भर्खरै :

संस्कृतिलाई अन्धविश्वासबाट मुक्त गर्नु जरुरी

– आस्था तामाङ, भक्तपुर
धेरै नेपाली जनता आ–आफ्ना भाषा र संस्कृतिलाई माया गर्छन् । आफ्नो भाषा र संस्कृति संरक्षण गर्नु जरुरी पनि छ । तर, हामी हाम्रो भाषा संस्कृतिलाई माया गर्छौं भनेर मात्र पनि पुग्दैन । त्यसका निम्ति हामीले धेरै मेहनत गर्नुपर्छ । हामीले आफ्नो मातृभाषा आफूले निरन्तर रुपमा बोल्ने त छँदैछ, त्यसलाई अझ समृद्ध बनाउन अध्ययन, अनुसन्धान र लेखन गर्नुपर्ने हुन्छ । इच्छा भएका फरक भाषीहरूलाई र नयाँ पुस्तालाई भाषा सिकाउँदै जानुपर्छ ।
संस्कृति बचाउने प्रश्न जहाँसम्म छ्र, संस्कार र संस्कृति समयअनुसार बदलिँदै जाने गर्छ । कामीले हाम्रो लागि उपयोगी संस्कार र संस्कृति बचाउनुपर्छ भन्ने अन्धविश्वास र खराब संस्कारहरू छोड्दै जानुपर्छ । जातीय विभेद हाम्रो संस्कार संस्कृतिको एउटा नकारात्मक पक्ष हो । त्यसलाई हटाउँदै लान नसकेसम्म हाम्रो समाजमा साँचो अर्थमा न्याय र शान्ति आउन सक्दैन । प्रकृतिले सबै मानिसलाई भिन्नभिन्नै बनाएका छन् । तर, मानव जातिको धेरै गुण समान छन् । मानिसको राम्रो र नराम्रो सोच र कर्मको आधारमा मूल्याङ्कन हुनुपर्छ, नकि उसको जाति, भाषा र छालाको रङ्गको आधारमा । आजको एक्काइसौं शताब्दीमा पनि हाम्रो समाज अन्धविश्वासमा जकडिएको देख्दा अचम्म र दुःख एकैसाथ लाग्छ । हाम्रो समाजलाई सभ्य र सुसंसकृत बनाउन हाम्रो संस्कार र संस्कृतिलाई अन्धविश्वासबाट मुक्त गर्नु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *