भर्खरै :

अन्तरिक्ष अर्थात् नयाँ युद्धमैदान ¤

 चाङ कुन

संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१९ को डिसेम्बर २० मा राष्ट्रिय रक्षा प्राधिकरण विधेयकमा हस्ताक्षर गरेर सो विधेयकलाई ऐन घोषणा गरे । सो ऐनले संरा अमेरिकालाई अन्तरिक्ष सेना बनाउन मार्गप्रशस्त गरेको छ । अब संरा अमेरिकी सेनाको छैटौँ शाखाको काम अन्तरिक्षमा मिसन पठाउने र काम गर्ने हुने बताइएको छ । उसको यस्तो निर्णयले अन्तरिक्षमा सैनिकीकरण र हतियारको होडलाई तीव्र बनाउन सक्छ । जसले संसारको सुरक्षालाई थप अनिश्चिततातिर धकेल्नेछ ।
तथापि यतिबेला भने संरा अमेरिकी अन्तरिक्ष सेनाले पैसा र जनशक्तिको अभाव सामना गरिरहेको छ । साथै, अन्तरिक्ष सेनाले काम गर्ने अवस्था बन्न स्वार्थहरूबीचको टकराव र स्रोतमा तानातान समस्या बनेको छ ।
राजनीतिक हतियार
अन्तरिक्ष संरा अमेरिकाको महत्वपूर्ण सबल पक्ष हो । संरा अमेरिकी सेनाको शक्ति धेरै जसो अन्तरिक्ष प्रविधिमा आधारित छन् । उसका सबै जलसेना र गुप्तचरी हतियार कहाँ राख्ने भन्ने कुराको निर्णय नै अन्तरिक्षमा आधारित प्रणालीले गर्दछ । साथै, उसका ९० प्रतिशत रणनीतिक गुप्तचरीको काम अन्तरिक्ष प्रविधिमा आधारित छ ।

संरा अमेरिकी सेनाअन्तर्गत हवाई सेना, राष्ट्रिय रेकी कार्यालय, थल सेना र जलसेनासँग पनि अलग – अलग अन्तरिक्ष विभाग छन् । तर, उनीहरूले प्रभावकारी स्रोत परिचालन गर्न नसकेको भन्दै तिनीहरूमाथि नियन्त्रण गरिएको छ । रक्षा विभाग एक्लैसँग मात्र अन्तरिक्षसम्बन्धी स्रोतको नेतृत्व र नियन्त्रणको लागि झन्डै ६० वटा निकाय छन् । त्यसअतिरिक्त अन्तरिक्ष क्षेत्रको अनुसन्धानको लागि विनियोजन गरिएको बजेट सेनाका अन्य शाखामा प्रायशः कटौती गरिन्छ किनभने सेनाका अन्य शाखाको लागि त्यो पहिलो प्राथमिकता हुने गर्दैन ।

ट्रम्प सत्तामा आएदेखि सुरक्षा क्षेत्रमा उनले चीन र रुसलाई आफ्नो प्रतिस्पर्धी मान्दै आएका छन् । साथै, उनीहरूलाई ट्रम्पले अन्तरिक्षमा चुनौती ठान्दै आएका छन् । अन्तरिक्षमा जमाएको एकछत्र प्रभुत्वलाई कसैले पनि चुनौती दिन नसकोस् भन्ने मनसायले नै ट्रम्पले अन्तरिक्ष सेना बनाउने निर्णय गरेका हुन् ।
संरा अमेरिकी सेनाअन्तर्गत हवाई सेना, राष्ट्रिय रेकी कार्यालय, थल सेना र जलसेनासँग पनि अलग – अलग अन्तरिक्ष विभाग छन् । तर, उनीहरूले प्रभावकारी स्रोत परिचालन गर्न नसकेको भन्दै तिनीहरूमाथि नियन्त्रण गरिएको छ । रक्षा विभाग एक्लैसँग मात्र अन्तरिक्षसम्बन्धी स्रोतको नेतृत्व र नियन्त्रणको लागि झन्डै ६० वटा निकाय छन् । त्यसअतिरिक्त अन्तरिक्ष क्षेत्रको अनुसन्धानको लागि विनियोजन गरिएको बजेट सेनाका अन्य शाखामा प्रायशः कटौती गरिन्छ किनभने सेनाका अन्य शाखाको लागि त्यो पहिलो प्राथमिकता हुने गर्दैन ।
संरा अमेरिकी हवाई सेनाअन्तर्गत अन्तरिक्ष कमान्डको स्थापना सन् १९८५ मा भएको थियो । हवाई, थल र जल सेनाको अन्तरिक्ष सेनालाई संयुक्त नेतृत्व र नियन्त्रण गर्न त्यसको स्थापना भएको थियो । त्यसमा मुस्किलले २ हजार सैनिक अधिकारी र सिपाहीमात्र थिए । काम गर्न पुग्ने ऊसँग मनग्य स्रोत साधन र जनशक्ति थिएन ।
अन्तरिक्ष सेना ट्रम्पको नारा ‘अमेरिकालाई फेरि महान बनाऔँ’ पूरा गर्ने एउटा हतियार हो । ट्रम्प अमेरिकी सेनाको पुनः संरचना गरी समयानुकूल बनाएर संरा अमेरिकी सेनाका पुराना प्रभाव क्षेत्रमा आफ्नो प्रभाव अझ सुनिश्चित गर्न चाहन्छन् । साथै, युद्धका नयाँ–नयाँ क्षेत्रमा पनि उनले आफ्नो प्रभाव विस्तार गर्न खोजिरहेका छन् । त्यही भएर उनमा लामो समयदेखि अन्तरिक्ष कब्जा गर्ने लालच थियो ।
तथापि, संरा अमेरिकी आन्तरिक राजनीतिक द्वन्द्वका कारण अन्तरिक्षको विषय खतरनाक बन्दै छ । ट्रम्प सरकारले डेमोक्रेटिक र रिपब्लिकन पार्टीका साथै समाजका सबै तह र तप्काबाट लामो समयदेखि दबाब सामना गरिरहेको छ । आर्थिक वर्ष सन् २०१८ र २०१९ मा अन्तरिक्ष सेनासम्बन्धी राष्ट्रिय रक्षा प्राधिकरण ऐन डेमोक्रेटिक पार्टीको बाहुल्य रहेको प्रतिनिधिसभाले रोकेको थियो । यस्तो विभाजित सरकारको अवस्थामा ट्रम्पको अन्तरिक्ष सेना बनाउने योजना कुनै न कुनै सम्झौताको परिणाम हुनसक्छ ।
आर्थिक वर्ष २०२० मा प्रस्तुत गरिएको राष्ट्रिय रक्षा प्राधिकरण ऐनमा अमेरिकी सेनाको हवाई विभागअन्तर्गत एउटा सैनिक सेवा शाखाको रूपमा नयाँ अन्तरिक्ष सेना स्थापना गरिएको छ । जलसेनाअन्तर्गत पनडुब्बी सेना र तट सुरक्षा सेना बनाएकै मोडेलमा अन्तरिक्ष सेनालाई हवाई सेनाअन्तर्गत राखिएको छ । यसको अर्थ अन्तरिक्ष सेना अलग भए पनि सेनाका तीन प्रमुख विभागको तुलनामा अन्तरिक्ष सेनालाई तल्लो वरियतामा राखिएको छ । सेनाका सबै विभागले पनि आ–आफ्नै तरिकाले अन्तरिक्ष सेना बनाउन ठूलो स्रोत र शक्ति अनि जनशक्ति परिचालन गरिरहेको अवस्थामा अन्तरिक्ष सेनालाई हवाई सेनाअन्तर्गत राख्दा उनीहरूले गरेको सबै लगानी त्यसतिर मोड्न सहज नहोला ।
विगतमा अन्तरिक्ष सैन्य प्रणाली सबै सैनिक शाखासँग अन्योन्यास्रितरूपमा गाँसिएका थिए । अब नयाँ शक्तिको स्थापनापछि कार्यान्वयन तहमा सबै शाखाका अन्तरिक्ष विभागले अनेकन समस्या सामना गर्नुपर्ने हुनसक्छ । साथै जनशक्तिको पनि अभाव हुन सक्छ । अहिले पारित कानुनले सेनाका अन्य शाखाबाट जनशक्ति मात्र हवाई सेनाअन्तर्गतको अन्तरिक्ष सेनामा स्थानान्तरण गर्ने अनुमति दिएको छ । सेनाका अन्य शाखाका अन्तरिक्ष सेना के हुने हो, कुनै टुङ्गो छैन । भविष्यमा फरक–फरक शाखाबीच स्वार्थ र स्रोतको लागि थप मारामार हुन सक्ने खतरा छ ।
पहिलो वर्षमा अन्तरिक्ष सेनाको खर्च ३ अर्ब ३० करोड अमेरिकी डलर लाग्नेछ । सुरुका पाँच वर्षमा १३ अर्ब अमेरिकी डलर लागत पर्नेछ । अहिले अन्तरिक्ष सेनाको लागि ४० करोड अमेरिकी डलरमात्र बजेट विनियोजन गरिएको छ । अन्तरिक्ष सेनाको लागि १६ हजार जनशक्ति मात्र छुट्याइएको छ । एउटा अलग सैनिक शाखा बन्न त्यत्ति जनशक्ति निकै थोरै हो । निकै उत्साहप्रद रूपमा गरेको पूर्वानुमानअनुसार पनि अन्तरिक्ष सेनाले काम थाल्न कम्तीमा १८ महिना लाग्नेछ । नोभेम्बरको निर्वाचनमा ट्रम्प पुनः निर्वाचित भए उनको दोस्रो कार्यकालको आधा समय कटिसकेपछि मात्र अन्तरिक्ष सेनाले काम थाल्नेछ ।
खतरनाक सङ्केत
अधिकांश देशबीच अन्तरिक्षको शान्तिपूर्ण प्रयोगमा धेरै अघिदेखि नै सहमति कायम छ । विगतमा संरा अमेरिकाले अन्तरिक्षमा आधारित स्टार वार प्रोग्राम र ब्रिलियन्ट पेबल्स नामको बालास्टिक मिसाइल प्रतिरक्षा प्रणाली प्रस्ताव गरेको थियो । तर, तीमध्ये कुनै पनि परियोजनाअन्तर्गत अन्तरिक्ष हतियार प्रयोग गरिएको थिएन । तथापि अहिले ट्रम्पले अन्तरिक्षलाई खुलमखुल्ला युद्धमैदान घोषणा गरेका छन् । उनले अन्तरिक्षमा आक्रामक हतियारको प्रयोग गरेर विगतको सहमति उल्लङ्घन गरेका छन् । उनले प्रमुख शक्तिबीचको रणनीतिक सन्तुलनलाई बेवास्ता गरेका छन् । साथै, विश्व सुरक्षा व्यवस्थामा अस्थीरता निम्त्याउने खतरा बढाएका छन् ।
अन्तरिक्षमा हतियार विकास र परिचालन गर्ने संरा अमेरिकी निर्णयले अरू देशलाई पनि त्यही बाटो पछ्याउन उत्साहित बनाएको छ । सन् २०१९ को जुनमा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) ले पहिलो पटक अन्तरिक्ष रणनीति घोषणा ग¥यो । रणनीतिकरूपमा महत्वपूर्ण भूउपग्रहमाथि हमला र अन्तरिक्षमा हतियार परिचालन गरेर उसले आफूलाई युद्धको लागि तयारी गर्ने सङ्केत गरेको थियो ।
आफ्ना भूउपग्रहको रक्षा गर्न नाटोको सदस्य देश फ्रान्सले अन्तरिक्ष सेना बनाउने बताएको छ । बेलायतले पनि आफ्नो अन्तरिक्ष रणनीति विकास गर्ने र क्षमता विस्तार गर्ने घोषणा गरेको छ ।
सन् २०१९ को डिसेम्बरमा संरा अमेरिकी निर्णयको जवाफमा रुसले आफ्नो निकै कडा सुरक्षाभित्र राखिएको अन्तरिक्षमा आधारित मिसाइल चेतावनी प्रणाली सार्वजनिक ग¥यो । जापानले पनि आर्थिक वर्ष २०२० देखि अन्तरिक्षमा आफ्नो खर्च बढाउने भएको छ । विश्वव्यापी रूपमा अन्तरिक्षको सुरक्षामा सङ्कट आइपरेको समयमा शान्तिपूर्ण विकास र अन्तरिक्षलाई अधिकतम हितमा प्रयोग गर्ने चिन्तन धरापमा परेको छ ।
शान्तिको बाजी
हालैका वर्षमा संरा अमेरिकाले चीनलाई घेर्ने आफ्नो रणनीतिलाई उच्च प्राथमिकतामा राख्दै आएको छ । हिन्द महासागर र प्रशान्त महासागरभरि सेना परिचालन गर्न हिन्द–प्रशान्त रणनीतिलाई अघि बढाएको छ । उसले चीनको विकासको गति रोक्न प्राविधिक र व्यापार युद्ध थोपरेको छ ।
संरा अमेरिकाले सन् २०११ को आर्थिक वर्षको बजेटमा एउटा ब्वाँसे बुँदा राखेर चीनसँग सहकार्य र सम्बन्धमा तगारो तेर्साएको छ । संरा अमेरिकी वैज्ञानिक अनुसन्धान केन्द्र नासामा चीन र संरा अमेरिकाको कुनै पनि संयुक्त अनुसन्धान कार्य नगर्न र अमेरिकी राष्ट्रपति कार्यालयअन्तर्गत विज्ञान र प्रविधि नीति विभागसँग सहकार्य नगर्न सो बजेटमा प्रावधान उल्लेख गरिएको छ ।
चीनले अन्तरिक्ष सेनाको परिचालनमा आफूलाई उत्साहित बनाउन हुन्न । आर्थिक विकासलाई ध्यान राखेर मात्र चीनले अन्तरिक्षको उपयोग गर्नु उपयुक्त हुन्छ ।
अन्तरिक्षको शान्तिपूर्ण रक्षाका लागि अन्तर्राष्ट्रिय समुदाय, त्यसमा पनि विशेषतः प्रमुख शक्तिहरू जिम्मेवार बन्न आवश्यक छ । अन्तरिक्षमा शस्त्रको होडलाई नियन्त्रण गर्नुपर्छ । अन्तरिक्षलाई युद्धको नयाँ थिएटर बनाउन हुन्न ।
अन्तरिक्षमा हतियार नियन्त्रणबारे वैधानिक प्रावधान संस्थागत गर्न अपरिहार्य छ । संयुक्त राष्ट्र सङ्घ अन्तरिक्ष २०३० मुद्दामा भएका सहमति प्रवद्र्धन गर्न चीनले अन्य देशसँग काम गर्नुपर्छ । दिगो विकासको लागि पूर्ण क्षमतावान् अन्तरिक्ष विकासको लागि विश्वव्यापी प्रशासनिक संयन्त्रको विकास गर्नुपर्छ ।
स्रोत ः बेइजिङ रिभ्यु
नेपाली अनुवाद ः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *