भर्खरै :

गाजामा भएको इजरायली आक्रमणमा दस जनाको मृत्यु

गाजामा भएको इजरायली आक्रमणमा दस जनाको मृत्यु

गाजा सिटी, प्यालेस्टिनी क्षेत्र २ वैशाख (एएफपी) । गाजास्थित प्यालेस्टिनी क्षेत्रको उत्तरी भागमा भएको इजरायली आक्रमणमा एक जना बच्चासहित दश जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा एजेन्सीले बताएको छ ।
गाजामा अक्टोबर– १० देखि लागु भएको युद्धविरामको बावजुद हिंसा जारी छ भने इजरायल र हमासले एकअर्कालाई युद्धविराम उल्लङ्घनको आरोप लगाएका छन् ।
हमास प्राधिकरणअन्तर्गत उद्धार सेवाको रूपमा सञ्चालित नागरिक सुरक्षा एजेन्सीका प्रवक्ता महमुद बासलले गाजा सहरमा प्रहरीको गाडीलाई लक्षित गरी गरिएको आक्रमणमा उनीहरूको मृत्यु भएको र अन्य धेरै घाइते भएको बताउनुभएको छ ।
विज्ञप्तिमा, गाजाको आन्तरिक मन्त्रालयलेसमेत इजरायली लडाकु विमानहरूले सहरको केन्द्रमा प्रहरीको गाडीलाई लक्षित गरी गरेको आक्रमणमा धेरै घाइते भएको बताएको छ ।
यसअघि सुरुमा उत्तरी बेतलाहिया क्षेत्रमा इजरायली गोली हानाहानमा अर्का एक जना व्यक्तिको मृत्यु भएको पनि उहाँले बताउनुभएको छ ।
सेनाले बुधबार अघिल्लो दिन ट्रकमा हमास आतङ्ककारीहरूलाई प्रहार गरेको बताएको थियो ।
एएफपी फुटेजमा प्यालेस्टिनीहरू शवको वरिपरि भेला भएको देखाइएको छ जसलाई स्ट्रेचरमा राखिएको थियो र भग्नावशेषले घेरिएको सडकबाट अन्त्येष्टिको लागि लगिएको थियो ।
नागरिक सुरक्षा एजेन्सीले गाजा सहरको अल–सती शरणार्थी शिविरको चौराहानजिकै मङ्गलबार भएको अर्को आक्रमणमा धेरै जनाको मृत्यु भएको जनाएको छ ।
अल–शिफा अस्पतालमा अल–शतीमा इजरायली बम विस्फोटबाट पाँच जनाको शव प्राप्त भएको पुष्टि भएको छ ।
सेनाले भने पछिल्लो आक्रमणको बारेमा तत्काल प्रतिक्रिया दिएको छैन ।
प्यालेस्टिनी हमास आन्दोलनको सन् २०२३ अक्टोबर– ७ मा इजरायलमा सीमापार आक्रमणबाट सुरु भएको दुई वर्षपछि अक्टोबरमा युद्धविराम भएको हो ।
युद्धविराम लागु भएदेखि गाजामा कम्तिमा ७५७ जनाको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाइएको छ ।
इजरायली सेनाले यसै अवधिमा गाजामा आफ्ना पाँच जना सैनिक मारिएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *