेको वर्गले आवाज उठाउँछ, विद्रोह गर्दछ तर असफल भएपछि आत्मसमर्पण गर्दछ । उत्पीडित वर्गको श्रमशक्तिले माथिल्लो वर्गलाई साधन सम्पन्न र शक्तिशाली बनाउँदै जान्छ र आफू बञ्चित हुँदै जान्छ । जीवनका निजी शक्तिहरूबाट बञ्चित पीडित वर्ग शासक वर्गलाई आलौकिक शक्तिले सम्पन्न मान्न थाल्दछ । यसरी आत्म परिकीयकरण (Self सेल्फ एलिनेसन) को क्रिया सुरु हुन्छ । आदिम समाज सोझै प्रकृतिको नियन्त्रणमा बस्दथ्यो । उसले त्यसैलाई जादूको क्रियाबाट प्रभावित गर्ने कोसिस गथ्र्यो, चेतनाले मण्डित गरेर सम्प्रेषणको माध्यम खोज्थ्यो । एकातिर उत्पादनको वैज्ञानिक ज्ञान आर्जित गरिन्थ्यो भने अर्कोतिर आफ्नो सोझोपनको कारण मानिसले विश्वास गर्दथ्यो कि यदि अलौकिक शक्तिलाई खुसी पारिएन भने अनिष्ट गर्नेछ, यदि त्यसको पूजा गरेर खुसी पारियो भने उसले हाम्रो भलो गर्नेछ । यहाँबाट धार्मिक उपासना सुरु भयो र त्यसले प्रार्थना, बलि तथा धार्मिक रीतिरिवाजको रूप धारण ग¥यो । पूजा पाठबाट पुरोहितहरू, लामा झाँक्रीहरू, पण्डित, जोगीजन्तरीहरू र अन्य यस्तै सम्प्रदायको जन्म भयो । (माक्र्सवादी दर्शन, ३५०)
उत्पादक शक्तिहरूको विकासले क्रमशः समाजलाई दास–मालिक, किसान–सामन्त, सर्वहारा–बुर्जुवा मुख्य वर्गमा बाँडिएको हो । दास, किसान र सर्वहारा श्रमिक वर्गको फल मालिक, सामन्त र बुर्जुवाहरूले हडप्छन् । यो अन्तर्विरोधले उपरि ढाँचा बनेको छ, जसमा धर्म, कानुन आदि मुख्य तत्व हुन्छन् । वर्गमा बाँधिएको समाज निरन्तर द्वन्द्वमा हुन्छ । द्वन्द्वले समाजलाई अगाडि बढाउँछ, पुराना शक्तिहरू नष्ट हुन्छन्, नयाँ शक्तिहरूको विकास हुन्छ । फेरि उत्पादनको क्षमता अनुसार नयाँ शक्तिहरूले जन्म लिन्छन्, क्रान्ति हुन्छ र समाजमा आमूल परिवर्तन हुन्छ । पछिको धर्म कायम राख्न मद्दत गर्दछ । निर्धक्कसाथ भन्न सकिन्छ धर्मले क्रान्तिकारी परिवर्तनका विरुद्ध निहित स्वार्थहरूको पक्ष (माक्र्सवादी दर्शन, ३५१) लिएको हो तथा निहित स्वार्थले वैज्ञानिक अनुसन्धानमा अङ्कुश लगाउन, चिन्तनको स्वतन्त्र प्रवृत्तिलाई दमन गर्नमा धर्मको सहारा लिएको हो ।
धर्म शासक वर्गको सुनियोजित षड्यन्त्रबाट सुरु भएको भने होइन । यो जनताको आर्थिक रूपबाट आत्म निर्वासित अवस्थाको प्रक्षेपण थियो । त्यसको वास्तविक दुःखको अभिव्यक्तिका साथै त्यसको ‘विरोधको प्रदर्शन’ (स्टडिज इन अ डाइङ कल्चर, २०) थियो । अतः धेरै पटक धर्मले पनि क्रान्तिको भूमिका निर्वाह गरेको हो, यद्यपि यो सही बाटोमा थिएन । जनतालाई पूर्ण सफलता यसबाट कहिल्यै भएन । शोषक वर्गले बिस्तारै–बिस्तारै जनतामा विकसित धार्मिक भावनालाई बुझ्यो, त्यसलाई आफ्नो स्वार्थमा प्रयोग ग¥यो । जनता मुक्त र सुखी जीवन बाँच्न चाहन्छन् । तर, यस जगतमा त्यो प्राप्त गर्न सक्तैनन् अनि उनीहरूमा नैराश्यता आउँछ र अर्को जगतको कल्पना गर्न विवश र बाध्य हुन्छन् । शासक वर्गले अर्को संसारको यो कल्पनाको यो संसारमा शोषण र दमन गर्नका लागि प्रयोग गर्दछ । किनभने जनता शोषण र दमनको जाँतोमा पिसिंदा पिसिंदा चेतनाको विकास गर्नमा अक्षम हुन्छन् र शोषक वर्गलाई मनोरञ्जन र विश्रामको पर्याप्त समय मिल्दछ । अतः उसले वर्गीय हितलाई कायम राख्ने र शासन गर्ने आफ्नो चेतना, शिक्षालाई लागू गर्दछ । त्यही जनतामाथि लाद्दछ । किनभने जनता यान्त्रिक तरिकाले उत्पादन र श्रममा लागिरहेका हुन्छन् । चेतनाको अभावले सही मुकावला गर्नसक्तैनन् । यस्तो समयमा यस संसारको उत्पीडनले त्यस संसारको कल्पनामा शरण लिन्छ । शक्तिशाली शासक ईश्वरका रूपमा प्रक्षेपित हुन्छ, जनता भ्रमका शिकार बनिरहन्छन् ।
तर, सर्वहारा वर्गको उदयले (धर्मः माक्स एँगेल्स, ७१) समाजलाई यस अवस्थामा पु¥याएको छ कि एक दिन शोषक वर्गको उन्मूलन हुनेछ । जनताको शक्ति जनतालाई प्राप्त हुनेछ, आत्मनिर्वासनको प्रक्रिया बन्द हुनेछ र यसका साथै धर्म स्वतः नष्ट भएर जानेछ ।
सङ्क्षेपमा, समाज र धर्मको विकासको बारेमा माक्र्सको यही धारणा हो । समाजको विकासको यसै धारणालाई ऐतिहासिक भौतिकवाद भनिन्छ । यो विश्वको व्यापक धारणामा अबलम्बित छ जसलाई द्वन्द्वात्मक भौतिकवाद भनिन्छ ।
हेगेलको द्वन्द्ववादी धारणाका आधारमा जीवन र जगतका प्रति निर्मित भौतिकवादी धारणालाई द्वन्द्वात्मक भौतिकवाद भनिएको हो । एक वाक्यमा माक्र्सले सत्ता (Reality) लाई यसरी परिभाषित गरेका छन्–गतिशील पदार्थ सत्ता (Reality) हो । सत्ता एउटा दार्शनिक परिकल्पना हो जसको परिधिमा मष्तिस्कबाट बाहिरको सम्पूर्ण तत्वहरू समाहित हुन्छन् । लेनिनले ‘भौतिकवाद र अनुभवसिद्ध आलोचना’ मा लेखेका छन्– ‘पदार्थ (Matter) वस्तुगत यथार्थलाई इङ्गित गर्ने एउटा दार्शनिक परिकल्पना (हाइपोथेसिस) हो, जुन मानिसलाई त्यसको संवेदनाहरूबाट प्राप्त हुन्छ र जुन हाम्रो संवेदनाहरूबाट स्वतन्त्र रहेर तिनीहरूद्वारा अनुकूलित फोटो चित्रित र प्रतिबिम्बित भइरहन्छ । (माक्र्सवादी दर्शन, ५६)’
भौतिकवाद र भाववादको सङ्घर्ष (माक्र्सवादी दर्शन, ५७) पुरानो सङ्घर्ष हो । एउटाको अनुसार व्यक्तिगत वा सार्वभौम रूपमा चेतना नै सृष्टिको मूल हो । अर्कोको मतमा भौतिकवादी दृष्टिमा, गतिशील अचेतन पदार्थ नै मौलिक तत्व हो, चेतना त्यसमाथि आधारित छ, त्यसैलाई प्रतिबिम्बित गर्दछ । डार्विनले जीवन जगतको विकासक्रमको वैज्ञानिक प्रदर्शन गरेर सावित गरिदिए कि भौतिक तत्वहरूका भित्र निहित अन्तर्विरोधहरूबाट जीवहरूको विकास हुन्छ, आत्मचेतन मनुष्यको आविर्भाव यसक्रममा धेरै पछिको हो, प्राकृतिक तत्वहरूमा अनिवार्य रूपबाट रूपान्तरणको सिलसिला जारी रहन्छ । यस भौतिक खोजले माक्र्सको भौतिकवादी धारणालाई पूरै प्रमाणित गरिदियो, यद्यपि चाल्र्स डार्बिन आफूलाई ईश्वरवादी मान्दथे ।
द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादको विश्वदृष्टिकोणअनुसार माक्र्सले पुँजीवादी समाजको अन्तर्विरोधहरूलाई स्पष्ट गरे । अतिरिक्त मूल्यको सिद्धान्तले ती प्रवृत्तिहरूलाई सामुन्ने राखे जसले शोषणका नयाँ स्रोतहरूको काम गरिरहेका छन् । प्राचीन दर्शनबाट आफ्नो दर्शनलाई यस रूपमा भिन्न माने कि दार्शनिकहरूले संसारको भिन्न भिन्न ढङ्गले व्याख्या गरेका छन्, वास्तविक काम भनेको त्यसलाई बदल्ने हो । (धर्मः माक्र्स एँगेल्स, ९२)
धर्मको आलोचनाको माक्र्सवादी दृष्टिकोण यसकारण महत्वपूर्ण छ कि त्यसले एक अनिवार्य नियमको आधारमा धर्मको समाप्त हुने घोषणा गर्दछ । धेरै विचारकहरूले भिन्न भिन्न किसिमले धर्मको आलोचना गरेका थिए । ‘नित्से’ (इसुज इन रिलिजन, ३६०) ले ईश्वरको मृत्युको घोषणा गरेका थिए । फ्रायडले पनि मनोवैज्ञानिक विश्लेषणका आधारमा धर्मलाई भ्रम मानेका थिए । त्यसलाई वैज्ञानिक ज्ञानको विकासमा वाधक मानेका थिए । तर, ‘नित्से’ फ्रायड आदिका विचारहरूबाट केही बुद्धिजीवीहरू र धर्मशास्त्रीहरूलाई त्यति खतरा भएन जति माक्र्सका विचारहरूबाट भयो । जसरी माक्र्सले धर्मलाई ‘अफीम’ भनेका थिए त्यसैगरी फ्रायडले त्यसलाई तीतो गुलियो वीष मानेका थिए । फेरि पनि विशिष्ट कोटिका विचारकहरूको मष्तिस्कमा ‘अफीम’ शब्द घातक किसिमले गुज्रिरहेको छ, त्यसको कठोर आलोचना गरिएको छ, त्यतिमात्र नभएर केही मानिसहरू माक्र्सवादलाई नै घृणाको दृष्टिले हेर्दछन् । यो कुरो अझै अगाडि आइरहेको छ किनभने यस दर्शनको क्रान्तिकारी प्रभाव संसारमा दिनानुदिन बढिरहेको छ । शोषणका प्रवृत्तिहरूलाई नष्ट गर्ने र समाजलाई बदल्ने काम द्रुतगतिमा अगाडि बढिरहेको छ । साथै निहित स्वार्थबाट टाँसिएका बुद्धिजीवीहरू ‘नित्से’ को यो खुल्दुलीपूर्ण घोषणालाई आरामका साथ सहन गरेका छन् ‘ईश्वर म¥यो’ प्रति माक्र्सलाई यसकारण घोच्दछन् कि उनले धर्मलाई अफीमजस्तो तुच्छ वस्तुसँग तुलना गरे । वस्तुतः धर्म संवेदनशील विषय हो, त्यसमा संवेगात्मक प्रतिक्रिया जगाउने असाधारण क्षमता छ, अतः यिनीहरू माक्र्सको धारणाको आलोचनात्मक मूल्याङ्कन नगरेर राजनीतिक प्रतिशोधको रूपमा प्रयोग गर्छन् । यही कारण हो कि अधिकांश मानिसहरूलाई यो पनि लाग्छ कि माक्र्सले धर्मलाई ‘अफीम’ घोषित गर्नुसिवाय केही पनि भनेका छैनन् ।
