भर्खरै :

पत्रकार रिसाल ‘नूर–गङ्गा प्रतिभा सम्मान–२०७५’ बाट सम्मानित

काठमाडौँ, २७ मङ्सिर (रासस) :  पत्रकार भैरव रिसाललाई ‘नूर–गङ्गा प्रतिभा सम्मान–२०७५’ बाट सम्मान गरिएको छ । पत्रकार रिसालले पत्रकारिताको क्षेत्रबाट राष्ट्र निर्माणमा पु¥याएको योगदनको कदर गर्दै नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीद्वारा यहाँ आज आयोजित समारोहमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सम्मान गर्नुभयो ।
त्यसैगरी गुठीले ‘नूर–गङ्गा राष्ट्रिय लोकगायन पुरस्कार–२०७५’ लोकगायिका बीमाकुमारी दुरालाई प्रदान गरेको छ । पुरस्कारको राशि जनही रु एक लाख रहेको छ । ‘नूर–गङ्गा साहित्य पुरस्कार–२०७५’ साहित्यका प्रा डा मुरारीप्रसाद रेग्मीलाई प्रदान गरिएको छ ।
पुरस्कारको राशि रु ३० हजार रहेको छ । ‘क्षेत्रीय नूर–गङ्गा नवप्रतिभा पुरस्कार–२०७५’ लोकगायिका कमला पोखरेललाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु २० हजार रहेको छ । ‘नूर–गङ्गा बाल प्रतिभा पुरस्कार–२०७५’ बालकवि अरुग्या नेपाललाई प्रदान गरिएको छ । सोही अवसरमा पूर्वप्रधानन्यायाधीश कार्कीले नेपाली लोकगीत र साहित्यलाई राज्यले सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीको स्थापना विसं २०४९ मा भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *