भर्खरै :

प्रदेशसभाको निर्वाचन मन्त्री बनाउन होइन

– मेरिना शाक्य
नेकपाका नेता वामदेव गौतमले भक्तपुरको एक जनसभामा फुके, “डीपी ढकाल मन्त्री पक्का भो ।” ‘छोरो पाउने कहिले कहिले भोटो सिउने पहिले’ भनेझैँ झोलामा मन्त्री पद भिड्दै आएका नेता निर्वाचनपछि ठण्डाराम भए । डीपी ढकाल निर्वाचनमा हारे, मन्त्री पक्का बनाउने नेता गौतमको शिर झुके । सायद नेता गौतमले निधारमा हात राखेर जाडोमा पनि पसिना खलखल बगाइरहे । उनले भन्नै नहुने भने र प्रायश्चित गरे । नेता गौतम आफैँ स्वच्छ छविका व्यक्ति होइनन् । एमाले पार्टी फुट्दाका बखत उनी ‘एक नम्बरका भ्रष्टाचारी’ थिए । यो जनताको भनाइ होइन, अरु कुनै दलको नेताको पनि भनाइ होइन । भ्रष्टाचारीको दाबी एमालेकै नेताहरूले राजधानीको खुलामञ्चमा घोषणा गरेका थिए । उनै नेताले नेकपा (माओवादी) का उम्मेदवार ढकाललाई निर्वाचनअघि नै जितेको दाबी गरे र मन्त्रीले सुशोभित पार्ने वाचा गरे ।
विगतमा झूटको राजनीति गर्नेमा नेकपाका दाहाल अगाडि थिए । त्यसको क्रम भ· सोही पार्टीका अध्यक्ष केपी ओलीले गरे । त्यसलाई चुनौती दिँदै वामदेव पनि झूटको खेती गर्न अघि सरे । माओवादी उम्मेदवार ढकाललाई नेता गौतमले मन्त्री बनाउने उद्घोष गर्दा स्रोताहरूले तालि पिटे, नेता गौतमले नाक फुलाए । तर परिणाम उल्टो भयो र ढकालले मन्त्री नपाएर दुर्दशा पाए । नेता गौतमले चुनाव नहुँदै आफ्ना उम्मेदवारलाई किन मन्त्री घोषणा गर्नुप¥यो ? प्रदेशसभाको निर्वाचन के मन्त्री हुन गइरहेको हो ? के निर्वाचित प्रदेशसभा सदस्य हरिशरण लामिछानेको मृत्यु ढकाललाई मन्त्री बनाउन हो ?
मन्त्रीको लोभ देखाएर आफ्नो उम्मेदवार जिताउने नेता गौतमको प्रपञ्च रहेछ । के सत्तारुढ दलका एक उच्चस्तरीय नेतालाई यसरी लोभ र छलछामको राजनीति गर्न सुहाउँछ ? आफू पहिलेको संसदीय निर्वाचनमा हारेपछि अरु निर्वाचित सांसदलाई राजीनामा गराएर भए पनि सांसद बन्नैपर्ने दाबी गरेका उनी असफल पात्र हुन् । गोलगोल भन्दा भन्दै भद्रगोल भएका नेता हुन् उनी । भद्रगोल भएका नेताले भक्तपुरमा गर्न खोजेको अर्काे लोभ र छलको राजनीति पनि भद्रगोल भयो । मन्त्री बनाउने नेता गौतमको सपना फागुन चैतको हुरी नआउँदै उड्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *