भर्खरै :

बझाङमा नेमकिपाको भेला

बझाङ, १९ मंसिर । नेपाल मजदुर किसान पार्टीले जयपृथ्वीनगर नपाको चैनपुरमा समर्थकको भेला गरेको छ ।
बिहीबार आयोजित भेलामा नेमकिपाका केन्द्रीय सदस्य एवम् सुदूरपश्चिम प्रदेशका संयोजक नन्दबहादुर शाहीले भारतीय विस्तारवादविरुद्धको आन्दोलनलाई तीव्र पार्नुपर्ने बताउनुभयो । उहाँले नेपालका शासकहरूको नालायकीको कारण नेपालको सार्वभौमिकतामाथि भारतले निरन्तर हस्तक्षेप गरिरहेको उल्लेख गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य बजीरसिं विकले कामदार वर्गको सङ्घर्षविना देशमा आमूल परिवर्तन नहुने बताउनुभयो ।
नेमकिपा, कैलालीका अध्यक्ष रमेशकुमार रावलले समाजवादी व्यवस्थाले मात्र शोषणको अन्त गर्ने धारणा राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *