युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै
- बैशाख ८, २०८३
बाजुरा, १० वैशाख । मार्तडीबाट गौमुल गाउँपालिकाको घटमुना जाँदै गरेको से १ ज ६३९ नं को जिप आज दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी गौमुल गाउँपालिका–६ का लाली रोकाया र वडा नं ४ मानोकोटका १६ वर्षीय रकेट रोकाया र सोही वडाका ५९ वर्षीय गङ्गबहादुर रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दलबहादुर बोगटीले बताउनुभयो ।
जिप दुर्घटनामा आठ जना घाइते भएका छन् । घाइतेको मार्तडीमा उपचार भइरहेको छ । मार्तडीबाट यात्रु लिएर घटमुना जाँदै गर्दा उक्त जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । तीव्र गतिका कारण अनियन्त्रित भई जिप दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । रासस
Leave a Reply