क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
का. रोहित
देशका सबै जिल्लाहरूमा जालीफटाहा, शोषक, सामन्त र भ्रष्टाचारीहरूले मजदुर, किसान र जनतालाई थिचोमिचो, अन्याय, अत्याचार र शोषण गरे । ती सबै काम पञ्चायती प्रजातन्त्रको नाममा भए । मजदुर, किसान, युवक, विद्यार्थी र सबै गाउँले जनता मिलेर त्यस अन्याय, अत्याचार, थिचोमिचो र शोषणको विरोध गरेका थिए । विरोध प्रदर्शन, हड्ताल, कालोमोसो दलेर गाउँ घुमाउने, सभा, गोष्ठी र छलफल गर्दै गए । तर, हाम्रा एकथरी पुराना कामरेडहरू शोषण, अन्याय, अत्याचार, भ्रष्टाचारविरोधी गतिविधिहरूलाई मन पराउँदैनन् । तिनीहरू यस्ता सबै गतिविधिहरूलाई ‘स्थगित’ गर्न चाहन्थे । तिनीहरू कार्यकर्ता साथीहरूलाई भन्ने गर्थे, “क्रान्ति त्यसै आउँछ, तिमीहरू दौडधुप गरेर क्रान्ति हुँदैन । गाउँ–गाउँमा जानुपर्दैन ।”
सशस्त्र सङ्घर्षको ठम्याइलाई स्वीकार गर्दागर्दै पनि फलाको र उत्ताउला कम्युनिज्मसँग हामी एकमत हुन नसकेजस्तै हाम्रा ती पुराना कामरेडहरूको सेवा, त्याग र अनुभवको सकारात्मक पक्षलाई स्वीकार गर्दा गर्दै पनि ‘क्रान्ति त्यसै आउँछ’ भन्ने ठम्याइसँग हामी पटक्कै सहमत छैनौँ । यो ठम्याइ त मानिसलाई प्रकृतिको विकासको स्वाभाविक क्रम मान्ने कोरा भौतिकवादी ठम्याइ हो । मानिसले त्यस ठम्याइलाई नाघिसकेको छ र मानिसको चेतनाले ऐतिहासिक र आर्थिक परिस्थितिमा आधारित वातावरणलाई नै फेर्न सकेको छ । नत्र ‘क्रान्ति आफैँ आउँछ’ भन्ने ठम्याइ घुमाइफिराइ कुनै अज्ञान शक्तिले गर्छ भन्ने आदर्शवादी सिद्धान्तकै टुङ्गोमा पुग्नेछ । हामी माक्र्सवादी हौँ अथवा भन्नुस् हामी द्वन्द्वात्मक भौतिकवादी हौँ । मानिसको चेतनाको अगुवाइ नस्वीकार्ने, परिवर्तन प्रकृतिको स्वाभाविक विकासमात्रै सम्झने फायरखालको कोरा भौतिकवादसँग हामी सहमत छैनौँ । किनभने मानिस प्रकृतिको स्वचालित यन्त्र होइन । मानिस वातावरणको कमारा होइन । ऊ आफ्नो वातावरण र परिस्थितिलाई फेर्न पनि सक्छ । तर, उसको त्यो अगुवाइ ऐतिहासिक र आर्थिक परिस्थितिमा आधारित हुनुपर्छ ।
त्यस्तै हेगेलले वस्तुको उत्पति, परिवर्तन र विकासलाई नाससँगै जोड्ने द्वन्द्वात्मक तरिकालाई अगाडि सारे । तर, त्यसका सञ्चालनकर्ता या मुख्य तत्व परम ब्रह्म, आत्माजस्ता अवास्तविक तत्वलाई माने, जसमाथि मानिसको नियन्त्रण छैन । त्यसको उत्पत्ति, परिवर्तन, विकास र नास हुने परस्परविपरीत तत्वको अस्तित्व अथवा द्वन्द्ववादलाई स्वीकारे पनि उनको ब्रह्म, आत्मा र ‘अज्ञात’ सञ्चालकजस्ता कुरालाई स्वीकार गरिएन । स्वीकार गर्नुको अर्थ हो ‘क्रान्ति त्यस अज्ञात शक्तिद्वारा आफँै गर्छ’ भन्ने कुरालाई मान्नु । यसरी भौतिकवाद र आदर्शवादको अन्तिम निचोड क्रान्ति वा परिवर्तन ‘प्रकृतिको विकासको स्वाभाविक क्रम’ अथवा ‘ब्रह्म वा अज्ञात त्यसै शक्तिद्वारा गर्ने’ एक काम हुनेछ, जसमा मानिसको इच्छा शक्ति र अगुवाइको कुनै अर्थ छैन । माक्र्सवादी–लेनिनवादीहरू यसका विरोधी छन् । माक्र्सवादीहरू वर्गसङ्घर्षलाई स्वीकार्छन् र वर्गसङ्घर्ष परिवर्तन र क्रान्तिलाई अगाडि बढाउने यन्त्र सम्झन्छन् जसको चालक शक्ति मानिस स्वयम् हो ।
“हामी वर्गहरूलाई जरैदेखि उखेल्न चाहन्छौँ । त्यसलाई पूरा गर्ने उपाय के हो ? सर्वहारा वर्गको राजनैतिक प्रभुत्व नै त्यसको एकमात्र उपाय हो । यी सबै प्रस्ट भइसकेपछि यस कुरालाई अहिले सबैका सबैले मानिसकेपछि, हामीलाई राजनीतिमा हात नहाल्न भनिन्छ । सन्यास लिनेहरू आफूलाई क्रान्तिकारी ठान्छन्, यहाँसम्म कि सबभन्दा क्रान्तिकारीहरू ठान्छन् । तर, क्रान्ति सबभन्दा उँचो राजनैतिक गतिविधि हो र जसले क्रान्ति मनपराउँछ, उसले त्यसलाई प्राप्त गर्ने उपाय पनि मनपराउनैपर्छ, त्यो हो राजनीतिक सङ्घर्ष, जसले क्रान्तिको निम्ति बाटो तयार पार्छ र मजदुरहरूलाई क्रान्तिकारी तालिम पु¥याउँछ, त्यो विना तिनीहरू लडाइँको भोलिपल्ट फाब्रेस र प्यातजस्ता विश्वासघातीहरूका पञ्जामा फस्ने निश्चित छ । जे भए पनि हाम्रो राजनीति मजदुर वर्गको राजनीति हुनुपर्छ । मजदुरहरूको पार्टी कहिले पनि कुनै पनि पुँजीवादी पार्टीको पिलग्गू हुनुहुन्न, यो स्वतन्त्र हुनुपर्छ र यसको आफ्नै उद्देश्य र आफ्नै नीति हुनुपर्छ ।”
‘मानिस संसारका सबै वस्तुहरूमध्ये सबभन्दा अमूल्य वस्तु हो ।’ मानिसमा परिवर्तन, क्रान्ति र निर्माणको अपार शक्ति लुकेको हुन्छ । यसकारण ‘क्रान्ति आफै आउँछ ।’ भन्ने कुरासँग सहमत छैनौँ । माक्र्सवादी साहित्यमा त्यस्ता विचारलाई ‘अवसरवादी विचार’ भनिन्छ । त्यस विचारले क्रान्तिको धारलाई बङ्ग्याउँछ र क्रान्तिलाई पछाडि घचेट्छ । यो नौलो कुरा होइन । संसारको कम्युनिस्ट आन्दोलनमा यस्ता धेरै उदारहण देखिन्छन् ।
‘क्रान्ति आफैँ हुन्छ, गाउँमा जानुपर्दैन, केही वर्ष जुलुस प्रदर्शन, विरोध, कोलोमोसो, सभा र गोष्ठी गर्नुपर्दैन’ भन्नुको अर्थ सर्वहारा वर्गको राजनीति अथवा क्रान्तिकारी राजनीतिलाई रोक्नु र ‘सन्यास’ लिनु भन्नु हो । राजनैतिक गतिविधि रोक्ने वा ‘सन्यास’ लिने सिद्धान्त माक्र्सवादसँग एकदमै मेल खाँदैन । फेरि कामदार र थिचिएका जनताको विरोधलाई रोक्नुको अर्थ शोषक वर्गको सेवा गर्नु हुन्छ ।
