नेपालभाषा साहित्य तःमुंज्याको ऐतिहासिक कदम !
- कार्तिक ७, २०८३
भारतले कार्तिक १६ गते सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपालका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र भारतमा गाभ्यो । नेपाली जनताले भारतको सो नक्साको चर्को विरोध गरिरहेका छन् । तर, सरकार र सत्तासीन दलका नेताहरू भने नेपाली जनताको आक्रोश सकेसम्म मत्थर बनाउने प्रयासमा लागेका छन् । यहीबीच मन्त्रिमण्डल परिवर्तन गरेर सरकारले विषयान्तर गर्ने कोसिस ग¥यो । तर, भारतको मिचाहा प्रवृत्तिविरूद्ध नेपाली जनताको देशभक्ति भावनालाई भने सरकारले अन्यत्र मोड्न सकेको छैन । आज पनि भारतको विस्तारवादी कदमविरूद्ध प्रदर्शनका गतिविधि चालू छ ।
नेकपाका एक जना अध्यक्ष पुष्पकमल दाहालले यो विषय ‘दुई देशबीच कूटनीतिक संवादमार्फत समाधान गर्नुपर्ने’ र ‘अन्तर्राष्ट्रियकरण गर्न नहुने’ बताएका छन् । दुई देशबीचको संवादमार्फत नेपाल–भारतबीचको सिमाना विवाद समाधान हुने भए धेरै अघि नै यसको समाधान भइसक्नुपर्ने थियो । सिमानाको विषयमा काम गर्न दुई देशबीच धेरै संरचनाले विगतमा पनि काम गरेका थिए, आज पनि केही संरचना अस्तित्वमा छन् । तर, तिनले हरेक पटकको बैठकमा लिपिम्याधुरा, लिपुलेक र कालापानीको विषय पन्छाउने गर्दै आएका छन् । सुस्ताको विवादलाई पनि ती संरचनाले सम्बोधन गर्न सकेका छैनन् ।
कालापानी र सुस्ता क्षेत्रको समस्या आजको समस्या होइन । दसकौँ पुराना ती विवादबारे भारत अनभिज्ञ पनि होइन । तथापि भारतले आफ्नो नक्सामा ती क्षेत्र गाभ्नुले भारतको मिचाहा र हेपाहा प्रवृत्ति प्रस्ट हुन्छ । भारतले अनजानमा ती भूभाग आफ्नो नक्सामा गाभेको होइन । नेपालको भूमि भएको जानेर पनि भारतले त्यस्तो काम गरेको हो । त्यसकारण भारतसँगको कूटनीतिक संवादबाट मात्र समस्या समाधान सम्भव छैन । त्यसको लागि यो विषयलाई अन्तर्राष्ट्रियकरण गर्नुको विकल्प छैन ।
पुष्पकमल दाहालले भारतकै शासक वर्गको चाहनाअनुसार यो विषयलाई अन्तर्राष्ट्रियकरण गर्न चाहेको छैन । अन्तर्राष्ट्रिय दबुमा भारतको बदनाम हुने डरमा भारत यो विषयलाई दुई देशबीच सीमित गर्न चाहन्छ । उसको त्यो स्वार्थलाई दाहालले पनि साथ दिइरहेको छ अर्थात् उनले भारतकै स्वार्थको प्रतिनिधित्व गरेका छन् । तर, यो अडान नेपाल र नेपाली जनताको भावनाविपरीत छ । यसले नेपालको सार्वभौमिकता र भूअखण्डतालाई अझ कमजोर बनाउने छ । त्यसकारण देशभक्त नेपाली जनताले भारतीय मिचाहा प्रवृत्तिसँगै उसको स्वार्थलाई टेवा दिने नेपालका शासक नेताहरूको पनि विरोध गर्न जरूरी छ । दाहालले यो विषयमा भारतीय स्वार्थको प्रतिनिधित्व गरेर आफ्नो वास्तविक अनुहार अझ उजागर गरेका छन् । नेपालको सार्वभौमिकता कमजोर बनाउन हिजो दाहालले गरेका गल्तीलाई उनले अझै निरन्तरता दिइरहेका छन् । देश जोगाउन चाहने नेपाली जनताले नेपालमै लुकेर बसेका भारतले पालेका मान्छेलाई चिन्ने राम्रो अवसर हो यो । दाहालले आफ्नो अडान बदल्न जरूरी छ । नेपाली जनताको देशभक्ति भावनामा आँच पु¥याउने काम अध्यक्ष प्रचण्डले गर्नुहुँदैन ।
Leave a Reply