भर्खरै :

मुखमा समाजवाद, व्यवहारमा पुँजीवाद पाखण्ड र विश्वासघात हो

 अनुराधा थापामगर
(नेमकिपाको ४६ औं स्थापना दिवसको अवसरमा शुक्रबार दत्तात्रयमा आयोजित जनसभामा नेमकिपा केन्द्रीय सदस्य अनुराधा थापामगरद्वारा व्यक्त मन्तव्य)
नेपालको राजनीतिक डबलीमा साँचो कम्युनिस्ट पार्टीको कित्तामा नडगमगाई उभिन सफल एकमात्र कम्युनिस्ट पार्टी नेपाल मजदुर किसान पार्टी हो । हरेक राजनीतिक दल कुनै न कुनै विचार, दर्शन वा सिद्धान्तमा आधारित हुन्छन् । नेमकिपा माक्र्सवाद–लेनिनवाद, माओ विचारधारालाई आफ्नो मार्गनिर्देशक सिद्धान्तको रूपमा अङ्गीकार गर्दै स्थापना भएको पार्टी हो । हरेक कम्युनिस्ट पार्टीको सिद्धान्त यही हुने गर्छ ।
माक्र्सवाद भनेको कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सद्वारा प्रतिपादित आर्थिक तथा राजनीतिक दर्शन, समाजका विभिन्न वर्गका बीच वर्गसङ्घर्षको परिणामस्वरूप स्थापित हुने साम्यवादी समाजको परिकल्पना हो । माक्र्सवादमा विश्वास गर्ने वा माक्र्सवादका अनुयायी माक्र्सवादी हुन् ।
लेनिनवाद भनेको लेनिन र स्तालिनको शिक्षा वा रूसमा माक्र्सवादको व्यावहारिक प्रयोग र सफलता हो । आफ्नो देशको परिस्थितिअनुसार मजदुरको ठाउँमा किसानलाई सङ्गठित गरी चिनियाँ भूमिमा क्रान्ति सम्पन्न गर्नुपर्ने ठम्याइ राख्ने माओको विचार र सफलता नै माओ विचारधारा हो ।
माक्र्सवाद भनेको क्रान्तिकारी सिद्धान्त हो, क्रान्ति भनेको आमूल परिवर्तन वा उल्टाउनु हो, माक्र्सवादले शोषणमा आधारित पुँजीवादी राज्य सत्तालाई पल्टाउने र वैज्ञानिक शिक्षा वा उपाय प्रदान गर्छ ।
माक्र्सले सबै मान्छे बराबर हुन्छन्, हुनुपर्छ, छैनन् भने समान बनाउन क्रान्ति आवश्यक छ । त्यसको निम्ति सशस्त्र सङ्घर्ष नै गर्नुपर्छ भन्नुभयो । क्रान्ति कसरी गर्ने वा हुन्छ भन्ने आफ्ना ज्ञानलाई सूत्रबद्ध गर्नुभयो र कम्युनिस्ट घोषणापत्र संसारलाई दिनुभयो ।
माक्र्सले आफ्नो जीवनकालमै वर्गसङ्घर्षको स्वरूप अनुभूत गर्नुभयो, सन् १८७१ को पेरिस कम्युनमार्फत । माक्र्सकै शिक्षाअनुसार सन् १९१७ मा रूसमा अक्टोवर समाजवादी क्रान्ति सफल भयो । सन् १९५९ मा क्युवामा र सन् १९५३ मा कोरियामा माक्र्सवाद–लेनिनवाद र माओविचारधाराअनुसार क्रान्ति सम्पन्न भयो ।
पुँजीवाद धरासायी हुने पहिलो ऐतिहासिक घटनाक्रम पेरिस कम्युन थियो । व्यापक र बलियो सङ्गठन र नेतृत्वको अभावको कारण ७२ दिनमात्र टिक्न सकेको पेरिस कम्युनको अस्थायी हारपछि वा सन् १९१७ अघिसम्म संरा अमेरिकालगायत पुँजीवादी र साम्राज्यवादीहरू माक्र्सवादी सिद्धान्त व्यवहारमा लागू हुननसक्ने चित्रण गर्थे । तर, लेनिनले पछिलो विश्व युद्धमा नाजी सेना÷हिटलरलाई हराएपछि विश्व कम्युनिस्ट आन्दोलनको एक खाका कोर्दै अघि बढ्यो । सन् १९१७ को रूसी समाजवादी क्रान्तिपछि समाजवाद विश्व राजनीतिको एक अभिन्न अङ्ग बन्यो ।
अमेरिकाले ३ सय वर्ष, बेलायतले २ सय वर्ष र फ्रान्सले १५० वर्ष लगाएर गरेको विकास समाजवादी रूसले ३०–४० वर्षमै सम्पन्न ग¥यो । तर, समाजवाद स्थापनाको ७२ वर्षपछि संशोधनवादी विचारका कारण सन् १९९१ मा सोभियत समाजवादी व्यवस्थाको अस्थायी हार भयो ।

कम्युनिस्ट आन्दोलनमा संशोधनवाद त्यसअघि जर्मनका वर्नस्टिनले अँगालेका थिए । उनी माक्र्सका शिष्य थिए र एँगेल्सका नातेदार पनि । माक्र्स र एँगेल्सको निधनपछि उनले माक्र्सवादको औचित्य नरहेको भन्दै त्यसमा काँटछाँट वा फेरबदल गर्नुपर्ने औँल्याए । उनी भन्थे, “लामो समयसम्मको सुधारलाई जम्मा गरियो भने त्यो क्रान्ति हुन्छ ।”
उनी क्रान्तिको लागि हतियार उठाउनुपर्दैन, चुनावमार्फत शान्तिपूर्णरूपमा समाजवाद ल्याउन सकिने बताउँथे । उनी भन्थे, “प्रजातन्त्रको मतपत्रमा निरङ्कुश शासकहरूको टाउकोलाई पनि जनताको अगाडि झुकाउने क्षमता राख्छन् । संसद्, विधानसभा या प्रतिनिधिसभामा बहुमत आउनासाथ पुँजीवादीहरूले आफ्नो शासन मजदुर वर्गलाई सुम्पिनुपर्ने छ – विनाहिंसा र रगतले समाजवाद कायम हुन्छ ।”

संशोधनवाद भनेको कुनै सिद्धान्तको मौलिकतालाई अवमूल्यन हुने गरी हेरफेर वा संशोधन गर्ने कार्य वा त्यस्तो नीति तथा सिद्धान्त हो । संशोधनवादमा विश्वास गर्ने या अनुयायी संशोधनवादी हुन् । यस अर्थमा माक्र्सवादलाई संशोधन गर्नुपर्छ भन्ने कम्युनिस्ट पार्टी वा नेतालाई संशोधनवादी भनिन्छ ।
सर्प मर्छ तर पुच्छर हल्लिरहन्छ भनेझैँ सन् १९२४ मा सोभियत सङ्घमा लेनिनको निधनपश्चात् बुखारिन र त्रोत्स्कीजस्ता संशोधनवादीहरू जुर्मुराउन लागेका थिए । तर, ती सबैलाई स्तालिनले दबाउनुभयो ।
सन् १९५३ मा स्तालिनको निधनपछि कम्युनिस्ट पार्टीकै नेता ख्रुस्चेभ संशोधनवादीको रूपमा देखापरे । उनले सन् १९५६ मा एउटा भाषणमा भनेका थिए, “सोभियत सङ्घमा लालझन्डा फहराइसकेपछि विश्वका शोषकहरू दुलोभित्र लुकिसके । अब वर्गसङ्घर्ष आवश्यक छैन ।” ख्रुश्चेभको यो भनाइसँगै माओ त्सेतुङ्गले सोभियत सङ्घ संशोधनवादमा पतन भएको बताउनुभयोे । उहाँ माक्र्सवाद–लेनिनवादको रक्षामा लाग्नुभएको थियो ।
ख्रुश्चेभले वर्गसङ्घर्ष आवश्यक नभएको र निर्वाचनमा बहुमत प्राप्त गरी शान्तिपूर्ण ढङ्गले समाजवाद प्राप्त गर्न सकिने बताए अर्थात् माक्र्सवाद अस्वीकार गरे ।
कम्युनिस्ट आन्दोलनमा संशोधनवाद त्यसअघि जर्मनका वर्नस्टिनले अँगालेका थिए । उनी माक्र्सका शिष्य थिए र एँगेल्सका नातेदार पनि । माक्र्स र एँगेल्सको निधनपछि उनले माक्र्सवादको औचित्य नरहेको भन्दै त्यसमा काँटछाँट वा फेरबदल गर्नुपर्ने औँल्याए । उनी भन्थे, “लामो समयसम्मको सुधारलाई जम्मा गरियो भने त्यो क्रान्ति हुन्छ ।”
उनी क्रान्तिको लागि हतियार उठाउनुपर्दैन, चुनावमार्फत शान्तिपूर्णरूपमा समाजवाद ल्याउन सकिने बताउँथे । उनी भन्थे, “प्रजातन्त्रको मतपत्रमा निरङ्कुश शासकहरूको टाउकोलाई पनि जनताको अगाडि झुकाउने क्षमता राख्छन् । संसद्, विधानसभा या प्रतिनिधिसभामा बहुमत आउनासाथ पुँजीवादीहरूले आफ्नो शासन मजदुर वर्गलाई सुम्पिनुपर्ने छ – विनाहिंसा र रगतले समाजवाद कायम हुन्छ ।”
वर्नस्टीनको उक्त भनाइको खण्डन गर्दै पोल्याण्न्डमा जन्मिएकी, स्वीट्जरल्यान्ड र जर्मनलाई आफ्नो राजनीतिक सङ्घर्षको कार्यथलो बनाएकी माक्र्सवादी रोजा लक्जेम्बर्गले भनेकी थिइन्, “मानव समाजको राजनीतिक विकासमा प्रजातन्त्र एक सानो वस्तु हो । पुँजीवाद र प्रजातन्त्र एक अर्कोमा आधारित हुन्न । पुँजीवादले सधैँ प्रजातन्त्रको लुगा लगाउँछ भन्ने अनिवार्यता छैन, आफूलाई फाइदा हुनेदेखेमा पुँजीवादले निरङ्कुश राजतन्त्रदेखि पूर्ण प्रजातान्त्रिक व्यवस्थासम्म अपनाउन सक्छ ।”
वर्नस्टीनको संशोधनवादी र अवसरवादी नीतिको विरूद्धमा रोजा लक्जेम्बर्गले अविराम सैद्धान्तिक सङ्घर्ष गरिन् । अवसरवादी भनेको मौका हेरी विचार एवम् व्यवहार बदल्ने, आफ्नो आस्था वा सिद्धान्त छोडी स्वार्थका पछि लाग्ने वा दीर्घकालीन हित छाडी तत्कालीन व्यक्तिगत स्वार्थमा लाग्ने अवसरवादको अनुयायी, अवसरवादमा विश्वास गर्नेहरू हुन् ।
संशोधनवाद र अवसरवादले पुँजीवाद र साम्राज्यवादलाई झनै बलियो बनाउँछ र कम्युनिस्ट आन्दोलनलाई झनै कमजोर बनाउँछ ।
एक सच्चा कम्युनिस्ट पार्टी या माक्र्सवादीलाई के स्पष्ट थाहा छ भने “पुँजीवादी सरकार (व्यवस्था) को मसानको खरानीमा मात्रै मजदुर वर्ग एक सरकारको रूपमा उभिन सक्छ या समाजवादको निर्माण हुनसक्छ ।
आफू खरानी हुने डरले पुँजीपति वर्ग कम्युनिस्ट आन्दोलनलाई धरासयी बनाउन अनेक षड्यन्त्रमा लाग्ने गर्छन् । विश्वको इतिहासले त्यहीँ देखाउँछ । मजदुर आन्दोलनलाई शिथिल पार्न पुँजीपति वर्ग शासन सत्तामा मजदुर वर्गका प्रतिनिधि र समाजवादी दलहरूलाई सामेल गराउने नीति लिन्छन् । मजदुर आन्दोलन दबाउन वा क्रान्तिलाई पर धकेल्न त्यो चास्नी पोतेको गोली साबित हुन्छ । उदाहरणको लागि पेरिस कम्युनपछि फ्रान्सको पुँजीवादी मन्त्रिमण्डलमा अलेक्जेन्डर मिलेरो भन्ने एक समाजवादी नेतालाई राखियो । फ्रान्सेली समाजवादीहरू त्यसलाई आफ्नो सफलता मान्थे । पछि मिलेरोले पुँजीवादीहरूको धम्की सहनुप¥यो, देश–विदेशमा फ्रान्सेली सरकारले जनताको विरोधमा गरेको दमनको समर्थन गर्नुप¥यो, रूसको राजा जार फ्रान्स आउँदा झुकेर सलाम गर्नुप¥यो । अन्ततः फ्रान्सको मन्त्रिमण्डलमा सामेल मजदुर प्रतिनिधि मिलेरोको पतन भयो, समाजवादी पार्टी कमजोर बन्यो ।
चुनावमा भाग लिने र संसदीय बाटोबाटै समाजवाद आउँछ भन्ने जर्मनीको सामाजिक जनवादी पार्टी र त्यसका नेता सामाने चैकडोनाल त्यही विचारले खत्तम भए । यो लेनिनको क्रानिन्तकारी संसद्वादको नीतिविपरीत थियो ।
आज नेपालको कम्युनिस्ट आन्दोलनमा पनि संशोधनवाद र अवसरवाद हावी भइरहेको छ । नेपालको मुख्य संशोधनवादी र अवसरवादी पार्टी नेकपा अर्थात् एमाले प्लस माओवादी नै हुन् । व्यक्तिहत्याको राजनीतिबाट अघि बढेको एमालेमा रूसको नरोदवादी (जून १९०५ तिर रूसमा अराजकतावादी चिन्तन थियो) र सन् १९६५–७० तिरको भारतीय नक्सलवादको खोटो विचारको प्रभाव थियो । समाजका केही खराब व्यक्तिको हत्या वा ‘वर्ग शत्रुको सफाया’ पछि समाजमा परिवर्तन हुन्छ र परिवर्तनको लागि सङ्गठन, सिद्धान्त र पार्टी होइन केही व्यक्तिको साहस, बहादुरी र वीरताको आवश्यकता हुन्छ भन्ने तिनीहरू ठान्दथे । रूस र भारतमा झैँ नेपालमा पनि त्यस विचारले असफलता भोग्यो र त्यो पार्टी क्रमशः संशोधनवाद र अवसरवादमा पतन भयो । त्यस पार्टीका नेताहरू वर्नस्टीनका नेपाली संस्करण भए । माक्र्सवादलाई संशोधन गर्दै ‘जनताको बहुदलीय जनवाद’ को नारा लगाउँदै वर्नस्टिनकै अनुकरणमा लागी निर्वाचनबाटै समाजवाद आउने वा आमूल परिवर्तन हुने भ्रम पाल्छन् र मतदाता÷जनतामा छर्छन् – प्रतिनिधिसभा र प्रदेशसभाको चुनावअघि कथित वामगठबन्धनमा एमालेका नेता वा वर्तमान प्रधानमन्त्री ओलीले बोलेका थिए, “यो निर्वाचन नयाँ युगमा प्रवेश गर्ने अन्तिम लडाइँ हो ।” गणतन्त्रको ११ वर्षपछि आज त्यो नयाँ युग भनेको भ्रष्टाचारको युग, बलात्कारको युग, ठगीको युग, मानव तस्करीको युग, माफिया युग, झुक्याउने युग भएको छ । किनभने चुनावमार्फत आउने युग भनेको यस्तै युग हो । साँचो परिवर्तनको नयाँ युग ल्याउन त माक्र्सवादी सिद्धान्तअनुसार शोषित वर्गले शोषक वर्गविरूद्ध वा यो शोषणयुक्त राज्यसत्ताविरूद्ध सङ्गठित भएर हतियार उठाउनैपर्छ । नयाँ युग निर्वाचनले होइन शोषक र शोषितबीचको निर्णायक युद्धले मात्रै ल्याउँछ । यो विषय कथित नेकपा वा एमालेलाई थाहा नभएको होइन, उनीहरू नेपालको कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउन संशोधनवाद र अवसरवादलाई अघि सार्दै छन् । यसको विरूद्धमा सैद्धान्तिक सङ्घर्ष नेमकिपाले चलाउँदै छ ।
चुनावमा भाग लिनुको अर्थ जनतामा समाजवादको प्रचार गर्नु र त्यसको प्रचारको मात्रालाई हेर्नु हो । संसद्मा जानुको अर्थ जनताको मागलाई अगाडि बढाउनु र सकेसम्म जनताको पक्षमा ऐन–कानुन पास गराउन सङ्घर्ष गर्नु हो ।
मुखले समाजवाद र समृद्धिको आश्वासन दिने तर व्यवहारमा पुँजीवादीहरूको सेवा गर्ने पाखण्डी र विश्वासघाती हो नेकपा ।
माओवादीहरू अराजकतावादी समूह थिए । नेमकिपाले त्यसविरूद्ध पनि सैद्धान्तिक सङ्घर्ष ग¥यो । पछि माओवादीको कथित जनयुद्ध भारतबाट सञ्चालित भएको प्रमाणित भयो । भारतीय गुप्तचर संस्था (रअ) को सिफारिसमा नेपालको राजनीति भारतीय एकाधिकार पुँजीको हातमा सुम्पने ‘ट्रोजन हर्स’ पनि साबित भयो माओवादी पार्टी ।
भारतीय एकाधिकार पुँजीले चीन र माओ त्सेतुङप्रतिको भावनात्मक झुकाव कम गर्न वा मेटाउन माओवादी नाम दिएर विध्वंश गर्न लगाएको पनि साबित भएको छ । त्यसका नेता वा हाल नेकपाका अर्का अध्यक्ष प्रचण्ड नेपाली राजनीतिक नेता हुन् कि दिल्लीका दूत हुन् भन्ने प्रश्न सचेत नेपाली उठाउँदै छन् ।
एमाले र माओवादीको नेकपा संशोधनवादी र अवसरवादी हुँदै पुँजीवादी दलदलमा निस्कनै नसक्ने गरी भासिइसकेको छ । यीलगायत अन्य कम्युनिस्ट भनिने पार्टीहरू पनि संसद्वादी वा संशोधनवादी र अवसरवादी भइसकेका छन् ।
आज ती पार्टीहरू जसरी पनि चुनाव जित्ने र संसद्मा जाने उद्देश्य राख्दै छन् । अझ बढ्ता खतरा तिनीहरू भारतीय विस्तारवाद या भारतीय एकाधिकार पुँजी र अमेरिकी साम्राज्यवादको सेवाको निम्ति उनीहरूकै खर्चमा जसरी नि चुनाव जिति संसद र सरकारमा जान आतुर छन् ।
नेमकिपाले भाजेभतेर खुवाई, पैसा–सामान–उपहार बाँडी झूटा आश्वासन दिई मत लिएको छैन ।
परीक्षामा चिट चोर्ने र यी सब कुकृत्य गरी चुनाव जित्ने एकै जातका मूला हुन् । यी दुवैले देश र जनताको सेवा गर्दैनन्, गर्नसक्दैनन्, चोर बाटोबाट आउने जो कोही इमानदार हुँदैनन्, हुनैसक्दैनन् ।
नेकपा संशोधनवादी र अराजकतावादीबाट तल झरेर ठेकेदारवादी भएको छ, सिन्डिकेटवादी, माफियावादी, डनवादी भएको छ । अनि अझ बलात्कारवादी, भ्रष्टाचारवादी, गुटवादी, गुन्डावादी भएको छ । अझ बढ्ता नेकपा हिटलरवादी भएको छ । सुरूमा भौतिकवादी र समाजवादी हिटलर सत्तामा पुगेपछि चर्च र पुँजीपति वर्गसँग घाँटी जोडे र जनतालाई मूर्ख सम्झेर अन्धभक्त बनाउन चाहे । उनी सहरमा भाषण दिँदा सामानको मूल्य घटाउने आश्वासन दिन्थे अनि गाउँमा किसानको माझमा भाषण गर्दा कृषि उत्पादनको मूल्य बढाउने आश्वासन दिन्थे ।
नेकपाका नेता ओलीले चुनावअघि सुतेकै ठाउँमा भात ल्याइदिन्छु भनेका थिए, अहिले समृद्धिका कुरा गर्छन्, आखिर भएको केही छैन । कार्यकर्ताहरूले चुनावमा मत माग्दा जहाँ जहाँ गए त्यहाँ त्यहाँ राजधानी ल्याइदिने आश्वासन दिएकै हुन् । अहिले सरकारी बजेट झ्वाम पार्न अन्तर्राष्ट्रिय रङ्गशालाको कुरा उठाउँदै छन् ।
संशोधनवादले अराजकतावादलाई अँगालेपछि, माक्र्सवाद–लेनिनवादलाई छोडेपछि कुनै पनि कम्युनिस्ट पार्टी कम्युनिस्ट रहँदैन, नक्कली कम्युनिस्ट पार्टी हुन्छ वा पुँजीवादी पार्टी हुन्छ । त्यस्ता पार्टीले यो अन्याय, अत्याचार, बलात्कार, भ्रष्टाचार या शोषणमा आधारित पुँजीवादी व्यवस्थालाई जबरजस्ती टिकाउन मद्दत गरिरहेका हुन्छन् । तर, यो व्यवस्थाको पतन अवश्यम्भावी छ – माक्र्सवाद–लेनिनवादले यही भन्छ ।
लेनिनले लेख्नुभएको थियो, पुँजीवाद एक परजीवी, ¥हासोन्मुख र सामाजिक–सांस्कृतिक एवम् आर्थिक क्षेत्रमा कुहिँदै गएको व्यवस्था हो ।
यस अर्थमा पुँजीवादी व्यवस्थालाई स्वीकार्ने दलहरू कुहिँदै जानेछन् । नेपालको कम्युनिस्ट आन्दोलनलाई रोक्ने दुस्साहस र दुष्प्रयास गर्नेहरू डुङ्डुङ्ती गनाउन थालिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *