युद्ध र वार्ताजस्तै नाकाबन्दी पनि सफल हुनेछैन
- बैशाख ५, २०८३
गोरख पाण्डेल
“इतिहासको गत युगमा हामी प्रायः प्रत्येक ठाउँमा विभिन्न वर्गहरूमा विभाजित समाजको महत्वपूर्ण ढाँचा पाउँछौँ, सामाजिक वर्गहरूको अनेक विध गुटबन्दी । प्राचीन रोममा पेट्रिशियन, नाइट, प्लेबियनहरू भेटिन्छन् । मध्य युगमा सामन्ती स्वामी, अधीन जागिरदार, मजदुर कारीगर र भू–दास भेटिन्छन् र लगभग यी सबै वर्गहरूभित्र पनि अनेक स्तर हुन्छन् ।”
‘आधुनिक पुँजीवादी समाजले जो सामन्तवादी समाजको ध्वंसबाट पैदा भएको हो, वर्ग विरोधलाई निर्मूल गरेन– उसले केवल पुरानाको ठाउँमा नयाँ वर्ग उत्पीडनको पुरानो अवस्थाको ठाउँमा नयाँ अवस्थाहरू र सङ्घर्षका पुराना रूपहरूको ठाउँमा नयाँ खडा गरिदिएको छ ।’ (कम्युनिस्ट पार्टीको घोषणा पत्र, ३४)
‘आदिम समाजको प्रारम्भमा घुमक्कड कविलाहरू प्रायः सँगसँगै रहेर शिकार गर्दथे (त्यही ः एँगेल्सको टिप्पणी १८४७ सम्म पहिलेको इतिहास अर्थात् लिखित इतिहासभन्दा पहिलेको व्यवस्था, नितान्त अज्ञात थियो । त्यसपछि हक्स्टु हाउजेनले प्राचीनकालमा रुसमा भूमिमाथि सार्वजनिक स्वामित्व थियो भन्ने कुरा पत्ता लगाए । मारेरले देखाइदिए कि यो सामाजिक व्यवस्था नै त्यो स्रोत थियो, जसबाट इतिहासका तमाम ट्युटनिक जातिहरू (अर्थात् जर्मन, स्कैन्डिनेवियन, डच आदि) उत्पन्न भए । फेरि बिस्तारै भारतदेखि लिएर आयरलैन्डसम्म सबै ठाउँमा यस्तै गाउँ पञ्चायतको चलन थियो या अझै पनि छ । यी गाउँपञ्चायतहरू नै समाजका आदिम स्वरूप हुन् भन्ने कुरा पत्ता लाग्यो । यो आदिम कम्युनिस्ट समाजका आन्तरिक सङ्गठनलाई अर्थात् जनको वास्तविक व्यवस्था र कविलाहरूसँग त्यसको सम्बन्धलाई अर्थात् जनको वास्तविक व्यवस्था र कविलाहरूसँग त्यसको सम्बन्धलाई आफ्ना महान् खोजहरूद्वारा हेनरी मार्गनले स्पष्ट पारेका छन् । यी आदिम जातिहरूको अन्त्यसँगै समाजमा भेद सुरु हुन्छन् र अन्यमा समाजविरोधी वर्गहरूमा बाँडिन्छ) । उत्पादनका लागि समाजका सङ्गठनको यो प्रारम्भ थियो । पछि उत्पादक शक्तिहरूका विकास र श्रम विभाजनले मानिसहरूलाई आर्थिक आधारमा वर्गमा बाँडियो । उत्पदान सम्बन्ध विशिष्ट उत्पादक शक्तिहरूको स्तरका अनुकूल हुन्छन् । उत्पादक शक्तिहरूमा निरन्तर विकास भइरहन्छ । जब गुणात्मक रूपबाट भिन्न उत्पादक शक्तिहरू अस्तित्वमा आउँछन्, पुराना उत्पादक शक्तिहरूका आधारमा निर्मित उत्पादन सम्बन्धहरूसित उनीहरूको टकराव सुरु हुन्छ, नयाँ उत्पादन सम्बन्धका लागि सङ्घर्ष हुन्छ । (माक्र्सवाद के हो ?) यसरी वर्ग सम्बन्धको ठाउँ नयाँ वर्ग सम्बन्धले लिन्छ । समाज आर्थिक द्वन्द्वको यो प्रक्रियामा विकसित भएको हो ।
क्रमशः उत्पादनका सम्बन्धहरूमा कब्जा गर्ने र टिकाइराख्ने प्रवृत्तिले समाजलाई शोषित र शोषकको मुख्य श्रेणीमा बाँडिदिन्छ । शोषक वर्गले राज्यसत्ता, जसको प्रमुख अङ्ग सेना हो, को निर्माण ग¥यो । विशिष्ट प्रकारको उत्पादन स्तर र सम्बन्धका आधारमा धर्म साहित्य, कला, कानुन आदिको निर्माण भयो, आर्थिक आधारमा संस्कृतिको महल उभियो । विकासको लामो प्रक्रियामा अब समाज यो सीमामा उभिएको छ कि वर्ग विरोधहरूलाई अन्तिम रूपबाट बिदा दिनैपर्छ (माक्र्सवादी दर्शन, २०१) । सामूहिक उत्पादनको औद्योगिक अर्थव्यवस्था र व्यक्तिगत स्वामित्वको पुँजीवादी सङ्गठन पद्धतिमा सोझै टकराव छ । यो टकरावले पुँजीवादी पद्धतिलाई नष्ट गर्नेछ, मजदुर वर्गले राज्यसत्तामा कब्जा गर्नेछ तथा शोषितद्वारा राज्यसत्ताको निर्माण एक यस्तो समाजतिर अग्रसार इतिहासको सङ्क्रमण काल हुनेछ, राज्यसत्ताको हिंस्रक तत्व समाप्त हुनेछ, मानिसद्वारा मान्छेको शोषण गर्ने प्रवृत्ति सम्पूर्णरूपले नष्ट हुनेछ । (कम्युनिस्ट पार्टीको घोषणापत्र ६३, ६४) पुँजीवादी समाजमा निहित अन्तरविरोधहरूको स्पष्टीकरण माक्र्सवादको सबभन्दा ठूलो योगदान हो ।
ऐतिहासिक रूपबाट हेर्ने हो भने पुँजीवाद आफ्नो पूर्ववर्ती समाज व्यवस्थाहरूभन्दा उच्चतर हो, सामन्तवादको सन्दर्भमा मानवको आम प्रगतिको विशिष्ट गन्तव्य हो । पुँजीवादी उत्पादक शक्तिहरूका बारेमा माक्र्सले ‘कम्युनिस्ट पार्टीको घोषणापत्र’ मा लेखेका छन् । प्रकृतिका शक्तिहरूको मानिसका अधीन हुनु, मसिनहरू, उद्योग र कृषिमा रसायनको प्रयोग, बाफले चल्ने जहाज रेल वे, बिजुलीबाट तार पठाउनु, सम्पूर्ण महादेहलाई खेतीका लागि सफा गरिनु, नदीहरूबाट नहर निकाल्नु, सबै आवादीहरूको मानौँ जादुमयी तरिकारले उत्पादन हुनु । यी सबै पुँजीवाद आउनाले सम्भव भएका हुन् । केवल दुई शताब्दीमा पुँजीवादले मानव इतिहासभन्दा पहिलेका सबै युगहरूभन्दा धेरै उत्पादन शक्तिहरूको विकास ग¥यो । (कम्युनिस्ट पार्टीको घोषणापत्र ४१)
