रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
सि चिन फिङ
माओ त्सेतुङ विचारधाराको जीवन्त भावना भनेको विचारधारामा ठोस भनेर रहेको अडान, दृष्टिकोण एवम् पद्धति हो, यसका तीनवटा आधारभूत पक्षहरू छन्, तथ्यबाट सत्यको खोजी, जनपक्षीय नीति र स्वतन्त्रता । नयाँ अवस्थामा चिनियाँ विशेषतासहितको समाजवादको बृहत् उद्देश्यलाई अगाडि बढाउन र हाम्रो पार्टी निर्माण गर्नमा माओ त्सेतुङ विचारको जीवन्त भावनालाई उच्चरूपमा अवलम्बन गर्नुपर्दछ ।
माक्र्सवादको मौलिक सिद्धान्तअनुरूप तथ्यबाट सत्यको खोजी गर्नु, विश्वलाई बुझ्नु र रूपान्तरण गर्नु चिनियाँ कम्युनिस्टहरूका लागि एक आधारभूत आवश्यकता हो । यो हाम्रो पार्टीको विचार गर्ने, काम गर्ने र नेतृत्व गर्ने आधारभूत तरिका हो । हामी आफूले गर्ने हरेक काममा यथार्थबाट सुरु गर्ने, सिद्धान्तलाई व्यवहारमा उतार्ने र व्यवहारबाटै सत्यको जाँच र विकास गर्ने सिद्धान्तलाई सकार्दै आइरहेका छौँ र त्यसो गरिरहने पनि छौँ ।
माओ त्सेतुङले एक पटक भन्नुभएको थियो, “तथ्य भनेको वस्तुगतरूपमा रहेका सबै चिजहरू हुन् । सत्य भनेको तिनीहरूको आन्तरिक सम्बन्ध हो, त्यसको तात्पर्य तिनीहरूलाई सञ्चालन गर्ने नीतिहरू हुन् र ‘खोज’ भन्नाले त्यसको अध्ययन गर्नु हो ।” उहाँले ‘निसानामा वाण हान्नु भन्ने’ अलङ्कारिक दृष्टान्त दिनुभयो । त्यसको तात्पर्य चीनको क्रान्ति, आधुनिकीकरणको अभियान र सुधारको ‘निसाना’ मा माक्र्सवादको ‘वाण’ हान्नुपर्दछ भन्ने थियो ।
तथ्यबाट सत्यको खोजी गर्न हामीले कुनै वस्तुको यथार्थताको गहन समझदारी प्राप्त गर्नुपर्दछ र सतहबाट वस्तुको भित्री तहसम्म नियाल्नुपर्दछ । खण्डित वस्तुस्थितिको माझमा वस्तुहरूबीचका जटिल अन्तरसम्बन्ध पत्ता लगाउनुपर्दछ ।
हामीले वस्तुको अस्तित्व र त्यसको वस्तुपरक नियतिलाई मानेका छौँ भन्ने आधारमा वस्तुगत नियमहरूको अनुगमन गर्नुपर्दछ । तथ्यहरूबाट सत्यको खोजी गर्ने सिद्धान्तको अनुसरण सधैँका लागि एक पटकमात्र गर्ने कुरा होइन । कुनै एक खास स्थान र समयमा मात्र यस सिद्धान्तको अनुसरण गरेर अर्को कुनै स्थान र समयमा पुनः सफल होला भन्ने होइन । कुनै एक स्थान र समयमा हासिल गरेको निचोड र अनुभव अर्को स्थान र समयमा आवश्यक रूपमा प्रयोग नहुन सक्छ । हामीले चेतनशील भएर हाम्रो अवधारणालाई सबल बनाउनुपर्दछ र तथ्यहरूबाट सत्यको खोजी गर्ने हाम्रो दक्षतामा वृद्धि गरी त्यसको प्रयोग गर्नुपर्दछ । यो कुरा हामीले सदा मनमा लिनुपर्दछ र काममा प्रयोग गर्नुपर्दछ ।
आजको अवस्थामा तथ्यहरूबाट सत्यको खोजी गर्नु भन्नुको अर्थ के हो भने हामीले हाम्रो आधारभूत राष्ट्रिय अवस्था स्पष्टरूपमा बुझ्नुपर्दछ । त्यो के हो भने हाम्रो राष्ट्र अझै पनि समाजवादको प्राथमिक तहमा छ र आउने धेरै समयसम्म सोही स्थितिमा रहने छ । सुधार र विकासलाई अगाडि बढाउँदा र नीति एवम् निर्देशनहरू बनाउँदा, आधारभूत अवस्थासँग मेल खाने प्रकारले सबै कुराहरू गर्नुपर्दछ । वस्तुगत अवस्था र समयको वास्ता नगरी शीघ्र सफलताका लागि काम गर्ने प्रवृत्ति पन्छाउनुपर्दछ र वास्तविकतासँग मेल नखाने कुनै पनि पुरानो अथवा ऐसआरामी विचार र कार्यहरूलाई जसले वास्तविकताका मूलभूत परिवर्तनहरूलाई बेवास्ता गर्छन् तिनलाई विनाअपवाद सच्याइनुपर्दछ ।
तथ्यहरूबाट सत्यको खोजी गर्दा जनताको भलाइका लागि हामीले सधैँ सत्यतालाई अँगाल्नुपर्दछ र गल्तीहरू सच्याउनुपर्दछ । स्पष्ट, निःस्वार्थ र निडर भई तथ्यहरूमा आधारित सत्यलाई हामीले साहसी बनेर व्यक्त गर्नुपर्दछ र निर्णय गर्दा र काम गर्दा भए गरेका सैद्धान्तिक विचलन र भूलहरू आइपर्नेबित्तिकै पत्ता लगाई सच्याउनुपर्दछ र वस्तुपरक नियम, समयको माग र जनताका इच्छाहरूसँग मेलखाने प्रकारले हाम्रा विचार र कार्यहरू बनाउन सबै प्रकारका द्वन्द्व र समस्याहरू पत्ता लगाउनु र समाधान गर्नुपर्दछ ।
तथ्यहरूबाट सत्यको खोजी गर्दा हामीले व्यवहारमा आधारित सैद्धान्तिक नवप्रवर्तनलाई प्रोत्साहन दिनुपर्छ । माक्र्सवादका आधारभूत सिद्धान्तहरू भौतिक, वैचारिक मूल्यसहितका सार्वभौम सत्य हुन् । तापनि माक्र्सवादीका शास्त्रीय लेखकले सत्यको पूर्णतः खोजी गरेनन् । तर, खोज र विकासको बाटोलाई प्रकाश दिए । आज हामी चिनियाँ विशेषतासहितको समाजवादमा संलग्न भई त्यसको विकासमा लाग्दा गहन स्तरमा सुधार कार्य सञ्चालन गर्दा देख्न सकिने तर आकलन गर्न नसकिने अप्ठ्याराहरू तथा खतराहरूका बीच प्रभावकारीरूपमा कार्य गर्दा हाम्र बाटाअगाडि नयाँ समस्याहरू देखापर्ने छन् । यी सबै कुराहरूका लागि नयाँ र उचित सैद्धान्तिक समाधानको आवश्यकता पर्दछ । हामीले पार्टीको नेतृत्वमा जनताले आर्जन गरेको ताजा अनुभवहरूको समीक्षा गर्नुपर्दछ । चिनियाँ सन्दर्भमा माक्र्सवादको अटुटरूपमा अनुसरण गर्नुपर्दछ र चीनमा माक्र्सवादलाई अरू चम्काउनुपर्दछ ।
