क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
विगोल
माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधाराबारे व्यापक जनतालाई सुसूचित र सङ्गठित पारी समाजवाद स्थापना गर्ने बाटो लिनु हरेक कम्युनिस्ट पार्टीको जिम्मेवार हो । त्यो जिम्मेवारी पूरा गर्न जसरी कम्युनिस्ट नेता तथा कार्यकर्ताहरू जनताको घर आँगनमा पुग्छन्, जुट्छन् त्यसरी नै कम्युनिस्ट विचार बोकेको आस्थाको पत्रिकाले पनि श्रमजीवी वर्गको पक्षमा कलम चलाएर सुसूचित पार्ने काम गरिरहेको हुन्छ, गर्नुपर्छ । देश र जनतामा समर्पित ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकले राष्ट्रिय अन्तर्राष्ट्रिय मजदुर, किसान, शोषित पीडित तथा उत्पीडित जनताको पक्षमा सर्वहारा वर्गका विभिन्न नेताहरूको जीवनी, अनुभव, न्यायप्रेमी आन्दोलन र सङ्घर्षका लेख, समाचार छापिरहेको यथार्थ हो । जनताको न्यायपूर्ण सङ्घर्षमा टेवा पु¥याउन, प्रचारप्रसार गर्न, अन्तर्राष्ट्रवादी भावना बोकेर विदेशी थिचोमिचो, हस्तक्षेप, शोषण र दमनको विरोधमा लड्ने, भिड्ने जनताको समर्थनका समाचार र लेखहरू ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकले स्थान दिइरहेको कुरा पाठक वर्गमा आलै छ । कम्युनिस्टको सिद्धान्त, विचार, साङ्गठनिक गतिविधिलाई जनताको घर आँगनमा पु¥याएर सुसूचित पार्ने काम नै आस्थाको पत्रिकाको जिम्मेवारी हो, त्यो जिम्मेवारी मजदुर र श्रमिकले निर्वाह गरिरहेका छन् ।
नेमकिपाको मुखपत्र ‘मजदुर–किसान’ साम्राज्यवादविरोधी सङ्घर्ष, सामन्तवादविरोधी प्रजातान्त्रिक आन्दोलन, किसान मजदुर आन्दोलन एवम् समाजवादी क्रान्तिबारे जानकारी दिने उद्देश्यले प्रकाशित पत्रिका हो । यसरी नै ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिक, मजदुर, किसान, बुद्धिजीवी तथा न्यायप्रेमी र देशभक्त जनताको पक्षमा सेवा गर्न, बहुमत जनताको सेवा हुने हरेक काम र गतिविधिलाई उजागर गर्न र पुरानपन्थी विचारबाट मुक्त हुन, जनविरोधी र देशविरोधी कार्य जनतामाझ उदाङ्ग्याएर जनताको सांस्कृतिक, राजनीतिक र सैद्धान्तिक स्तर उठाउन प्रकाशित भइरहेको छ ।
समाजमा अन्धविश्वास, कुरीति, कुसंस्कृति र कुप्रथा रहेसम्म आदर्शाेन्मुख समाज स्थापना हुँदैन । बहुमत जनताको राजनीतिक, सैद्धान्तिक, वैचारिक र सांस्कृतिक स्तर नउठसेसम्म आमूल परिवर्तन सम्भव छैन । आमूल परिवर्तन नभएसम्म बहुमत जनताको हित हुने छैन । ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकले कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारको प्रचारमात्र होइन, कम्युनिस्ट आन्दोलनमा देखिएको खोटो विचार, कम्युनिस्ट पार्टी र आन्दोलनमा पु¥याइरहेको भ्रम र झूटको खेतीबारे उदाङ्ग्याउने काम पनि गरिरहेका छन् । वैदेशिक हस्तक्षेपको विरोध गरेर देशको स्वाधीनता र सार्वभौमसत्ता जोगाउने पक्षमा आवाज उठाएर आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन् । नेपालमा प्रत्यक्ष या अप्रत्यक्षरूपमा वैदेशिक हस्तक्षेप छोडेको छैन । सीमा मिच्ने, विदेशी शक्ति राष्ट्रको दबाबमा राख्ने, आर्थिक सहयोग र विकासको प्रलोभन देखाएर नेपाल सरकारलाई अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको चङ्गुलमा फसाउने षड्यन्त्र बुनिरहेको छ । यस्ता विदेशी शक्ति राष्ट्रको षड्यन्त्र र चलखेलमा सरकार, राजनीतिक दल र नेपाली जनता नफस्न र सतर्क रहन पत्रिकाले खबरदारी गर्ने काम गरिरहेका छन् ।
देशको स्वाधीनता र सार्वभौमसत्ता जोगाउन देशभक्त नागरिक तयार गर्ने काममा सहयोग पु¥याउनु पनि पत्रिकाको अर्काे उद्देश्य हो । भ्रष्टाचार, कालाबजारी, घूसखोरी र अनियमितताको विरोध गर्ने यो आस्थाको पत्रिका हो । कुनै पनि सरकार, दल या कुनै पत्रिकाको जनविरोधी र देशविरोधी कदमको यो पत्रिका विपक्षमा छ । अन्धविश्वास, कुरीति र कुसंस्कृतिविरुद्ध जनचेतना जगाउनेतर्फ यो पत्रिका केन्द्रित रहेको छ । नेपाल मजदुर किसान पार्टी कम्युनिस्ट पार्टी भएको हुँदा ‘श्रमिक’ र ‘मजदुर’ ले नेमकिपाको इतिहास, नेमकिपाले कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट सिद्धान्त र विचारमा पु¥याएको योगदान र गतिविधि पनि जनताको घर आँगनमा पु¥याउने काममा सघाइरहेका छन् । सरकार, कुनै पनि दल या समूहको कमी कमजोरी औँल्याउने, झूटको खेती र भ्रमबारे चिर्ने, राष्ट्रिय अखण्डतामा प्रतिकूल प्रभाव पार्ने सरकारको चिरफार गर्ने र जातीय राजनीतिको विरोध गर्न पनि यो पत्रिका पछि परेको छैन । यसैले बुद्धिजीवीहरू ‘श्रमिक’ र ‘मजदुर’ पत्रिकालाई आस्थाको पत्रिका, कम्युनिस्टहरूको वामपन्थी पत्रिका र अन्तर्राष्ट्रवादी पत्रिका ठान्छन् ।
यो पत्रिका नागरिक भावना जगाउने, सांस्कृतिक स्तर उठाउने र देशभक्त नागरिक बनाउनेतर्फ प्रयत्नशील छ । शोषणरहित समाज र आदर्शाेन्मुख समाज स्थापनामा टेवा पु¥याउनेसम्बन्धी लेख र समाचारलाई पत्रिकामा ठाउँ दिइरहेको छ । यसकारण ‘श्रमिक’ र ‘मजदुर’ पत्रिका आस्थाको पत्रिका हो, कम्युनिस्टको सिद्धान्त र विचार बोकेको अन्तर्राष्ट्रवादी पत्रिका हो । श्रमजीवी वर्गको प्रतिनिधित्व गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय मजदुर, किसान र उत्पीडित वर्गको पक्षमा आवाज उठाउने र ऐक्यबद्धता जनाउने पत्रिका हो । वैदेशिक हस्तक्षेप, जातीय राजनीति र देश विभाजन गर्ने राजनीतिको विरोध गर्ने पत्रिका हो । नागरिक भावना जगाउने, सांस्कृतिक र वैचारिक स्तर उठाउने, अन्धविश्वास, विकृति र विसङ्गतिको विरोध गर्ने, भ्रष्टाचार, ढिलासुस्ती, पक्षपात र अनियमितताको विरोध गर्ने पत्रिका हो ।
Leave a Reply