युद्ध र वार्ताजस्तै नाकाबन्दी पनि सफल हुनेछैन
- बैशाख ५, २०८३
– प्रकाश
संरा अमेरिका र पश्चिमा देशहरूले नेपाललगायत दक्षिण एसियाली देशबारे नीति निर्धारण गर्न भारत सरकारसित समन्वय गर्ने समझदारी भएसँगै संरा अमेरिकाले आफ्नो एसिया–प्यासिफिक कमान्डलाई ‘इन्डो–प्यासिफिक कमान्ड’ नामकरण ग¥यो । लगत्तै ‘इन्डो–प्यासिफिक रणनीति र सङ्गठन’ सिर्जना गरियो र भारतलगायत सार्कका सदस्य राष्ट्रहरूलाई त्यसमा समाहित गर्न खोजियो । इन्डो–प्यासिफिक सामान्य सङ्गठन होइन यो सैनिक गठबन्धन र सम्झौता हो । अन्तर्राष्ट्रिय सम्बन्ध र सन्धिबारे जानकारी राख्ने हरेकलाई थाहा छ कि इन्डो–प्यासिफिक गठबन्धनको उद्देश्य उदयीमान एसियाली राष्ट्र चीनको प्रगतिलाई रोक्नु र घेरा हाल्नु हो । त्यसैले इन्डो–प्यासिफिक गठबन्धन वा सम्झौतामा लाग्नु हुँदैन भनी भारत, नेपाल, बङ्गलादेश, श्रीलङ्का सबैतिर आ–आफ्ना देशका सरकारप्रति जनताको ठूलो विरोध र दबाब छ । श्रीलङ्कामा इन्डो–प्यासिफिकप्रति सकारात्मक रहेको तत्कालीन प्रधानमन्त्री रणिल विक्रमासिङ्घेको पार्टी युनाइटेड नेसनल पार्टी राष्ट्रपतीय निर्वाचनमा पराजित भइसकेको छ ।
बिहीबार उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलसँग नेपाल भ्रमणमा रहनुभएका एसिया प्रशान्त क्षेत्रका लागि सुरक्षा मामिलासम्बन्धी अमेरिकी सहायकमन्त्री ¥याण्डम जी स्च्रिभरको भेट भयो । भेटमा स्च्रिभरले ‘हिन्द प्रशान्त रणनीति’प्रति सकारात्मक हुन आग्रह गर्नुभएको र जवाफमा उपप्रधानमन्त्री पोखरेलले सो रणनीतिप्रति आफूहरू सकारात्मक भएको जनाउनुभएको समाचार सार्वजनिक भयो ।
नेपाली सेनाका लागि विपद् व्यवस्थापन र मानवीय सहयोग वृद्धिका लागि आग्रह गर्नुलाई अन्यथा मान्न नसकिए पनि ‘स्टेट पार्टनरसिप प्रोग्राम’, संयुक्त सैन्य अभ्यास तथा नेपालमा अमेरिकी रक्षा र सुरक्षासम्बन्धी सहकार्य वृद्धिलगायत विषयमा छलफल गर्नु नेपाललाई प्रकारान्तरले ‘इन्डो–प्यासिफिक गठबन्धन’मा समाहित गर्ने कदम नै मानिने छ । के वर्तमान सरकारको उद्देश्य छिमेकी मुलुक चीनको प्रगतिलाई रोक्न र घेरा हाल्नमा संरा अमेरिकालाई सघाउने हो ?
Leave a Reply