पहिलेका शासक वर्गले श्रमिकहरूप्रति क्रूर व्यवहार गर्दथ्यो र आफ्नो नियन्त्रणमा राख्दथ्यो । गुलामबाट अर्धदास र भूदासहरूको अवस्था पहिलेको भन्दा केही रामो हुँदै गयो, फेरि पनि तिनीहरूले सोझै व्यक्ति या व्यक्तिहरूको रूपमा आफ्ना मालिकको अधीनमा काम गर्दथे । आधुनिक कालमा मजदुर वर्ग सङ्गठित र प्रभावी भयो, कुनै पुँजीपतिको व्यक्तिगत कब्जा या अधीनमा रहेन तर पुँजीपति वर्गको आम नियन्त्रणबाट उसले मुक्ति पाएन । उत्पादनको कुनै साधन आफूसँग नभएपछि ऊ श्रम बेच्न विवश हुन्छ, शोषकको फन्दामा जान्छ । (त्यही ४४) जुन मात्रामा पुँजीपति वर्गको अर्थात् पुँजीको विकास हुन्छ, त्यसै मात्रामा सर्वहारा वर्गको, आधुनिक मजदुर वर्गको पनि प्रगति हुन्छ । मजदुर वर्ग ती श्रमिकहरूको वर्ग हो जो काम पाएमात्र बाँच्न सक्छन् । उनीहरूलाई काम त्यतिखेर मात्र प्राप्त हुन्छ, जब उनीहरूको श्रमबाट पुँजी बढ्छ । यी श्रमिकहरू जो–जो आफूलाई अलग्ग– अलग बेच्न विवश छन्, कुनै पनि अन्य व्यापारिक विकाउ माल सामानका विकाउ माल हुन् र यसकारण उनीहरू प्रतियोगिताको उतारचढाव तथा तेजी मन्दीका शिकार हुन्छन् ।)
पुँजीवादले बजारमा बेच्नका लागि माल सामान निर्माण गर्दछ । माल सामान तयार हुनमा लागेको श्रम त्यसमा निश्चित भौतिक मूल्य बन्दछ । यो मूल्य श्रमकै देन हो, स्वामित्व पुँजीपतिकै हातमा हुने हुँदा त्यो श्रमबाट उत्पन्न मूल्यको ठूलो हिस्सा उसले आफ्नो कब्जामा लिन्छ र मजदुरलाई यसै हिसाबले पारिश्रमिक दिन्छ जसले गर्दा श्रमिक निरन्तर काम गरिरहोस् । यसरी अधिकभन्दा अधिक माल तयार गर्ने, नाफा गर्ने र पुँजी बढाउने यो प्रवृत्ति पुँजीपतिहरूका बीच पहिले खुला प्रतियोगिता हुन्थ्यो पछि एकाधिकार र अन्ततः साम्राज्यवादमा परिणत भएको छ । (माक्र्सवाद के हो ? १९, २०, २१, ३२ ः लेनिनले साम्राज्यवादका पाँच विशेषताहरू बताउनुभएको छ । १. उत्पादन एवं पुँजीको केन्द्रिकरण यति बढेको थियो जीवनमा एउटा महत्वपूर्ण स्थान ग्रहण गरेका थिए । २. बैड्ढहको पुँजी कलकारखानाहरूको पुँजीमा घुलमिल भएको थियो र त्यसबाट महाजनी पुँजीका मालिकहरूको एउटा सानो वर्ग पैदा भएको थियो । ३. विभिन्न माल सामानका निर्यातका अतिरिक्त अरू त्योभन्दा फरक पुँजीका निर्यातको महत्व निकै बढ्यो । ४. पुँजीपतिहरूका अन्तर्राष्ट्रिय एकाधिकारका गुट बने । उनीहरूले संसारलाई आफूआफूमा अंशबण्डा गरेका थिए । ५. सबभन्दा ठूलो शक्तिका बीच संसारको लगभग अंशबण्डा भएको थियो । १८७६ मा अफ्रिकाको ११ प्रतिशत भाग युरोपीय शक्तिहरूको कब्जामा थियो र १९०० सम्म ९० प्रतिशत उनीहरूको अधिकारमा गइसकेको थियो ।)
लेनिनले साम्राज्यवादलाई परिभाषित गरे । औद्योगिक पुँजीलाई बित्तीय पुँजीमा बदल्ने, आधारभूत उद्योगहरूको मुख्य हिस्सामा आधिपत्य जमाउने तथा कमभन्दा कम पुँजीपतिहरूका गुटहरूद्वारा सम्पूर्ण अर्थ व्यवस्थालाई नियन्त्रणमा राखेर विदेशहरूमा लूट गर्ने प्रवृत्ति साम्राज्यवाद हो । यो पुँजीवादको अन्तिम लक्ष्य (माक्र्सवादी दर्शन, २०२) हो, समाजवादी क्रान्तिको सुरुवात हो ।
हामीले देखेका छौँ कि माक्र्सका अनुसार विचार चेतना समाजको विकासको क्रममा पैदा भएको हो । यी वस्तुगत यथार्थलाई मानव समाज र प्रकृतिलाई प्रतिबिम्बित गर्दछन् । आदिम समाजपछि मानव समाजको मुख्य यथार्थ यो हो कि त्यो वर्गमा बाँडिएको छ, वर्गका आपसी हितहरूमा टकराव छ । चेतना वर्ग समाजमा वर्गको चेतना हुन्छ । (त्यही २२५) सामाजिक चेतना राजनीति र कानुनसम्बन्धी विचार, नैतिकता, कला, विज्ञान, दर्शन र धर्मका रूपहरूमा व्यक्त हुन्छ ।
सामाजिक सत्ताबाट उत्पन्न यो चेतना उत्पन्न भएपछि निजी रूप र ढाँचाहरू निर्माण गर्दछ, यिनीहरूको आ–आफ्नो अलग महत्व हुन्छ । वर्ग हितहरूलाई व्यक्त गर्नेवाला चेतनाले वर्ग सङ्घर्षमा सक्रिय भूमिका निर्वाह गर्दछ । यो विरोधी वर्गको विरुद्ध काममा लयाइन्छ । यस्तो सिद्धान्तको रूप ग्रहण गर्दछ मानौँ ईश्वरीय महिमाबाट या प्राकृतिक रूपबाट एउटा वर्ग अर्को वर्गमा हाबी हुनका लागि नै बनेको हो, विघटन, भइरहेका वर्गहरूबाटै स्थिति बलियो बनाउनमा भ्रान्ति पैदा गर्न सक्छ । साथै नयाँ क्रान्तिकारी वर्गको सजीवता र अजेयतालाई पनि चेतनाद्वारा अभिव्यक्ति मिल्दछ । (माक्र्सवादी दर्शन–जनताको हृदयमा बस्दा खेरी सिद्धान्त पनि एउटा भौतिक शक्ति बन्दछ, ६२) नयाँ विचारले प्रभावशाली ढङ्गले जनतालाई आन्दोलित गर्दछन् । माक्र्सवाद क्रान्तिकारी सर्वहारा वर्गको वैचारिक हातियार हो (माक्र्सवादी दर्शन, २०) ।
केही आलोचकहरूले माक्र्सको भौतिकवादी धारणालाई खण्डन गर्नका लागि चेतनाको गौण भूमिकका प्रश्नलाई उठाएका थिए । कुनैले त माक्र्सले चेतनाको भूमिकालाई नै अस्वीकार गर्दछन् भने । एँगेल्सले यसको उत्तर दिँदै लेखका थिए– “इतिहासको भौतिकवादी धारणा अनुसार वास्तविक जीवनको उत्पादन र पुनरुत्पादन नै अन्ततोगत्वा इतिहासको निर्णायक तत्व हुन्छ । योभन्दा धेरै माक्र्सले न मैले नै भनेको थिएँ । त्यसकारण यदि कसैले यसलाई बंग्याएर यो भन्छ कि एक्लै आर्थिक तत्व नै निर्णयक हुन्छ, उक्त प्रस्थापनालाई ऊ एउटा अर्थहीन हावादारी कुरा बनाउँछ । आर्थिक परिस्थिति आधार हुन्छ, तर माथिल्लो ढाँचाका विभिन्न तत्व पनि ऐतिहासिक सङ्घर्षका क्रममा प्रभाव पार्छन् र अनेक पटक तिनीहरूको स्वरूफलाई निश्चित गर्नमा प्रमुख भूमिका निर्वाह गर्दछन् । यी तत्वहरू हुन् – वर्ग सङ्घर्षका राजनीतिक स्वरूप र तिनका परिणाम अर्थात् सफल लडाइँ आदि पछि विजयी वर्गद्वारा स्थापित गरिएका र न्यायिक रूप । यहाँसम्मकि यो सम्पूर्ण वास्तविक सङ्घर्षहरूमा भाग लिनेहरूको मस्तिष्कमा यी सङ्घर्षहरूको प्रतिबिम्ब तथा राजनीतिक, न्यायशास्त्रीय र दार्शनिक सिद्धान्त, धार्मिक विचार तथा अन्धमतहरूका रूपमा भयो, तिनीहरूको विकास पनि ऐतिहासिक सङ्घर्षका क्रममा आफ्नो प्रभाव पार्दछ र तिनका स्वरूपलाई निश्चित गर्नमा धेरै पटक प्रमुख भूमिकासम्म निर्वाह गर्दछ । यी तमाम तत्वहरूको एक अर्कामा क्रिया प्रतिक्रिया भइरहन्छ, जसमा दुर्घटनाहरूको अपर भीडकाबीच–अर्थात् यस्ता चीजहरू तथा घटनाहरूका बीच जसको सम्बन्ध यति टाढाको छ कि अथवा जसलाई प्रमाणित गर्न यति असम्भव छ कि हामी त्यसलाई अस्तित्वहीन, नगण्यसम्म मान्न सक्दछौँ । अन्तमा आर्थिक क्रिया एउटा अनिवार्यताका रूपमा सामुन्ने आउँछ । (धर्मःमाक्र्स एँगेल्स, ३६७)
आफ्नो इतिहास हामी स्वयं निर्माण गर्दछौँ, परन्तु सर्वप्रथम यस्तो हामी निश्चित मान्यताहरू तथा परिस्थितिहरूका अन्तर्गत गर्दछौँ । यिनमा आर्थिक मान्यताहरू तथा परिस्थितिहरू अन्ततोगत्वा निर्णायक हुन्छन्, तर राजनीतिक मान्यताहरू र धारणा आदि तथा वस्तुतः यी परम्पराहरू पनि जुन मानव मस्तिष्कमा जमिरहेका हुन्छन् यिनमा एउटा भूमिका निर्वाह गर्दछ, यद्यपि यो भूमिका निर्णायक हुँदैन । प्रसियाई राज्यको उदय तथा विकास पनि ऐतिहासिक, अन्ततोगत्वा आर्थिक कारणहरूबाट भएको थियो । परन्तु थोते वा बोक्रे विद्याडम्बरको सहारा लिए विना यो मुस्किलसित भनन सकिन्छ कि अरू अर्को तत्वलाई छाडेर (खास गरेर, प्रशाको स्वामित्वका कारण पोलैन्डसित उल्झनलाई र त्यसको कारणले जसलाई अष्ट्रियाई राजवंशको सत्ताको स्थापनामा वास्तवमा निर्णायक भूमिका निर्वाह गरेको थियो) केवल आर्थिक अनिवार्यताले यो कुरालाई निश्चित गरिदियो र उत्तर कि दक्षिणकाबीच आर्थिक, भाषासम्बन्धी र धर्म सुधार आन्दोलनपछि जो धार्मिक अन्तर उत्पन्न भए तिनीहरूलाई आफूभित्र समावेश गरेर उत्तरी जर्मनीका साना साना राज्यहरूमा खास किसिमले बे्रन्डेन वर्गको राज्य नै त्यहाँको महान् शक्ति बन्न सकोस् । आफूलाई हास्यास्पद नबनाइकन अर्थशास्त्रका माध्यमबाट यो कुरालाई भन्न अप्ठ्यारो भयो कि जर्मनीको प्रत्येक पुरानो र वर्तमान राज्यहरू किन अस्तित्वमा आएका थिए । यसैगरी त्यसका माध्यबाट यो भन्न पनि अप्ठेरो छ कि उच्च जर्मन भाषाका ती व्यन्जनहरूको ती परिवर्तनहरूको उत्पति कसरी भएको थियो जसले ती भौगोलिक विभाजनलाई झनै बढाइदिएका थिए, जो सुडेट पर्वतमालादेखि लिएर टानसम्म फैलिएका पर्वतहरूका कारणले पहिलैदेखि थिए र जसले जर्मनीको एउटा कुनादेखि लिएर अर्को कुनासम्म मजाले फाटो पैदा गरे ।
अगाडि इतिहासको निर्माणमा व्यक्तिगत इच्छा आकाङ्क्षा र तिनीहरूको निर्णायक महत्वलाई स्पष्ट गर्दै उनले लेखेका छन्– अर्को कुरा इतिहासको निर्माण यसरी हुन्छ कि जुन अन्तिम परिणाम निक्लिन्छ त्यो सधैँ अनेक वैयक्तिक इच्छाहरूको फल हुन्छ र यिनीहरूमध्ये प्रत्येक इच्छा स्वयं पनि (त्यो जुन केही हुन्छ) त्यो पनि जीवनको अनेक विधि विशिष्ट परिस्थितिहरूका कारण हुन्छ । यसरी एकले अर्कोलाई काट्ने अनन्त शक्तिहरू हुन्छन् शक्तिहरूको समानान्तर चतुर्भुजको एउटा अनन्त सृङ्खला हुन्छ र त्यो परिणाम जसलाई ऐतिहासिक परिणाम भनिन्छ तिनै भित्रबाट निस्किन्छ । यो पनि स्वयं यस्तो शक्तिको रूपमा देखिन्छ जुन पूरै किसिमले हेर्दा अचेतन रूपबाट विना कुनै इच्छा शक्ति काम गर्दछ । प्रत्येक वैयक्तिक इच्छाको मार्गमा प्रत्येक अर्को व्यक्तिले व्यवधान उत्पन्न गर्दछ र जुन चीन अन्तमा सामुन्ने आउँछ । त्यो यस्तो हुन्छ जसको कुनै इच्छा हुँदैनथ्यो । यसरी अहिलेसम्म इतिहास एउटा प्राकृतिक प्रक्रियाका रूपमा नै चल्दै आएको छ र मूलतः त्यो प्राकृतिक प्रक्रियाको गतिको अधिनमा नै रहिरेहेको छ, तर यस कुराले कि व्यक्तिहरूका इच्छाहरू जसमा प्रत्येकले त्यही चाहन्छ जसलाई चाहनाको लागि त्यसको भौतिक शरीर – रचना तथा बाह्य, अन्ततगोत्वा आर्थिक परिस्थितिहरू (यात उसका आफ्नै परिस्थितिहरू अथवा सामाजिक परिस्थितिहरू) त्यसलाई बाध्य बनाउँछन्– ठीक त्यसै वस्तुलाई प्राप्त गर्न सक्दैन, जसलाई उसले चाहन्छ बरु तिनी एउटा संयुक्त औसतमा, एक आम संयुक्त परिणाममा विलीन हुन्छन् । यो निष्कर्ष निकाल्न सकिन्न कि यी इच्छाहरू शून्यका समान हुन् । यसका विपरीत अन्तिम परिणाममा त्यसमध्ये प्रत्येकको योगदान हुन्छ र त्यस हदसम्म त्यो त्यस परिणाममा सामेल हुन्छ (धर्मः माक्र्स एँगेल्स, ३६९) ।
अनुवादः बुद्धिसागर भट्टराई
(धर्मबारे माक्र्सवादी दृष्टिकोण पुस्तकबाट)
Leave a Reply