कला : जीवन–दर्शन र यथार्थ – ५
- आश्विन ११, २०८२
– मनिषा श्रेष्ठ
अहिले हामी स्थानीय निर्वाचनको चुनावको समयमा छौं । हामी युवावर्ग सचेत हुनु आवश्यक छ । देशी र विदेशी प्रतिक्रियावादीको दबाबले देशमा दुई दसकसम्म स्थानीय निर्वाचनको चुनाव भएन । यसले गर्दा देशमा ठूलो अस्थिरता, अनियमितता र मनपरितन्त्र भित्रियो । दुई दशकपछि बल्ल वैशाख ३१ गते स्थानीय निर्वाचनको चुनावको मिति तोकिएको छ । यदि अहिलेको समयमा हामीले अत्यन्त सचेत भई सही राजनैतिक पार्टी र उम्मेदवारको छनोट गर्न चुक्यौं भने हाम्रो देशको आजको र भोलिको अवस्थामा कुनै फरक हुने छैन ।
अहिलेको समयमा देशमा थुप्रै समस्याहरू छन् । बेरोजगारी, गरिबी, अशिक्षाजस्ता समस्याहरूबाट धेरै जनता पीडित छन् । यी सबैको कारण भनेको पूँजीवादी व्यवस्था र साम्राज्यवाद हो । नेपाल मजदुर किसान पार्टीले स्थापनाकालदेखि नै यसको चर्को विरोध गर्दै आएको छ । जनताको हक र हितलाई ध्यानमा राखी बाग्मती, नारायणी, जनकपुर, भेरी, कर्णाली र सगरमाथाजस्ता अञ्चलमा जनतालाई सचेत पारी मौलिक र राजनैतिक अधिकारबारे सचेत पारियो ।
वि.सं २०३६,२०४६,२०६२–६३ का आन्दोलनमा पनि नेपाल मजदुर किसान पार्टीको सक्रिय भूमिका रह्यो । सधैं जनताको पक्षमा काम गर्ने नेमकिपाले संविधान निर्माणको क्रममा पनि पूँजीवादी र समाजवादी संविधानको तुलनात्मक अध्ययन गरि समाजवादी संविधानको सकारात्मक विषयमा संविधानसभा र देशका विभिन्न जिल्लामा जनसभा, प्रदर्शन, अन्तरक्रिया र पत्रकार भेटघाटहरूको माध्यमबाट जनतालाई सचेत बनाउने काम भए । सधैं सत्यको पक्ष लिने र विदेशीहरूले जाल बिछ्याएको डलरमा कहिल्यै नबिक्ने नेमकिपालाई प्रतिक्रियावादीहरूले सहन सकेनन् । उनीहरू डराए । हाम्रा साना तर निकै बोझिला पाइलाहरूलाई रोक्नको निम्ति अत्यन्त नसुहाउने सस्तो हतियारको प्रयोग गरे । उनीहरूले थ्रेसहोल्ड अर्थात् मतसीमाको कुरा अगाडि सारे । आफ्नै देश राम्रो होला भनेर डराउने यस्ता पार्टीहरूलाई हाम्रो अमूल्य मत प्रदान ग¥यौं भने देशको भविष्य कस्तो होला ?
थ्रेसहोल्डको कुरा आउँदा प्रतिक्रियावादीहरू आँखा चिम्लिएर त्यस्ता देशहरूको नाम लिन्छन् जसमा प्रजातन्त्र आएको २–४ शताब्दी भइसक्यो । स्विट्जरल्याण्ड, फिनल्याण्ड, नर्वे, स्वीडेनजस्ता देशलाई उदाहरणको रुपमा ल्याउँदा आफ्नो देशको अवस्था र स्थान भने ध्यानमा राख्न चाहेनन् । राजनीतिको खास परिभाषा नै थाहा नभएको र आफ्नो व्यक्तिगत स्वार्थको लागि मरिमेट्ने केही शासक दलहरू र राजनैतिक पार्टीहरूको यो कार्य निक्कै लज्जास्पद छ ।
त्यसैगरि संविधानमा उल्लेखित अधिकारको सूचीबारे गरिएको टिप्पणी पनि मलाई अहिलेको सन्दर्भमा अत्यन्त आवश्यक एवं सान्दर्भिक लाग्यो । पक्कै पनि अलि सक्षम गाउँ र नगरपालिकालाई दमकल र टिभी सञ्चालन गर्ने अधिकार पाउनुपर्छ । सरकारले आधारभूत र माध्यमिक शिक्षा अधिकार भर्खरै दिइरहेको बेला नेमकिपाले भने ८–१० वर्ष अगाडि नै ख्वप विश्वविद्यालयको माग राखेको थियो । यो माग अहिले संसद सचिवालयमा दर्ता भइसकेको छ । अहिलेको संविधानमा आधारभूत स्वास्थ्य र सरसफाइको अधिकार प्रदान गरिएको छ । तर भक्तपुर नगरपालिकाले भने आजभन्दा १०–१२ वर्ष अगाडि नै नगरभित्र दुईवटा स्वास्थ्यकेन्द्र सञ्चालन गर्दै आइरहेको छ ।
गाउँपालिका र नगरपालिकामा नेमकिपाले जोड दिने प्रतिबद्धता दिएका बुँदाहरू अत्यन्त आवश्यक र सान्दर्भिक छन्् । संविधानमा भर्खरै उल्लेखित भएका तर नेमकिपाले पहिल्यै ती कुराहरू लागू गरिसकेका उदाहरणहरू प्रशस्तै छन् । यस्तो पार्टीको समर्थन गर्नु म मेरो कर्तव्य ठान्दछु । अहिलेको सन्दर्भमा अत्यन्त आवश्यक कुराहरू जस्तै गाउँपालिकामा सहरको विकास, पैदल यात्री हिंड्ने पेटीसहितको सडक, ढल एवं बसपार्कलगायतको पूर्वाधारको विकास, उपयुक्त सिमा हेरफेरमा नेमकिपाले जोड दिने प्रतिबद्धता दिएको छ ।
त्यसैगरी स्वदेशमा रोजगारी आजको न्यूनत्तम आवश्यकता हो । खानेपानीको संरक्षण र स्वस्थ खानेपानीको वितरण पनि प्रशंसनीय प्रतिबद्धता हो । महिला सशक्तीकरणको नारा लगाउने क्रममा आफ्नो सानो बालकको शिक्षा, स्वास्थ्य राम्रो भए–नभएको चिन्ता महिलाहरूलाई परिरहेको हुन्छ । यस्तो अवस्थामा शिशुहरूको उचित पालन–पोषण र आमाहरूको श्रमशक्ति वृद्धि गर्न हरेक गाउँमा र टोलमा शिशु–स्याहार केन्द्र र बालोद्यान स्थापना गर्ने पनि घोषणापत्रमा उल्लेख गरिएको छ । नेपाललाई स्वीट्जरल्याण्ड बनाउने झूटो आश्वासनमा भोट बटुल्ने पार्टीहरू पनि थुप्रै छन् । तर नेमकिपाले हामीसँग भएका वातावरण र संस्कृतिहरूलाई नै उपयोग गरि विकास गर्ने प्रतिबद्धता जनाएको छ । त्यसैगरि गाउँपालिकामा नै साना जलविद्युत परियोजना पनि बनाउने भनिएको छ । त्यसैगरि नगरपालिकामा नेमकिपाले प्राथमिकता दिने विषयहरू पनि अत्यन्त सान्दर्भिक छन् । अहिले प्रदूषणको बिगबिगी भएको बेला घरहरूबाट निस्किएका फोहरहरूलाई उचित व्यवस्थापनको आवश्यकता वास्तवमै छ । नमुना विद्यालय, विश्वविद्यालयहरू पनि शैक्षिक क्षेत्रका खम्बा बन्न सक्छन् । कुलतबाट बचाउने, कालोबजारी, कृत्रिम अभावजस्ता समस्याहरू सुल्झाउनाले देशको विकास अझ द्रुतगतिमा अघि बढ्न सक्छ ।
३० वर्ष शासन गरेका शासक पार्टीहरूले बहुदलीय प्रजातन्त्रको २७ वर्षमा पालैपालो सरकारको नेतृत्वमा रहेर जनतामाथि शोषण गर्दैछन् र देशलाई परनिर्भर बनाउँदै छन् । यस्तो अवस्थामा साँचो प्रजातन्त्रको अर्थ बुझाउन नेपाल मजदुर किसान पार्टीले ठूलो भूमिका खेल्न सक्छ । अरु पार्टीले आफ्नो सम्पूर्ण उर्जा प्रयोग गरेर देशलाई परनिर्भर बनाइरहेको अवस्थामा नेमकिपाले भने भारतीय एकाधिकार पूँजीको चर्को विरोध गरिरहेको छ । तसर्थ, यदि देशलाई बचाउने हो भने अहिलेको स्थानीय निर्वाचनको चुनावमा नेमकिपालाई अत्याधिक मतले विजयी गराऔं । मादल चिन्हमा मत खसाली जनताको प्रजातन्त्र ल्याउन सबै आफ्नो अमूल्य योगदान दिउँ । धन्यवाद ।
Leave a Reply