नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
भक्तपुर, ७ माघ । सातदिने नेपाल भ्रमणमा आएका बेल्जियमका राजकुमारी HRH Princess Astrid ले मङ्गलबार भक्तपुर दरबार र टौमढी क्षेत्रका पुरातात्विक महत्वका सम्पदाको स्थलगत अवलोकन भ्रमण गर्नुभयो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राजकुमारी एस्ट्रिडलाई खौमास्थित दरबार क्षेत्र प्रवेशद्वारमा स्वागत गर्नुभयो ।
राजकुमारी एस्ट्रिडले भक्तपुर नगरपालिकाले गरेको स्वागतप्रति आफूहरू प्रभावित भएको बताउँदै भविष्यमा पनि नेपाल भ्रमण गर्ने इच्छा प्रकट गर्नुभयो ।
राजकुमारीका साथ आएको टोलीलाई सांस्कृतिक नगर भक्तपुरमा स्वागत गर्दै प्रमुख प्रजापतिले भक्तपुरको कला, संस्कृति र सम्पदा संरक्षण तथा जीर्णोद्धार भक्तपुर नगरपालिकाले गरिरहेको बताउनुभयो ।
प्रतिनिधिमण्डलले भक्तपुर दरबार स्क्वायरस्थित तलेजु मन्दिर परिसर, पचपन्न भ्mयाले दरबार, सिद्धिलक्ष्मी मन्दिर, बत्सला मन्दिर तथा टौमढी क्षेत्रस्थित पाँचतले मन्दिर र भैरवनाथ मन्दिरलगायतका पुरातात्विक तथा ऐतिहासिक स्थानहरूको अवलोकन गरेको थियो । भ्रमणको राजकुमारी एस्ट्रिडले भक्तपुरको टौमढीमा प्रसिद्ध देवी नाच र लायकु क्षेत्रमा लाखे नाच अवलोकन गर्नुभएको थियो ।
प्रतिनिधिमण्डलमा बेल्जियमका राजकुमार लोरेन्ज (HRH Prince Lorenz), संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, नेपालका लागि बेल्जियमका राजदूत एवम् सल्लाहकार जान माथिसेन (Jan Matthysen), सञ्चार तथा कोष वृद्धि प्रमुख इल्से इरिगर्स (Ilse Errygers), निजी सचिव जीन त्सि बर्लिमोन्ट (Jean -Yves Berlemont), डेमियन फाउन्डेसनका डा. जीन पिरेरे बारोन स्किनकेलर्स, (Jean-Pierre Baron Schenkelaars), राजदूत फ्रान्कोइस डेल्हाय (Francois Delhaye), बेल्जियमका लागि नेपाली राजदूत आङ्ग छेरिङ शेर्पा, डा. सुशील कोइराला, मेडिकल अधिकृत डा. प्रमोदराज भट्टराईलगायतको उपस्थिति थियो ।
उक्त टोलीलाई भक्तपुर नगरपालिकाका प्रशासकीय अधिकृत दामोदर सुवालले सांस्कृतिक तथा ऐतिहासिक महत्वका सम्पदाहरूबारे सङ्क्षेपमा जानकारी दिनुभएको थियो ।
Leave a Reply