क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
अनुदीप
नेपाली निबन्धकृतिहरूको भण्डारमा एक अर्को कृति थपिएको छ – ‘बादलभित्रको घाम ।’ डोलिन्द्रप्रसाद शर्माको ‘बादलभित्रको घाम’ ले स्वयम् लेखक शर्माको साहित्यिक व्यक्तित्वलाई बादलबाट बाहिर ल्याई घाममा पदार्पण गरेको छ । ‘बादलभित्रको घाम’ शर्माको पहिलो कृति भएको प्रकाशक शमी साहित्य प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालले प्रकाशकीयमा स्पष्ट पारेका छन् ।
निबन्धकार शर्मा साहित्यानुरागीमात्र होइनन्, नेपाली साहित्यका असल पारखी पनि रहेका उनका निबन्ध रचनाहरूमा उदृढ अन्य स्रष्टाहरूको सान्दर्भिक रचनांशहरूले पुष्टी गरेको छ । यद्यपि उनको साहित्य साधना सिर्जना र प्रकाशनतर्फ लम्केको थिएन । त्यसैले नेपाली साहित्यकृतिहरूका प्रमुख प्रकासन संस्था साझा प्रकाशनको व्यवस्थापकमा निुयक्ति हुँदा गैरसाहित्यिक व्यक्तिलाई नियुक्ति गरिएको आरोप निबन्धकार शर्माले खेप्नु प¥यो । साझा प्रकाशनको व्यवस्थापक भएर नेपाली साहित्यको श्रीवृद्धिको लागि गरिएको अनुष्ठानलाई अझ थप टेवा पु¥याउन शर्माले निबन्ध लेखन तथा कृति प्रकाशनतर्फ कदम चालेको देखिन्छ । ‘बादलभित्रको घाम’ का निबन्धहरूमा साझाको व्यवस्थापक हुन लाग्दा र हुँदाका बखत शर्मामाथि तेर्सिएका सन्देहलाई निराकरण गर्ने प्रयास गरिएका छन् । निबन्धहरूमा शर्माको साहित्यिक अभिव्यक्ति क्षमता र सीप प्रदर्शित भएका छन् । यस अर्थमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले ‘बादलभित्रको घाम ः एउटा पौरखी युवाको रोमाञ्चक कथा’मा भनेका छन्, “आफ्नो निबन्धमा निजात्मक चिन्तन भर्ने राम्रो सम्भावना बोकेका निबन्धकारको रूपमा चिनाउने जमर्को गरेको छु यस मन्तव्यमा ।” शर्माका अठार वटा निबन्ध सङ्गृहित ‘बादलभित्रको घाम’मा थप एघार वटा मन्तव्य पनि सङ्कलित छन् ।
निबन्धशिल्पका विविध रूपमध्ये आत्मानुभूतिहरूलाई प्रकाश पार्ने आत्मपरक शैली एक प्रमुख शैली हो । ‘बादलभित्रको घाम’ निबन्धहरूमा शर्माले निजी अनुभूतिहरूलाई प्रकाशित गरेका छन् । नेपाली साहित्यको क्षेत्रमा आत्मसंस्मरणको बग्रेल्ती ‘बहार’ आइरहेको बेला शर्माको ‘बादलभित्रको घाम’ आत्मप्रकाशन पाठकहरूको लागि चाखलाग्दो खुराक बन्नेछ ।
निबन्धसङ्ग्रहको पहिलो रचना ‘पात्लेखेतदेखि मुगलानसम्म’मा शर्माको बाल्यकाल, धेरै खेत भएर पनि ऋण काढ्नुपर्ने ग्रामीण समस्या र नेपाली समाजको घडी, चकलेट जस्ता औद्योगिक उत्पादन मोह अनि विदेश मोहलाई उत्थान गरिएको पाइन्छ ।
‘लाहुरे जीवन ः एक सपना’ दोस्रो निबन्धमा भारतमा अनौपचारिक क्षेत्रमा काम गर्दा आइपर्ने समस्या, अवसर र नेपाली कामदारहरू कोही सहयोगी स्वभावको कोही पीडक चरित्रको भेटिएको दृष्य वर्णन पाइन्छ । शर्माले भारतीय मालिक्नीलाई गरेको सेवाबाट प्रभावित भएर इन्दिरा गान्धी ओपन युनिभर्सिटीमा भर्ना र युनिक कम्पाक्ट कम्प्युटर प्रालिमा काम मिलाइदिएको अनि उडिसाबाट भारतीय सेनामा भर्ति हुन हिँडेको चर्चा गरेका छन् ।
