स्थानीय पाठ्यक्रम अध्यापनको लागि शिक्षकको व्यवस्था कहिले ?
- असार ९, २०८३
– सुयोग ढकाल, काठमाडौँ
म विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथाको छायाँमा हुर्किएँ र बुद्धको यो भूमिमा मैले आफ्ना संस्कारहरू सिकेँ ।
म पनि मेरो देश र माटोलाई त्यति नै माया गर्छु जति तपाईँले आफ्नो देशलाई माया गर्नुहुन्छ । तपाईँको देशको सिमानामा अर्को देशको सेनाले कब्जा जमायो भने तपार्इँलाई कस्तो लाग्छ ? अहिले मैले महसुस गरिरहेको छु, देशको माटोमा पराइले कब्जा जमाउँदा कति पीडा हुन्छ भनेर ।
मेरो देश सानो छ । हो, हामी गरिब छौँ । हामी कमजोर छौँ । तर, के यो २१ औँ शताब्दीको विश्व माछापोखरी हो र ? के यहाँ पनि ठूला माछाहरूले साना माछाहरूलाई खाने गर्दछन् ? के सानो देशहरूको सार्वभौमिकताको महत्व हुँदैन ?
म सानो देशको सानो मान्छे हुँ । मलाई विश्व राजनीति थाहा छैन तर मलाई यति थाहा छ कि मेरो देशलाई म प्यासिफिक समुद्रको पानीको मात्राभन्दा हजारौँ गुणा धेरै माया गर्छु ।
मलाई मेरो देश घुम्न आउने, संस्कार हेर्न आउने पर्यटकहरू आउँदा खुसी लाग्छ तर चोरडाँकाझैँ कब्जा जमाउन मेरो माटोमा लुकेर अनि छल गरेर छिरेका मान्छेहरू मलाई पटक्कै मनपर्दैन ।
मलाई भारतसँग कुनै घृणा छैन । हाम्रो देशका मान्छेहरूको भारतसँग रोटी बेटीको नाता छ । तर, भारतीय नेतृत्वको सामन्तवादी नीति र मेरो सिमानाको मिचाहा प्रवृत्तिसँग मेरो चित्त दुखाइ छ ।
मेरो परिवारको इतिहास बुझ्दा जिज्यूबुबा पनि भारतको इलाहवाद विश्वविद्यालयमा पढाउनुहुन्थ्यो रे । मैले नेपाल–भारत सम्बन्धका धेरै सानदार किस्साहरू सुनेको छु । देखेको छु । अनि दुवै देशका नागरिकहरूबीचको सम्बन्धको मिठास पनि अनुभव गरेको छु ।
मलाई हिन्दी गीत र चलचित्र पनि मन नपर्ने हैन । तर, आजभोलि गीत सुन्न र चलचित्र हेर्न मन लाग्दैन । मलाई मेरो सिमानामा बसेका मिचाहाको मात्र सम्झना आउँछ । भित्र मनमा धेरै तीतो महसुस भएको छ ।
विश्वभरिका साथीहरू, के सानो देशलाई स्वतन्त्र हुने अधिकार छैन ? नेपाल त कहिले पनि कुनै पनि देश या शक्तिको उपनिवेश नभएको इतिहास भएको देश हो ।
यो सुन्दर देश अहिले साँच्चै दुःखमा छ । नेपालीले गोर्खाली सेनाका भूमिकामा विश्वयुद्धमा निकै साहस देखाए । अहिले पनि विश्वका धेरै ठूला देशहरूमा सेनाका रूपमा नेपालीहरू छन् । म पनि तिनै नेपालीमध्ये हुँ, मलाई गोली र बमसँग डर लाग्दैन तर म मायामा विश्वास गर्छु ।
मलाई आशा छ, भारतले मलाई मेरो सीमाको सम्मान गरेर एउटा माया गर्ने कारण दिनेछ । मलाई मेरो लिपुलेक, कालापानी र लिम्पियाधुराको माया छ ।
युद्ध र घृणामा विश्वास नभएका यहाँहरू सबैजनाको माया र साथ अनि समर्थन चाहिएको छ । फुर्सद हुँदा नेपाल घुम्न आउनुहोला । मलगायत सबै नेपाली यहाँलाई स्वागत गर्न तम्तयार छौँ ।
मेरो देशको स्वाभीमान खोसिनु भनेको विश्वमा सबै देशहरूको अस्तित्व भोलिका दिनमा सङ्कट पर्नसक्नु हो । हामी जहाँ भए पनि एउटै ग्रहमा छौँ । आउनुहोस्, आधुनिक युद्धको साम्राज्यवादको विरुद्धमा सबैजना एक हौँ । नेपाली हिमालका चिसो हावाबाट न्यानो माया ।
पृथ्वी गोलो छ जीवन लामो छ । यहाँ धेरै दोबाटाहरू छन् । कुनै न कुनै दोबाटोमा हाम्रो भेट अवश्य हुनेछ ।
जय नेपाल ।
Leave a Reply