२१ सेप्टेम्बर १८७१ को अन्तर्राष्ट्रिय मजदुर सङ्घको लन्डन समारोहमा ‘मजदुर वर्गको राजनैतिक गतिविधिबारे’ को भाषाणमा एँगेल्सले भन्नुभएको थियो, “राजनैतिक गतिविधिबाट पूर्ण सन्यास लिनु असम्भव छ । सन्यासवादी खबर–कागत हरेक दिन राजनीतिमा भाग लिन्छ । प्रश्न खालि यो हो, कसले त्यसमा कसरी भाग लिन्छ र कुन राजनीतिमा ऊ भाग लिन्छ । अरु जे होस् सन्यास हाम्रो निम्ति असम्भव छ । अहिलेसम्म धेरैजसो देशहरूमा मजदुर वर्गको पार्टीले एक राजनैतिक पार्टीको रूपमा काम गर्दै छ । राजनैतिक सन्यासको सिद्धान्त प्रचार गरेर त्यसलाई खतम गर्नेमा हामी छैनौँ । जिउँदो उदाहरण, अहिलेका सरकारहरूले राजनैतिक दमनले मजदुर वर्ग आफूलाई राजनीतिमा भाग लिन कर लगाउँछ । चाहे तिनीहरूले चाहून् वा नचाहून्, चाहे त्यो राजनैतिक वा सामाजिक उद्देश्यको निम्ति होस् । मजदुर वर्गलाई राजनीतिबाट सन्यासको शिक्षा दिनुको अर्थ तिनीहरूलाई पुँजीवादी राजनीतिको काखमा धकेल्नु हो । पेरिस कम्युनपछि जसले सर्वहारा वर्गलाई राजनैतिक सङ्घर्षको कार्यक्रममा भित्याइदियो, राजनीतिबाट सन्यास लिने प्रश्न एकदमै उठ्दैन ।”
“हामी वर्गहरूलाई जरैदेखि उखेल्न चाहन्छौँ । त्यसलाई पूरा गर्ने उपाय के हो ? सर्वहारा वर्गको राजनैतिक प्रभुत्व नै त्यसको एकमात्र उपाय हो । यी सबै प्रस्ट भइसकेपछि यस कुरालाई अहिले सबैका सबैले मानिसकेपछि, हामीलाई राजनीतिमा हात नहाल्न भनिन्छ । सन्यास लिनेहरू आफूलाई क्रान्तिकारी ठान्छन्, यहाँसम्म कि सबभन्दा क्रान्तिकारीहरू ठान्छन् । तर, क्रान्ति सबभन्दा उँचो राजनैतिक गतिविधि हो र जसले क्रान्ति मनपराउँछ, उसले त्यसलाई प्राप्त गर्ने उपाय पनि मनपराउनैपर्छ, त्यो हो राजनीतिक सङ्घर्ष, जसले क्रान्तिको निम्ति बाटो तयार पार्छ र मजदुरहरूलाई क्रान्तिकारी तालिम पु¥याउँछ, त्यो विना तिनीहरू लडाइँको भोलिपल्ट फाब्रेस र प्यातजस्ता विश्वासघातीहरूका पञ्जामा फस्ने निश्चित छ । जे भए पनि हाम्रो राजनीति मजदुर वर्गको राजनीति हुनुपर्छ । मजदुरहरूको पार्टी कहिले पनि कुनै पनि पुँजीवादी पार्टीको पिलग्गू हुनुहुन्न, यो स्वतन्त्र हुनुपर्छ र यसको आफ्नै उद्देश्य र आफ्नै नीति हुनुपर्छ ।”
“राजनैतिक स्वतन्त्रताहरू, सभा र सङ्गठन गर्ने अधिकार छापाखानाको स्वतन्त्रता हाम्रा हतियारहरू हुन् । यदि कसैले हामीसँग ती स्वतन्त्रताहरू खोस्न कोसिस गर्छ भने के हामी चुप लागेर बस्छौँ र राजनीतिबाट सन्यास लिन्छौँ ?
माथि भनिएजस्तै हामीले आफ्नो गतिविधिलाई रोक्ने, अलग रहने वा सन्यास लिने कुरो एकदिनको निम्ति पनि मान्य हुनसक्दैन । हाम्रो पार्टी न पुँजीवादी न त राजावादी गुट र पार्टीको पिछलग्गू बन्ने छ । हाम्रो एक स्वतन्त्र पार्टी हुनुपर्छ, जसको स्वतन्त्र उद्देश्य र नीति रहने छ ।
पहिलो विश्वयुद्धभन्दा पहिले पनि दोस्रो इन्टरनेसनलले अवसरवादी नीति लियो । दोस्रो इन्टरनेसनलका अवसरवादी नेताहरूले क्रान्तिकारी सङ्घर्षलाई छोड्ने कुरा प्रचार गर्न थालेका थिए । तिनीहरूले “शान्तिपूर्ण ढङ्गबाटै, पुँजीवाद बढेर समाजवाद हुनेछ ।” भन्ने सिद्धान्तलाई प्रचार गरे । लेनिनले त्यस खोटो सिद्धान्तको कम्मरकसेर विरोध गर्नुभयो र तिनीहरूलाई उदाङ्ग्याइ दिनुभयो । अनि उहाँले क्रान्तिलाई अगाडि लैजानुभयो ।
के आज हाम्रा एकथरी पुराना कामरेडहरूले ‘क्रान्ति आफू हुन्छ, गाउँमा जानु पर्दैन, अहिले राजनैतिक गतिविधि रोक्नुपर्छ’ भनेर अघि सारेको सिद्धान्त माक्र्सवाद र लेनिनवादी विरोधी छैन ? यसकारण सच्चा माक्र्सवादी–लेनिनवादीहरूले त्यसको विरोध गर्नुपर्छ ।
मजदुर पार्टीमा केही प्रतिशत बुद्धिजीवीहरू पनि हुने गर्छन् । हाम्रो पार्टीमा पनि बुद्धिजीवीहरू नभएका होइनन् । सामन्ती, अर्ध सामन्ती, उपनिवेश र अर्ध उपनिवेश देशहरूमा तिनीहरूको महत्वलाई अस्वीकार गर्न सकिन्न । जे होस् ‘लाटाको देशमा गाँडा तन्नेरी’ हुने नै भयो । तर, देश विदेशका परिस्थितिलाई अरुको तुलनामा छिट्टै बुझ्ने भएका हुनाले सामन्तवाद र साम्राज्यवादविरोधी सङ्घर्षमा तिनीहरू छिट्टै आकर्षित हुन्छन् । तर, सङ्घर्षको गा¥हो समयमा वा सामन्त र पुँजीपति वर्गले केही सहुलियत दिएको खण्डमा तिनीहरू ढल्मलिन्छन्, क्रान्तिकारी चरित्रलाई त्याग्छन् । यो तिनीहरूको पुरानै वर्गचरित्र हो । तिनीहरू खास गरेर मध्यम र सानो पुँजीपति वर्गबाट आएका हुन्छन् ।
सानो पुँजीपति वर्गको तहमा मालिक या मध्यम किसान, मालिक, कालिगढ, विद्यार्थी प्राथमिक र माध्यमिक स्कूलका शिक्षकहरू, तल्ला सरकारी अधिकारीहरू, अड्डाका कारिन्दाहरू, कागज लेख्ने स–साना कानुन व्यवसायीहरूजस्ता तल्लो तहका बुद्धिजीवीहरू र स–साना व्यापारीहरू आउँछन् । यसको आकार र वर्ग चरित्र दुवैले गर्दा, यस वर्गमाथि सा¥है राम्रो ध्यान दिनु आवश्यक छ । मध्यम किसान र मालिक कालिगढ दुवै सानो आकारको उत्पादनमा लागेका हुन्छन् । यहाँनिर लेनिनको यस वाक्यलाई सम्झनु सुहाउँछ, “पुँजीवादको उदय स–साना आकारको उत्पादनबाट भएको हो र यही सानो आकारको उत्पादनबाट लगातार पुँजीवादको विकास भएको हो ।” (“स–साना आकारको अर्थव्यवस्था र स–साना आकारको मालसामानको उत्पादनलाई पूरै नमेटाएसम्म पुँजीवाद बाँचिरहन्छ ।”) यस वर्गका सबै तहहरू एउटै साना पुँजीवादी आर्थिक स्तरमा रहे तापनि, तिनीहरू तीन फरक–फरक भागमा बाँडिएका छन् ।
पहिलो भागमा तिनीहरू आउँछन् जसले शारीरिक वा मानसिक श्रम गरेर हरेक वर्ष बढी कमाउँछन् र आफूलाई एक वर्ष खाएर पनि केही पैसा या अन्न बचाउन पाउँछन् । यस्ता मानिसहरू सा¥है धनी हुन चाहन्छन् र तिनीहरू कुबेर, लक्ष्मी, सरस्वती र भीमसेनको पूजा गर्छन् । सम्पति जोड्ने मौका देखेपछि तिनीहरू मध्यम पुँजीपति वर्गको तहमा उक्लिन सधैं इच्छा गर्छन् । ती साना–साना पुँजीपतिहरूमाथि पाइने मान्यता देखेर तिनीहरूको मुखमा पानी आउन थाल्छ । यसप्रकारका मानिसहरू कातर हुन्छन्, सरकारी हाकिमहरूसँग डराउँछन् र क्रान्तिदेखि पनि अलि डराउँछन् । तिनीहरूको आर्थिक स्तर मध्यम पुँजीपति वर्गसँग एकदम नजिक भएको हुनाले तिनीहरू आफ्नो प्रचारमा सा¥है विश्वास गर्छन् र क्रान्तिमाथि पनि शङ्कालु हुन्छन् । साना पुँजीपति वर्गमा यो भाग अल्पमतमा छ र त्यस वर्गको दक्षिणपन्थी विचारको प्रतिनिधित्व गर्छ । (हेर्नुस् माओ त्सेतुङका चिनियाँ समाजको वर्ग विश्लेषण)
हाम्रा केही बुद्धिजीवी साथीहरू यस्तै ड्याङ्मा परेका छन् । तिनीहरू आफूले पार्टीलाई धेरै गुण गरेको, क्रान्तिलाई धेरै त्याग गरेको र आफू ठूला हौँ भन्ने सम्झन्छन् । पद र नाफा बढी देखेर अथवा सङ्घर्षमा दुःख–कष्ट पाउने देखेर पुच्छर लुकाएर भाग्न खोज्छन् । आलोचना गर्दा तिनीहरू नभए पार्टी नै चल्दैन भन्न थाल्छन् । तर, कुरोचाहिँ ठीक उल्टो छ । एकचोटि २१ अगष्ट १८९० मा ओटोबयोनिग्कलाई लेख्नुभएको चिट्ठीमा एँगेल्सले भन्नुभएको थियो,
“हामीलाई अहिले पनि प्राविधिज्ञहरू, कृषि वैज्ञानिकहरू, इन्जिनियरहरू, रसायन शास्त्रीहरू, खप्पिस शिल्पकारहरू आदिको आवश्यकता छ, यो साँचो हो तर यदि स्थिति सा¥है धेरै बिग्य्रो भने हामी तिनीहरूलाई पुँजीपतिहरूले सधैँ किनेजस्तै किन्न सक्छौँ । यदि त्यसभित्रका केही विश्वासघातीहरू, तिनीहरूमा विश्वासघातीहरू त हुन्छन् नै – सँग कडाइको उदाहरण अघि सारिदिएमा तिनीहरूले देख्ने छन् कि हामीसँग राम्रो व्यवहार गर्दा तिनीहरूकै फाइदा हुन्छ । तर, यी विशेषज्ञहरूबाहेक, तिनीहरूमा म स्कूलका शिक्षकहरूलाई पनि लिन्छु, हामी अरु ‘बुद्धिजीवीहरू’ विना पनि राम्रै काम चलाउन सक्नेछौँ ।”
अँ, हो, एँगेल्सले भन्नुभएजस्तै हाम्रा तथाकथित बुद्धिजीवीहरू र शिक्षकहरू हामीलाई विश्वासघात गर्दै छन् । तिनीहरूसँग मुलाहिजा गर्ने प्रश्नै उठ्दैन । नत्र झन् झन् मिचेर ल्याउने छन् र सर्वहारा पार्टी नै सानो पुँजीपति वर्गको पार्टीमा फेरिदिने छन् । क्रान्तिकारी गतिविधिलाई तिनीहरूले ‘लाज्या’ (फुर्सती काम) मा फेरिदिने छन् ।
तिनीहरू त्यसो हुनुको मुख्य कारण के हो ? “…. पुँजीपतिहरूले सीप जान्ने मजदुरहरूको माथिल्लो स्तरलाई खुलमखुला घूस दिएका थिए । तिनीहरूलाई मजदुर बाबुसाहेब भनिन्थे । बढी तलब दिएर वा यस्तै अर्कै टुक्रो फालेर तिनीहरूलाई घूस दिइन्थ्यो ।”
बस्, हाम्रा माक्र्सवादीहरू पनि त्यस्तै भइरहेका छन् । जागीर, बढी तलब, पदोन्नति, (मास्टरबाट हेडमास्टर पद, प्राइमरी स्कूलको मार्सापबाट हाइस्कूलको मार्साप, हाइस्कूलबाट कलेज) को झुटो देखावटी आदर र छोरा नाति–भाइ–भतिजालाई स्कलरसीप (विदेशको छात्रवृत्ति) को घूसले तिनीहरू मध्यम पुँजीपति वर्गमा उक्लने दाउ गर्दै छन् र पार्टीलाई पछाडिबाट चुपीले हान्दै छन् । यस्ता विश्वासघाती र बेइमानीहरूलाई जनताको अगाडि उदाङ्यापर्छ र तल्लो वर्गबाटै क्रान्तिकारी बुद्धिजीवीहरू तयार पार्दै पनि लानुपर्छ ।
स्रोत ः नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारको खण्डन
……………
Leave a Reply