जीवनयापनको उच्च लागतविरुद्ध ग्रीसमा हजारौँ विद्यार्थी र शिक्षकको प्रदर्शन
- कार्तिक ५, २०८३
सन् २००७ मा भारतको हिन्दी पत्रिका जनसत्ताका सम्पादक ओम थान्बी सन् १९५९ मा क्युवाली क्रान्तिकारी नेता चे ग्वेभाराको भारत भ्रमणबारे जान्न उत्सुक बने । संसारमै चे ग्वेभारा निकै चर्चित छन् । युवाहरूले लगाउने टी–सर्टदेखि लकेटसम्ममा चेको मुखाकृति मनग्य देखिन्छ । तथापि ती क्रान्ति नायकको भारत भ्रमणबारे किन कम मात्र चर्चा हुने गरेको छ ? धेरै मानिसलाई चेले भारत भ्रमण गरेको इतिहाससमेत थाहा छैन । भारत भ्रमणको क्रममा चे ग्वेभारा के कस्ता कार्यक्रममा सहभागी बनेका थिए भन्ने कुरा जान्ने मानिसको सङ्ख्या नगण्य छ । पत्रकार ओम थान्वी रुसी संशोधनवादविरुद्ध चे ग्वेभाराको अभिव्यक्तिको कारण भारतीय कम्युनिस्टहरूले चेको भारत भ्रमणलाई छायाँमा पार्दा यो ऐतिहासिक घटना क्रमशः विस्मृतिको इतिहासमा ओझेल परेको सोच्छन् ।
उत्सुकताले चिमोटिरहेपछि थान्बीले आफ्ना एक जना मित्रलाई भारतको सूचना तथा प्रसारण मन्त्रालयको तस्वीर विभागमा केही सामग्री भेटिन सक्ने आशामा पठाए । विभागमा अधिकारीहरूले चेले कहिल्यै पनि भारतको भ्रमण नगरेको भनी फर्काए । चे भारतमा आएका भए उनको कुन न कुनै तस्वीर कूटनीतिक ग्यालरीमा सुरक्षित हुनुपर्ने उनीहरूको भनाइ थियो । थान्बी उनीहरूको त्यस्तो उत्तरबाट चित्त बुझाउने पक्षमा थिएनन् । उनले विभागका अधिकारीहरूलाई चेले भारतको भ्रमण गरेका केही प्रमाणहरू पेश गरे । त्यसपछि भने तस्वीर विभागका कर्मचारीहरू तातिए । निकै मिहिनेतपछि उनीहरूले चौध वटा तस्वीर भने फेला पारे ।
सरकारी अभिलेखमा चे ग्वेभाराको औपचारिक नाम कमान्डर अर्नेस्टो डे ला सेर्ना लेखिएको विभागका कर्मचारीले फेला पारे । संसारभरि नै चे ग्वेभारा त्यो नामबाट धेरै पछि मात्र प्रसिद्ध बनेका थिए । त्यसैले अभिलेखबाट उनका तस्वीर फेला पार्न यति कठिन भएको थियो ।
थान्बीले जनसत्ता पत्रिकामा त्यहाँ फेला परेका तस्वीर प्रकाशित गर्दा धेरै मानिसले पत्याएका थिएनन् । अनि थान्बी पुगे क्युवा । चे ग्वेभाराको भारत भ्रमणबारे केही थप सामग्रीको खोजी गर्नु नै उनको उद्देश्य थियो । क्युवामा उनले चे ग्वेभाराको भारत भ्रमणसम्बन्धी अरू धेरै सामग्रीसँगै भ्रमणबारे चे ग्वेभाराको प्रतिवेदन, चेलाई जवाहरलाल नेहरूले दिएको सम्झनाको चिनो र चेले कोलकोत्तामा खिचेका तीन थान तस्वीर फेला पारे ।
उत्सुकताले चिमोटिरहेपछि थान्बीले आफ्ना एक जना मित्रलाई भारतको सूचना तथा प्रसारण मन्त्रालयको तस्वीर विभागमा केही सामग्री भेटिन सक्ने आशामा पठाए । विभागमा अधिकारीहरूले चेले कहिल्यै पनि भारतको भ्रमण नगरेको भनी फर्काए । चे भारतमा आएका भए उनको कुन न कुनै तस्वीर कूटनीतिक ग्यालरीमा सुरक्षित हुनुपर्ने उनीहरूको भनाइ थियो । थान्बी उनीहरूको त्यस्तो उत्तरबाट चित्त बुझाउने पक्षमा थिएनन् । उनले विभागका अधिकारीहरूलाई चेले भारतको भ्रमण गरेका केही प्रमाणहरू पेश गरे । त्यसपछि भने तस्वीर विभागका कर्मचारीहरू तातिए । निकै मिहिनेतपछि उनीहरूले चौध वटा तस्वीर भने फेला पारे ।
समयक्रममा थान्बीले अल इन्डिया रेडियोमा चे ग्वेभारासँग अन्तर्वार्ता लिने केपी भानुमती पनि फेला पारे । भानुमतीले चेसँगको अन्तर्वार्ताको स्मरण गर्दै आफूले लेखेका लेख पनि देखाइन् । उनले अन्तर्वार्ताको क्रममा खिचिएका केही तस्वीर पनि थान्बीलाई दिइन् । थान्बीले केही थान तस्वीर र समाचार द हिन्दुस्तान टाइम्सको अभिलेखमा पनि फेला पारे ।
चेको भारत भ्रमणसम्बन्धी केही ऐतिहासिक तस्वीरः

१ जुलाई १९५९ मा आफ्नो तीनमूर्ति निवासमा चे ग्वेभारालाई स्वागत गर्दैै भारतका प्रधानमन्त्री जवाहरलाल नेहरु

दिल्ली नजिक पिलाना ब्लकको एउटा विद्यालयको भ्रमण गर्दै चे ग्वेभारा

भारतको वाणिज्य मन्त्रालयका अधिकारीहरू चे ग्वेभारालाई भारतीय चिया, कफी र सिगार उपहार प्रदान गर्दै

भारतीय कृषि अनुसन्धान संस्थानको प्रयोगशालामा धातु पत्ता लगाउने डिटेक्टरबारे बुझ्दै

दिल्ली नजिकको पिलाना ब्लकस्थित एउटा सामुदायिक परियोजना क्षेत्रको भ्रमणको क्रममा चे ग्वेभारालाई पुष्पमाला लगाउँदै गान्धी शैलीको टोपी लगाएका एक भारतीय ज्येष्ठ नागरिक ।

सन् १९५९ को जूनमा चे आफ्ना सहकर्मीहरूसँग भारतको पालम विमानस्थलमा पुग्नुभएको थियो । उहाँलाई भारतीय विदेश मन्त्रालयका शिष्टाचार सहमहापाल डीएस खास्ला (पगरी लगाएका) ले विमानस्थलमा स्वागत गर्नुभएको थियो । सबभन्दा बायाँ (चे ग्वेभारासँग) उभिएका युवक चेका अङ्गरक्षक हुन् । उनलाई चे स्वयम्ले तालिम गर्नुभएको थियो । उनलाई चे स्वयम्ले तालिम गर्नुभएको थियो ।

अल इन्डिया रेडियोका केपी भानुमतीलाई अन्तर्वार्ता दिंदै चे ग्वेभारा




Leave a Reply