तेस्रो निबन्ध ‘जिन्दगीका अक्करहरूबाट नियाल्दै उज्यालो’ले चार वर्ष दिल्ली बसाइँपछि एक महिनाको लागि छुट्टीमा गाउँमा आएको तर फर्किने बेलामा ठूलो बुबाको छोरा बितेर जुठोमा यात्रा गर्नु हुँदैन भनी जिन्दगीको यात्रा मोडिएको देखाएको छ । जर्मनी जाने रहरमा आठ लाख बुझाएपछि ठगीमा परेको ज्ञात भएका शर्माले चली आएको ट्युसन सेन्टर किनेर व्यावसायिक जीवन सुरु गरेको र प्रकाशन क्षेत्रमा पनि लगानी गरेर साझा प्रकाशनमा नियुक्ति पाएको सम्म प्रगति विवरण प्रस्तुत गरेका छन् ।
पाचौँ निबन्ध ‘काठमाडौँदेखि लोमान्थाङसम्म’ नियात्रा हो । यात्रामा सँगै निस्केका दिनानाथ शर्मालाई ‘पात्लेखेतदेखि मुगलानसम्म’ निबन्धको पाण्डुलिपि देखाउँदा हौसला पाएको चर्चा छ । मुक्तिनाथ यात्राकै सिलसिलाको सातौँ निबन्ध ‘लमतन्न मुस्ताङमा हराएर आफैँलाई’ मा उपल्लो मुस्ताङको दृश्याङ्कन गरिएको छ । भौतिक विकासको रवाफ देखाउने नेताहरूलाई उपल्लो मुस्ताङका एक सहभागीले भनेको “हजुर हामीलाई बाटो र पुल होइन, शिक्षा र चेतना चाहियो । अब तपाईं मन्त्री होइन हामी मन्त्री बन्नुप¥यो । हामीलाई मन्त्री बनाउनुस् ।” भनाइ मर्मस्पर्शी छ । यसले नेपाली नेताहरूको साँस्कृतिक स्तर र पिछडिएको क्षेत्रका जनताको चेतना र आकाङ्क्षालाई एकसाथ प्रस्ट पारिदिएको छ ।
प्रकाशन व्यवसायमा लागेपछि शर्माको पहुँच देशका उच्च ओहदासम्म पुगेको चौथो निबन्ध ‘गिरिजाबाबुको धाम’मा खुलाइएको पाइन्छ । ईश्वरचन्द्र सिंहलगायतको ऐतिहासिक व्यक्तित्व ः गिरिजाप्रसाद कोइरालादेखि भुटानी टेकनाथ रिजालको फ्रम प्यालेस टु प्रिजन कृति प्रकाशन गरेका शर्मा ‘सबैलाई मिलाउन सक्ने क्षमता भएकोले यसले गरिखान्छ’ भनी गिरिजाबाबुले धाम मारेकोमा फुर्किएका छन् ।
पाचौँ निबन्ध ‘काठमाडौँदेखि लोमान्थाङसम्म’ नियात्रा हो । यात्रामा सँगै निस्केका दिनानाथ शर्मालाई ‘पात्लेखेतदेखि मुगलानसम्म’ निबन्धको पाण्डुलिपि देखाउँदा हौसला पाएको चर्चा छ । मुक्तिनाथ यात्राकै सिलसिलाको सातौँ निबन्ध ‘लमतन्न मुस्ताङमा हराएर आफैँलाई’ मा उपल्लो मुस्ताङको दृश्याङ्कन गरिएको छ । भौतिक विकासको रवाफ देखाउने नेताहरूलाई उपल्लो मुस्ताङका एक सहभागीले भनेको “हजुर हामीलाई बाटो र पुल होइन, शिक्षा र चेतना चाहियो । अब तपाईं मन्त्री होइन हामी मन्त्री बन्नुप¥यो । हामीलाई मन्त्री बनाउनुस् ।” भनाइ मर्मस्पर्शी छ । यसले नेपाली नेताहरूको साँस्कृतिक स्तर र पिछडिएको क्षेत्रका जनताको चेतना र आकाङ्क्षालाई एकसाथ प्रस्ट पारिदिएको छ ।
छैठौँ निबन्ध ‘साझा प्रवेशको चक्कर’ नेपाली अर्थ–राजनीतिक समाजको चरित्रमा केन्द्रित छ । कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक उत्पादन तथा बिक्री वितरणमा सिन्डिकेट लगाउन अन्य १८ वटा प्रकाशकहरूजस्तै मिल्न नचाहेको चर्चा छ । जनक शिक्षा सामग्री केन्द्रका पुस्तकहरू साझाले वितरण गर्न छोडेको अवस्थामा कमिसन खुवाएर भए पनि आपूmले वितरण गर्ने मेसोमा लाग्दा पाठ्यक्रम विकास केन्द्रका निर्देशकलाई रेस्टुरेन्टमा लगी खानपिन गराएको उल्लेख छ । निबन्धमा दाबी छ, “सत्य बकाउन यसरी बस्नु पर्दोरहेछ भन्ने शिक्षा प्राप्त गर्न सिक्दै थिएँ म ।” निर्देशकले जनकको महाप्रबन्धक फटाहा भएकोले काम मिलाउन नसक्ने बरु साझा प्रकाशनको महाप्रबन्धक बनाउन सक्ने आश्वासन दिएको तर पछि उसैले अवरोध गरेकोले पाँच महिनाको चक्कर असफल भएको वर्णन छ । अन्ततः शिक्षामन्त्री चित्रलेखा यादवसँगको प्रत्यक्ष भेटघाटबाट साझाको महाप्रबन्धक नियुक्ति पाएर छोडेको ‘सफलताको कथा’ यस रचनामा पाइन्छ ।
व्यावसायिक प्रतिस्पर्धाको इगोका कारण साझामा गएका शर्माले साझा प्रकाशनभित्रको बेथितिलाई राम्ररी अवलोकन गरेका छन् । शर्माले साझाभित्रका विसङ्गत पक्षलाई आठौँ निबन्ध ‘साझा र सपनाकी रानी’ मा उदाङ्गो पारेका छन् । साझाको स्याहार गर्नुपर्ने अधिकारीहरूले नै आफ्नो मानिसलाई तीन लाख बेतन दिएर डेढ लाख कमिसन खाएको, लथालिङ्ग राखिएका किताबहरू, करोडौँ रुपैयाँ अपचलन आदि पीडा सपनामा साझा परिसरका सरस्वतीले व्यक्त गरेको चर्चा छ । यो स्वैरकाल्पनिक निबन्धमा यथार्थ चित्र उतारिएको छ ।
बा¥हौँ निबन्ध ‘मिडिया चमत्कार’मा साझामा शर्माले भ्रष्टाचार गरेको भनी आएका समाचारहरूको खण्डन प्रस्तुत गरिएको छ । बन्द भइसक्यो भनिएको साझालाई उठाएको र साझामा आउनुअघि ६ करोड आफ्नो ऋण भएकोमा साझा गएपछि ९ करोड ऋण पुगेको स्पष्टिकरण दिइएको छ । तेह्रौँ, चौधौंँ र पन्ध्रौँ क्रमश ‘मान्छे’, ‘कर्मचारीतन्त्रको व्यूहभित्र’ र ‘भ्रष्टाचार र भ्रष्टाचारहरू’ रचनाहरूले साझाकै सेरोफेरोमा मानिसको आचरण तथा समाजबारे शर्माको दृष्टिकोण बुझ्न मद्दत दिन्छ ।
नवौँ निबन्ध ‘साहित्यमा म’ र एघारौँ रचना ‘जसका अगाडि निहुरिन्छ मेरो शिरको सगरमाथा’मा शर्मा देशका मुर्धन्य साहित्यकाहरूको समीपमा पुग्न गरिएका प्रयत्नहरू र ती साहित्य साधकहरूका कृतिहरू प्रकाशन गरेको सन्दर्भ छ । दशौँ निबन्ध ‘सुनेका र देखेका प्रधानमन्त्री’ मा गिरिजा, माधव, सुशील, देउवा, ओली, प्रचण्ड तथा सत्रौँ निबन्ध ‘नभेटिएको समृद्धि’मा बाबुराम भट्टराई प्रधानमन्त्रीहरूसँग शर्माको सानिध्यता दर्शाइएको छ ।
सो¥हौँ रचना ‘शिक्षामा अशिक्षा’ले पहिलो रचनाकै शर्माको बाल्यकाल तथा ग्रामीण दर्दनाक जीवनको व्यथा बोकेको छ भने अठारौँ नियात्रा ‘खुदुर्के, जहाँ म जानु छ’ले जीवनको सून्यतालाई बोध गराएको छ ।
‘बादलभित्रको घाम’मा जग्गा धेरै भएर पनि ऋण लागेका बुबालाई सघाउन वा कमाउन दिल्लीको गल्ली –गल्ली चहार्न बाध्य निबन्धकार शर्माले आर्थिक प्रगतिका लागि गरिएका सङ्घर्षका विभिन्न आयामहरू खुलाएका छन् । समाज परिवर्तनको बाटोमा लाग्नुभन्दा पनि व्यक्तिगत मिहिनेतले व्यक्तिगत सफलता हासिल गर्ने दृष्टिकोणले आफूमात्र सही र अरू सबै गलत रहेको दृष्टिदोषबाट निबन्धकार शर्मा पनि मुक्त हुन नसकेको देखिन्छ । निबन्धहरूका घटनाक्रमलाई प्रमाणीकरण गर्न आवश्यक मितिहरू उल्लेख गरिएको भए, साझा प्रकाशन जस्तो सरकारी–सहकारी निकायहरूलाई सुदृढ बनाउन भ्रष्टाचारलाई छायाजस्तै बोकी हिँड्ने पुँजीवादी व्यवस्थाको कुप्रभावबारे वैचारिक विवेचना पनि गरिएको भए ‘बादलभित्रको घाम’ निबन्धकृति अझ सार्थक हुने थियो ।
Leave a Reply