‘जनपक्षीय नीति’ पार्टीको जीवनाधार र मौलिक कार्यसिद्धान्त हो । यो एउटा आदरसाथ स्थापित गरिएको परम्परा हो । यसले हाम्रो पार्टीलाई आक्षनो शक्ति र सङ्घर्षशील क्षमता चालू राख्न सक्षम बनाउँदछ । जनताको भलाइका लागि तिनीहरूको शक्तिमाथि भर पर्दै जनताबाट जनतासम्मका सिद्धान्तहरूको सञ्चालनमा पार्टीका नीतिहरूलाई जनताको चेतनशील कार्यमा परिवर्तित गर्न र जनपक्षीय विचारधारा सबै सरकारी कार्यहरूमा लागू गर्नमा हामी सदा नै प्रतिबद्ध थियौँ र रहने छौँ ।
‘जनपक्षीय नीति’ ले सारभूतरूपमा जनता इतिहासका निर्माता हुन् भन्ने माक्र्सवादको विचारलाई समेटेको छ । इतिहासको अग्रगति निर्देशित गर्ने आधारभूत नियमहरू बुझ्न हामी सिद्धान्तमा लिप्त हुनुपर्दछ । हामीले यी नियमहरू पालना गरेर हामी अजेय हुनुपर्दछ । इतिहासले समयसमयमा के प्रमाणित गरेको छ भने जनता ऐतिहासिक विकास र सामाजिक प्रगतिका विशाल शक्ति हुन् । माओ त्सेतुङले भन्नुभएअनुसार, “एक पटक जब चीनको भविष्य जनताको हातमा पर्छ चीनले पूर्वमा उदाउने सूर्यले झैँ उज्यालो ज्वालासहित धरतीका प्रत्येक कुनालाई जाज्ज्वल्यमान बनाउने छ ।
‘जनपक्षीय नीति’ मा आबद्ध हुनु भनेको जनता हाम्रो भविष्य र भाग्यबारे निर्णय गर्ने मौलिक शक्ति हुन् भन्ने कुरा बुझ्नु हो । पार्टीलाई अभेद्य बनाउने बलियो आधारशिला राष्ट्रमा जनताको प्रमुखताप्रति हाम्रो संलग्नता र तिनीहरूको कार्य तत्परतालाई पूर्णरूपमा क्रियाशील बनाउनमा भरपर्दछ । जनताको अगाडि हामी सबै सधैँ विद्यार्थी हौँ । त्यसकारण हामीले उनीहरूबाट सल्लाह लिनुपर्दछ । हामीले उनीहरूको इच्छा, अनुभव, अधिकार र भूमिकाको पूर्ण आदर गर्नुपर्दछ । हामीले जनताबाट सुम्पिएको अधिकार स्मरण गर्दै त्यसको बुद्धिमानीपूर्वक परिचालन गर्नुपर्दछ र तिनीहरूको सुपरिवेक्षण र स्वागत गर्नुपर्दछ । हाम्रो पार्टीको जग सुदृढरूपमा स्थापित गर्ने ऐतिहासिक उपलब्धिको सिर्जना गर्न हामी तिनीहरूमाथि निकटरूपमा निर्भर रहनुपर्दछ ।
‘जनपक्षीय नीति’ मा आबद्ध रहनु भनेको पूर्ण हृदयले जनताको सेवा गर्नु हो भन्ने मूलभूत नीतिको अनुसरण हो ।
कानुनी आदेशहरू जनताको आकाङ्क्षाअनुरूप छन् भने तिनीहरू मान्य हुन्छन् । यदि जनताको आकाङ्क्षाविपरीत छन् भने तिनीहरू निष्कृय हुन्छन् । दिलोज्यान लगाएर जनताको सेवा गर्नु पार्टीको मौलिक उद्देश्य हो र सबै कार्यहरूको अन्तिम निष्कर्ष हो । यो एक सङ्केत हो जसले हाम्रो पार्टीलाई अरू पार्टीहरूको दाँजोमा उच्च राख्दछ । पार्टीका सम्पूर्ण कार्यहरूका लागि
बाँकी पृष्ठ ६ मा
माओ…
उच्चतम मापदण्डले विशाल बहुसङ्ख्यक जनताको आकाङ्क्षामा कतिको सेवा पु¥याउँछ भन्ने हो । हाम्रा सबै कामको प्रभावकारिता जनताले अन्ततोगत्वा प्राप्त गर्न सकेका खास फाइदाहरू, तिनीहरूको जीवनमा आएका सुधारहरू र तिनीहरूको हक र चाहनाहरू कतिसम्म राम्रो तवरले सुरक्षित भएका छन् भन्ने कुराबाट नापिनुपर्ने हुन्छ । समृद्ध जीवनप्रति तिनीहरूको आकाङ्क्षामा हामी आत्मसन्तोष एवं खुकुलो भइरहन मिल्दैन बरु कडा परिश्रम गर्नुपर्ने बाध्यता पर्दछ ता की सबै स्वच्छरूपमा विकासको प्रतिफलमा सहभागी हुन र उन्नतितर्फ दृढतापूर्वक अगाडि बढ्न सकून् ।
‘जनपक्षीय नीति’ मा आबद्ध हुुनुको अर्थ पार्टी र जनताबीच निकट सम्बन्ध कायम गर्नु भन्ने हो । हाम्रो पार्टीको उच्चतम राजनीतिक उपादेयता जनतासँग यसको निकट सम्बन्ध हो । शासकीय पार्टीको निमित्त ठूलो खतरा भनेको जनताबाट अलग्गिनु हो । माओ त्सेतुङले भन्नुभएको छ, “हामी कम्युनिस्टहरू बीउजस्ता हौँ र जनता माटा जस्तो हुन्, हामी जहाँसुकै पनि जनताको साथमै हुन्छौँ, त्यही जरो गाड्छौँ, उनीहरूकै बीचमा फुल्छौँ । सबै पार्टी सदस्यहरूले पहिले जनता र अनि जनपक्षीय विचारधाराको सिद्धान्तलाई मनमा लिनुपर्दछ र तिनीहरूलाई प्रयोगमा ल्याउनुपर्दछ । हामीले पार्टीभित्र खास गरेर जनतालाई असन्तुष्ट लागेका समस्याहरू समाधान गर्न सक्दो किसिमले कार्य गर्नुपर्दछ जसबाट पार्टीले सधैँ तिनीहरूको विश्वास र समर्थन प्राप्त गर्न सकोस् ।
‘जनपक्षीय नीति’ मा आबद्ध रहनुको तात्पर्य जनतालाई हाम्रो कामको मूल्याङ्कन गर्न लगाउनु हो । कुनै कानुन असल छ छैन भन्ने कुरा जान्ने जनता नै हुन् । कुनै राजनीतिक पार्टीको भविष्य र भाग्य जनसमर्थनले नै निर्धारण गर्दछ । जनसमर्थनबाटै हामीले हाम्रो शक्ति प्राप्त गर्दछौँ । जनताको सङ्ख्याको दाँजोमा पार्टीका सदस्यहरूको सङ्ख्या थोरै हुन्छ । जनसमर्थनबिना पार्टीको विशाल लक्ष्य कहिल्यै पनि हासिल हुनसक्तैन । पार्टीको शासकीय शक्ति र क्रियाकलाप जाँच्ने काम हाम्रो होइन । पार्टीको कार्यको उच्चतम र अन्तिम न्यायाधीश जनता हुन्, जसले त्यसको जाँच गर्नुपर्दछ र गर्नसक्तछ । यदि हामी स्वाँगी भएमा, आफूलाई जनताबाट विच्छेद गरेमा र उनीहरूभन्दा माथि आफूलाई स्थापित गरेमा हामीलाई निश्चय नै तिनीहरूले परित्याग गर्ने छन् । कुनै पनि पार्टीको विषयमा यो कुरा लागू हुन्छ र यो एउटा फलामे नियम हो, जसको अपवाद हुँदैन ।
पार्टी र जनताको शक्तिमा भरपर्दै क्रान्ति, विकास र सुधारका विभिन्न तहहरू पार गर्दै चीनको वास्तविकताबाट आर्जेको अपरिहार्य निचोड ‘स्वतन्त्रता’ हो । हाम्रो राष्ट्रिय विकास र राष्ट्रिय स्वाभिमान एवं विश्वासको सुरक्षाको अनुभूति गर्न हामी सधैँ आफूमाथि नै आश्रित रहनुपर्दछ र विगतमा झैँ हाल र भविष्यमा हाम्रो बाटोमा दृढतापूर्वक लागिरहनुपर्दछ ।
स्वतन्त्रता चिनियाँ राष्ट्रको गौरवमय परम्परा हो । चिनियाँ कम्युनिस्ट पार्टी एवं जनगणतन्त्र चीनको निर्माणका लागि आवश्यक सिद्धान्त हो । एक पिछडिएको अर्थव्यवस्था र विशाल जनसङ्ख्या भएको पूर्वीय राष्ट्र चीनमा विद्यमान वास्तविकता र क्रान्ति र विकासप्रतिको हाम्रो अभिभाराले के निश्चित गरेका छन् भने हामी आक्षनो बाटोमा अगाडि बढ्नुबाहेक अर्को विकल्प छैन ।
९६ लाख वर्ग किलोमिटरको क्षेत्रफल, सम्पन्न पुख्र्यौली सांस्कृतिक सम्पदा र १ अरब ३० करोड चिनियाँ जनताबीचको बलियो गाँठोको स्वाभिमानसहित हामी आक्षनै बाटोमा अगाडि बढ्न दृढसङ्कल्पित छौँ । हाम्रो उपादेयता प्रदर्शन गर्ने हाम्रो लामो र समृद्ध इतिहासमा आधारित ठूलो रङगमञ्च छ, जसबाट हामी फाइदा लिनसक्छौँ । त्यसले हामीलाई अगाडि बढाउन शक्तिशाली उत्साह दिन्छ । हामी प्रत्येक चिनियाँ जनताले यसबाट आत्मविश्वास प्राप्त गर्नुपर्दछ ।
स्वतन्त्रतामा आबद्ध रहनुको अर्थ चिनियाँ मामिलाहरूबारे चिनियाँ जनता आफैले व्यहोर्नु र निर्णय लिनुपर्दछ भन्ने हो । संसारमा यस्तो कुनै विकास प्रणाली छैन, जुन विश्वव्यापीरूपमा प्रयोग गर्न सकियोस्, न कुनै विकासको निश्चित मार्ग छ जुन ढुङ्गामा कुँदिएको छ । ऐतिहासिक पृष्ठभूमिको विषमताले विभिन्न राष्ट्रहरूले चुन्ने विकासपथहरूको विभिन्नता निर्धारण गर्दछ । मानव जातिको सम्पूर्ण इतिहासमा कुनै पनि राष्ट्र वा राज्य केवल बाहिरी तत्वहरूको भरमा र अरूहरूको अन्धो अनुगमनको आधारमा शक्तिको उचाइमा पुग्न र आफूलाई पुनःरुत्थान गर्न सकेको छैन, त्यसो गर्न खोज्दा अपरिहार्यरूपमा असफलता र पराधीनतातर्फ धकेलिनु पर्दछ ।
हाम्रो पार्टीले सदा क्रान्ति, विकास र सुधारको सम्बन्धमा निर्देशन गर्दा आक्षनो विकास स्वतन्त्ररूपमा लेखाजोखा गरेको छ । स्वतन्त्र लेखाजोखा र अभ्यासको मानसिकता र आक्षनै बाटोमा आबद्ध रहने विश्वास र दृढता पार्टीका सबै सिद्धान्तहरू र अभ्यासको स्थायी स्तम्भ हो र यो हाम्रो पार्टी र जनताले एक विजयपछि अर्को विजय हासिल गर्दै जाने कुराको निश्चितता हो ।