यस परिस्थितिमा धर्म तथा त्यसका बारेमा माक्र्सको धारणालाई स्पष्ट गर्नु स्वयंमा एक दार्शनिक औचित्य हो । स्वतन्त्र चिन्तनको परम्परालाई कायम राख्न र अन्धविश्वासलाई पराजित गर्नमा सुकरातदेखि लिएर आजसम्मका विचारकहरूलाई धेरै खप्की खानु परेको छ । तर, विज्ञान र त्यसका आधारमा चिन्तनको विकास अविराम गतिले भइरहेको छ, यसलाई नकार्न सकिन्न । ‘कौलनिसे जाइटुङ’ (१८४३) नामक पत्रिकाको सम्पादकीयमा माक्र्सका तमाम समकालीनहरूप्रति सरकारी सेन्सर सिपद्वारा दमन चलाउने माग गरिएको थियो । सम्पादकले लेखेका थिए– सेन्सरसिप जबसम्म चालु रहन्छ तबसम्म उसको यो सबभन्दा आवश्यक कर्तव्य हुन्छ कि युवाहरूको बदमासीबाट भरिएको फोहोरी दुर्गन्धप्रति रोक लगाओस् जुन हालमा पटक–पटक हाम्रो आँखाका सामुन्ने पीडादायी ढङ्गले आएको छ । माक्र्सले चिन्तनप्रति (धर्मः माक्र्स एँगेल्स, १६, प्रोमोथियसलाई दर्शनका इतिहासको सबभन्दा उदात्त सन्त र सहित मान्दै माक्र्सले ‘बन्दी प्रोमोथियस’ का यी पङ्क्तिहरू उद्धृत गरेका छन् – ‘आफ्ना बन्धनहरूको ठाउँमा दासहरूको जस्तो गुलामीलाई म कहिल्यै पनि किन्ने छैन । जियसको सेवामा बन्दी बनिरहने सट्टा– चट्टानसित बाँधिनु धेरै राम्रो हुन्छ ।’) कुनै प्रकारको प्रतिबन्धलाई अस्वीकार गरिदिएका थिए जसको कारण उनलाई अन्य देशहरूबाट निर्वासित हुनु परेको थियो, अभावको निस्सासिंदो परिस्थितिबाट गुज्रिनु परेको थियो ।
प्रस्तुत प्रबन्ध धर्मसम्बन्धी माक्र्सको धारणालाई यसै मूल्यलाई सामुन्ने राखेर प्रस्तुत गरिएको छ । माक्र्सपछिका केही विचारकहरू र सम्बन्धित घटनाहरूलाई यसरी यहाँ राखिएको छ कि यसलाई बढी सहज गर्न सकियोस् ।
हजारौं वर्ष पहिलेदेखि धर्मका पक्ष र विपक्षमा तर्क दिंदै आइएको छ । यहाँ सबै विचारहरूलाई सम्पूर्ण रूपबाट प्रस्तुत गर्न कठिन पनि छ र अनावश्यक पनि । सर्वप्रथम हामी धर्मका बारेमा प्राप्त विशिष्ट तथा सामान्य तथ्यहरूमा प्रकाश पार्ने प्रयत्न गर्नेछौं । फेरि केही विचारकहरूका धारणाका साथै माक्र्सवादी धारणा प्रस्तुत गरिने छ ।
अनुवाद ः बुद्धिसागर भट्टराई
धर्मबारे माक्र्सवादी दृष्टिकोण पुस्तकबाट
ramro ra upayogi chha dhanyabad/