गाजामा भएको इजरायली आक्रमणमा दस जनाको मृत्यु
- बैशाख २, २०८३
हङकङ, १३ अप्रिल (सीआरआई) । अप्रिल १३ को बिहान, सन् २०२६ विश्व इन्टरनेट बैठकको एसिया प्रशान्त शिखर सम्मेलन चीनको हङकङमा अवस्थित हङकङ प्रदर्शनी केन्द्रमा उद्घाटन समारोहको आयोजना गरिएको छ । सो शिखर सम्मेलनले एसिया र प्रशान्त क्षेत्रको नवीनतम प्रविधिमा केन्द्रित रहँदै क्षेत्रीय सीमालाई नाघेर विश्वव्यापी डिजिटल, नवीनता र प्रविधिको आदानप्रदानलाई उच्च स्तरमा अघि बढाउने लक्ष्य लिएको छ । सो सम्मेलनले “नवीनताको विकासमा डिजिटल र एआईबाट शक्ति लगाउने, इन्टरनेटको साझा भविष्य समुदायलाई हातमा हात मिलाएर बनाउने” नारा बोकेको छ ।
हङकङ विशेष प्रशासनिक क्षेत्रका प्रमुख कार्यकारी ली च्याछो, हङकङस्थित चिनियाँ केन्द्रीय सरकारको कार्यालय प्रमुखहरू र विभिन्न क्षेत्रका अतिथिहरू सो गतिविधिमा उपस्थित हुनुभएको छ । सो सम्मेलनको क्रममा उद्घाटन समारोह, मुख्य मञ्च र “एआई एजेन्टको नवीनता र प्रयोग, डिजिटल वित्तीय, कृत्रिम बुद्धिमत्ताको सुरक्षा सुशासन, जनताको जीवनप्रति बुद्धिमत्ता शासन, डिजिटल स्वास्थ्य, ग्रन्थको डिजिटलीकरण तथा प्रसार” जस्ता विषयवस्तुहरूमा केन्द्रित रहेर ६ वटा उपगोष्ठीहरू आयोजना गरिने छन् । सो अवसरमा विश्वभरका राजनीतिक तथा व्यावसायिक नेताहरू, अन्तर्राष्ट्रिय सङ्गठनका प्रतिनिधिहरू, विज्ञ तथा विद्वान्हरूले एकै स्थानमा इन्टरनेटका अग्रणी विषयहरू र क्षेत्रीय डिजिटल सहकार्यबारेमा गहन आदानप्रदान गर्दै एसिया प्रशान्त क्षेत्रको विकासमा नयाँ गति र नयाँ शक्ति विषयमा चर्चा परिचर्चा गर्नुहुनेछ ।
विश्व इन्टरनेट बैठकद्वारा आयोजना गरिएको सो शिखर सम्मेलनलाई हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले सञ्चालन गरेको हो । साथै, हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारको नवीनता, प्रविधि तथा उद्योग व्युरो सहआयोजकको रूपमा रहेको छ र हङकङ व्यापार विकास व्युरोले समर्थन गरेको छ ।
Leave a Reply