स्वतन्त्रतामा आबद्ध रहनुको अर्थ चिनियाँ विशेषतासहितको समाजवादको बाटोमा दृढतापूर्वक लाग्नेछौँ भन्ने हो । हामी बन्द ढोकाको पुरानो एकोहोरो नीति लिने छैनौँ न हाम्रो ध्वजा नै परिवर्तन हुने गरी गलत बाटो लिने छौँ । हामीले चिनियाँ समाजवादका सिद्धान्त र व्यवस्थाहरू र मार्गप्रति हाम्रो राजनीतिक आस्था र विश्वासमा वृद्धि गर्नुपर्दछ । हामीले परिवर्तित अवस्था र कामअनुसार चिनियाँ विशेषतासहितको समाजवादी बाटोलाई फराकिलो बनाउँदै सर्वपक्षीय सुधारमार्फत यी सिद्वान्तहरूलाई गहकिलो बनाई व्यवस्थालाई सुधार्नुपर्दछ । हामीले अन्य संस्कृतिहरूको उपलब्धिहरूबाट शिष्टरूपले फाइदा लिनुपर्दछ तर कहिल्यै हाम्रो आक्षनो मौलिकतालाई बिर्सनुहुँदैन । हामीले अन्धोरूपमा अरू राष्ट्रको विकासका मानचित्रहरूको नक्कल गर्नुहुँदैन न तिनीहरूलाई आंशिकरूपमा नै स्वीकार गर्नुहुन्छ ।
स्वतन्त्रतामा आबद्ध रहन हामीलाई शान्तिको स्वतन्त्र परराष्ट्रनीतिको अवलम्बन र शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरूको आधारमा अन्य राष्ट्रहरूसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्नुपर्दछ । साथै समानता र पारस्परिक लाभको आधारमा अन्य राष्ट्रसित आदानप्रदान र सहयोगको परिचालन, विश्वशान्तिको प्रखर संरक्षण र सामूहिक विकासको प्रवद्र्धन गर्नुपर्दछ । हामीले विषयवस्तुका आक्षनै गुणहरूको आधारमा हाम्रा अवधारणा र नीतिहरू बनाउनुपर्दछ र हाम्रो विकासपथको बारेमा स्वतन्त्रतापूर्वक निर्णय लिने प्रत्येक जनताको अधिकारलाई स्वच्छ र न्यायसङ्गत अवधारणासहित आदर गर्नुपर्दछ । कहिल्लयै अरूमाथि हाम्रो धारणा लाद्नुहुँदैन र अरूहरूको धारणा हामीमाथि थोपर्न दिनुहुँदैन ।
हामी अन्तर्राष्ट्रिय विवादहरूको शान्तिपूर्ण समाधानका पक्षमा अडिग छौैँ र सबै प्रकारका दबाब र शक्तिको राजनीतिको विरोध गर्दछौँ र न कहिल्यै दबाबको सिर्जना गर्दछौँ, न आधिपत्यको बाटोमा लाग्दछौँ । हामी हाम्रो सार्वभौमिकता सुरक्षा र विकासका स्वार्थहरूको दृढतापूर्वक संरक्षण गर्दछौँ, । कसैले पनि यो नसोचून्, हाम्रो सार्वभौमिकता, सुरक्षा र विकासको मामलामा हानी पु¥याउने कुनै पनि कुरा हामीले स्वीकार्नेछौँ न त्यसका लागि हाम्रा मूलभूत स्वार्थहरूको मोलमोलाइ नै गर्ने छौँ ।
टिप्पणीहरूः
१) माओ त्सेतुङ ः ‘हाम्रो अध्ययन सुधार गरौँ’ माओ त्सेतुङका प्रमुख कृतिहरू भो. ३, अङ्ग्रेजी संस्करण, विदेशी भाषा प्रेस, पेइचिङ १९६५ पेज २२ ।
२) माओ त्सेतुङ ः ‘न्यू पोलिटिक कन्सलटेटिभ कन्फरेन्सको तयारी सभालाई गरेको सम्बोधन’, माओ त्सेतुङका प्रमुख कृतिहरू, भो. ४, अङ्ग्रेजी संस्करण, विदेशी भाषा प्रेस, माओ त्सेतुङ विचारधाराका जीवन्त भावनाको अवलम्बन गरौँ, पेइचिङ १९६१ पेज ४०८ ।
३) क्वान जि लिउ सियाङबाट सङ्कलित, क्वाच चोङको नामबाट युद्धकालीन राज्य समयकाल (४७५–२२१ ई.पू)
शिक्षाविद्हरूको लेखको सङ्कलन लिउ सियाङ (सि ७७ ई.पू) एक कन्क्षयुसियन विद्वान्, वंशशास्त्रकोे ज्ञाता थिए र वेस्टर्न हान वंशः (२०६ ई.पू–सन् २५) का विद्वान् थिए । क्वान चोङ (६४५ ई.पू) जसलाई क्वान जीको नामले पनि चिनिन्थ्यो, वसन्त र शरद् वंश (७७०–४७६ ई.पू) का ‘छी’ राज्यका विद्वान् थिए ।
४) माओ त्सेतुङ ः ‘अन दि छोङ नेगोसिएसन’ सेलेक्ड वर्क अफ माओ त्सेतुङ भो. ५ अङ्ग्रेजी संस्करण, विदेशी भाषा प्रेस, पेइचिङ १९६१ पेज ५८ ।
५) वाङ छोङ ः “डिस्कोर्सेस वेड् इन दि ब्यालेन्स (लुन हङ) जुन कन्क्षयुसियसवाद, ताओवाद, मोहीवाद र हान वंश (ई.पू २०६ –सन् २२०) का प्राकृतिक विज्ञानहरूका उपलब्धिहरूबाट प्रशस्तरूपमा आधारित छ । त्यस समयमा प्रसिद्ध धर्म र वैज्ञानिक शास्त्रलाई आलोचना गर्दथे । वाङ चुङ (२७–सि९७) पूर्वीय हान वंश (२५–२२०) का दर्शनशास्त्री, समालोचक थिए ।
६) शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरू एकअर्काको क्षेत्रीय अक्षुणता, सार्वभौमिकता, पारस्परिक अहस्तक्षेप, समानता, लाभका लागि पारस्पपरिक सहयोग र शाक्तिपूर्ण सहअस्तित्वका सिद्धान्तहरू हुन् । डिसेम्बर १९५३ देखि अप्रिल १९५४ सम्म चिनियाँ र भारतीय सरकारका प्रतिनिधिहरूले चीनको तिब्बतबारे चीन–भारत सम्बन्धमा वार्तालाप गरेका थिए । डिसेम्बर ३१, १९५३ मा वार्तालापको प्रथम दिनमा चिनियाँ प्रधानमन्त्री चाउ एनलाइले भारतीय प्रतिनिधिमण्डलसँग भेट गरेर शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरू पहिलो पटक प्रस्ताव गरे । पछि पाँच सिद्धान्तहरू चीनको तिब्बत र भारतबीचको व्यापार अन्तरकार्यसम्बन्धी सम्झौतामा औपचारिकरूपमा उल्लेख गरिएको छ । भारत र (बर्मा) म्यानमारमा भएको १९५४ को उहाँको भ्रमणको समयमा चाउ एनलाई भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरू र बर्मिज प्रधानमन्त्री उ नुसँग क्रमशः संयुक्त विज्ञप्ति प्रकाशित गरे, जसमा सहअस्तित्वका पाँच सिद्धान्तहरूलाई राज्यहरूबीचका सम्बन्ध सञ्चालन गर्ने आधारभूत सिद्धान्तको रूपमा विकसित गरिएको थियो ।
डिसेम्बर २६, २०१३
– चीनको शासन व्यवस्था
Leave a Reply