नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
पेरिस, ८ वैशाख । पेरिसमा बिहीबार बेलुका भएको आतङ्ककारी आक्रमणको घटनाको अतिवादी समूह इस्लामिक स्टेट (आइएस) लडाकूहरुले जिम्मा लिएका छन् ।
घटनामा परी एक जना प्रहरीको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
फ्रान्सको गृह मन्त्रालयका प्रवक्ताले उक्त आक्रमणका क्रममा आक्रमणकारीले कारबाट ओर्लेर स्वचालित हतियारद्वारा गोली प्रहार गरेको बताउनुभयो ।
उहाँले घटनामा संलग्नहरुको खोजी र अनुसन्धानकार्य अगाडि बढाइसकिएको जानकारी दिनुभयो ।
प्रहरीले घटनास्थलबाट विभिन्न दृष्टीकोणले घटनाका बारेमा अध्ययन गरिरहेको र प्रमाणहरु संकलन गरेको उहाँले बताउनुभयो ।
उक्त हमलापछि फ्रान्सका राष्ट्रपति फ्राँस्वाँ अलान्दले सुरक्षा परिषद्को बैठक बोलाइएको जानकारी दिनुभयो ।
उहाँले ट्विटरमार्फत् घटनामा मृतकप्रति श्रद्धान्जलि व्यक्त गर्दै घाइतेहरुप्रति सहानुभूति र सिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
राष्ट्रपतीय चुनावको पहिलो चरणको मतदान हुनु केही दिन अघि यस्तो घटना भएको हो । घटनापछि पेरिसमा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ । रासस÷सिन्ह्वा
Leave a Reply