मध्यपूर्व द्वन्द्वलाई केन्द्रमा राखी सी चिनफिङ र सरिफबिच भेट
- जेष्ठ ११, २०८३
पुसको पहिलो र दोस्रो साता दुई कालजयी नेताहरू माओ त्सेतुङ र स्तालिनको जन्मदिवस पर्छ । माओ र स्तालिनको जन्मदिवस मनाउँदै गर्दा तिनको योगदान र तिनबाट सिक्नुपर्ने पाठबारे पनि चर्चा–परिचर्चा हुँदै छ । यी महान गुरूहरूको जीवन र दर्शनबाट एक परिवर्तनकामी कार्यकर्ता कसरी उत्साहित हुनसक्छ भन्नेबारे छलफल पनि चल्दै छ । यसैबीच स्तालिन र माओबारे अनेक झूटा प्रचारको खण्डन पनि हुँदै छ ।
आज सोभियत सङ्घ विघटन भएको छ । सोेभियत समाजवादको हारपछि जनताले फेरि काम–माम–कपडाको समस्या भोग्नुपरेका छन् । बिहान तलब लिनेबित्तिकै बजारमा गई सामान किनिहाल्नुपर्ने नत्र मुद्रा अवमूल्यन भई सामान किन्नै नसकिने बाध्यता आएको स्मरणले अहिले पनि मानिसलाई झस्काउँछ । माओ र स्तालिन सर्वहारा वर्गको मुक्ति आन्दोलनका अग्रणी नेताहरू माक्र्स, एँगेल्स, लेनिनपछिको सबभन्दा चर्चित नेता हुनुहुन्छ । स्तालिनले समाजवादी क्रान्तिको रक्षा र विकास गर्नुभयो । दोस्रो विश्वयुद्धमा स्तालिनको नेतृत्वमा दुई करोड सोभियत जनताको सहादतमा फासीवादी हिटलरको साम्राज्यलाई परास्त गरेको इतिहास विश्वले भुल्न सक्दैन । सोभियत समाजवादले संसारमा पहिलोपटक मजदुर वर्गको राज्यसत्ताको अभ्यास ग¥यो । उत्पादनका साधनहरू सामाजिकीकरण गरियो, शिक्षा र स्वास्थ्य उपचार निःशुल्क गरियो, पानी, बिजुली, यातायात करिब निःशुल्क थियो, बेरोजगारी समस्या समाधान गरियो, वेश्यावृत्तिको अन्त गरियो । विकास निर्माणमा आश्चर्यलाग्दा ‘रेकर्ड’ राखियो ।
यता चीनले आफ्नै शैलीको समाजवादको अभ्यास गरिरहेको छ । आजको चीन हिजोको त्याग र समर्पणको जगमा उभिएको छ । ८५ वर्ष अगाडि माओको नेतृत्वमा सन् १९३४ मा एक वर्षको १० हजार किलोमिटरको ‘लामो हिँडाइ’ ले देशलाई मुक्त गरेको इतिहासलाई आजको चीनले बिर्सन सक्दैन । सन् १९७८ को सुधार र खुलापनको नीतिले चीनले आर्थिक समृद्धि हासिल गरेको भ्रम फैलाइएको पाइन्छ । तर चीन समाजवादको रक्षाको निम्ति आत्मरक्षात्मक क्षमता बढाउँदै थियो । क्रान्तिको करिब १५ वर्षमा चीनलाई ऋणमुक्त बनाइएको थियो । सन् १९६० मा चीनबाट रूसी विशेषज्ञहरू फिर्ता बोलाउनुको साथै ३ सत्न्दा बढी सहयोग सम्झौता एकतर्फी रद्द गरेपछि आत्मनिर्भर अर्थतन्त्रको घोषणा नगरेको भए चीनले आजको प्रगति गर्न सकिँदैनथ्यो । क्रान्तिपछि आर्थिक सङ्कट स्वाभाविकै थियो, दुःख थियो तर त्यो दुःख अस्थायी हुने माओको भनाइबाट जनता आश्वस्त थिए । सङ्कटको अवस्थामा माओ आफैँ मितव्ययी भई मितव्ययिताको आह्वान गर्नुभयो । सादा र सरल जीवन जनताको आदर्श बन्यो । विज्ञान र प्रविधि तथा औद्योगिक उत्पादनमा प्रगति नभएको भए सन् १९६४ मा चीनले आणविक परीक्षण गर्नसक्दैनथ्यो । लगत्तै चीनले सन् १९६४ मा पहिलो हाइड्रोजन बमको परीक्षण ग¥यो । यस्ता आणविक परीक्षण साम्राज्यवादी र रूसी संशोधनवादीहरूलाई हाँक थियो । चीनले ‘आणविक बमको पहिलो प्रयोगकर्ता पनि हुँदैन’ भनी संसारभरका न्यायप्रेमी जनतालाई आश्वस्त पा¥यो ।
भनिन्छ इतिहासको प्रत्येक नयाँ चरणमा नवीन मानव व्यक्तिको जन्म हुन्छ । समाज परिवर्तनशील छ, समाजसापेक्षरूपमा मानिसको चेतना फेरिन्छ । यसरी युगको आवश्यकता पूर्ति गर्न नयाँ मानिसको जन्म हुन्छ । उत्पादनका साधन र उत्पादन सम्बन्ध फेरिनेबित्तिकै सोहीअनुसारको मानिसको सांस्कृतिक चेतनाको निर्माण हुन्छ । स्तालिन होस् वा माओ वा कोही मानिसको चेतनामा तत्कालीन सामाजिक परिस्थितिले फरक पारेको हुन्छ । आवश्यकता नै आविष्कारको जननी हो भन्नुको कारण पनि त्यही हो । जसले समयको पदचाप प्रस्ट सुन्न सक्छ र समाजको युगान्तकारी परिवर्तनको नेतृत्व गर्छ र ती महानको कोटीमा पर्छन् । यी महान व्यक्तित्वहरू समयको आवश्यकता पूरा गर्न सबभन्दा अगाडि बढेका मानव हुन् । कसै न कसैले त्यो युगको आवश्यकता पूरा गर्नैपर्ने थियो, ती नहुँदा पनि अरू कसैले पनि त्यो काम गर्नैपर्ने हुन्थ्यो । प्रतिक्रियावादी सत्तामा परेको भ्वाङ वा चिराको पहिचान गर्ने दृष्टि भएका नेताको जरूरत थियो, माओ र स्तालिनले पूरा गर्नुभयो ।
Leave a Reply