सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
सुरेन्द्रराज गोसाई
(माघ १३ गते बसेको बागमती प्रदेशको प्रदेशसभा बैठकमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य गोसाईद्वारा व्यक्त मन्तव्य)
माघ १० गते, नेपाल मजदुर किसान पार्टी स्थापनाको ४५ वर्ष पूरा भई ४६ औँ वर्षमा प्रवेश भयो । हिमाल, पहाड र तराईका कामदार जनता सप्ताहव्यापीरूपमा पार्टी स्थापना दिवस विविध गतिविधिका साथ मनाउँदै छन् । नेमकिसंको रूपमा नेमकिपाको स्थापना २०३१ माघ १० गते भएको हो ।
माक्र्सवाद, लेनिनवाद तथा माओ त्सेतुङ विचारधारा नेमकिपाको मार्गनिर्देशक सिद्धान्त हो । मजदुर–किसान, देशभक्त बुद्धिजीवी, राष्ट्रिय पुँजीपति वर्ग, स–साना उद्योगी, व्यवसायी तथा व्यापारीहरूको आन्दोलन तथा सङ्घर्षको माध्यमबाट ‘जनताको प्रजातन्त्र’ हुँदै समाजवाद र साम्यवादसम्म पुग्ने नेमकिपाको उद्देश्य रहेको छ । हाम्रो तत्कालीन उद्देश्य ‘जनताको प्रजातन्त्र’ हो भने दीर्घकालीन उद्देश्य समाजवाद र साम्यवाद हो । नेमकिपा पुँजीवादी निर्वाचनबाट समाजवाद स्थापना हुन्छ भन्ने कुरामा विश्वास गर्दैन ।
संशोधनवाद तथा अवसरवादको विरोधमा किसान आन्दोलन तथा वर्गसङ्घर्षलाई निरन्तरता दिने उद्देश्यका साथ नेमकिपाको स्थापना भएको हो । स्थापनाकालमा रातो झन्डा खसाल्न रातो झन्डा उचाल्ने गैरमाक्र्सवादीहरूविरुद्ध नेमकिपाले सैद्धान्तिक सङ्घर्ष अगाडि बढायो ।
सोभियत संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन भएको नेमकिपाले विश्लेषण ग¥यो । तत्कालीन पाकिस्तानको विभाजनमा भारतीय हस्तक्षेप या भूमिकाको नेमकिपाले कडा शब्दमा विरोध ग¥यो । नेमकिपाले स्पष्ट भाषामा भारतीय विस्तारवाद तथा एकाधिकार पुँजी नेपाली समाजको शत्रु भएको ठहर ग¥यो । नेमकिपा स्थापनाका यी केही सैद्धान्तिक तथा वैचारिक आधार हुन् ।
नेमकिपा किसान आन्दोलनको बलियो जगमा टेकेर अगाडि बढेको कम्युनिस्ट पार्टी हो । नेमकिपाले गरेका मोहियानी हक सुरक्षा आन्दोलन, बाली काट्ने आन्दोलन, भर्पाई आन्दोलन र अन्य गतिविधिहरू आदि नेपाली किसान आन्दोलनमा स्वर्णिम अक्षरले लेखिने छन् । भ्रष्टाचारविरोधी आन्दोलनले नेमकिपाको नाउँ थप उज्यालो बनाएको यथार्थ सबैसामु घामझैँ छर्लङ्ग छ । नेमकिपाको निष्कलङ्क छवि, राजनैतिक इमानदारी, आस्था–निष्ठाको राजनीतिको महत्ता दिनप्रतिदिन बढ्दै गइरहेको नेपाली जनताले अनुभव गरेका छन् ।
संशोधनवाद तथा अवसरवादको दलदलमा उम्किनै नसक्ने गरी फस्दै गरेको नेपाली कम्युनिस्ट आन्दोलनलाई जोगाउने र गति प्रदान गर्ने काम नेमकिपाको स्थापनाबाट आरम्भ भयो । पार्टी नै जनताबाट अलग्ग हुँदै गइरहेको त्यस बेलामा लेनिनवादी नीतिबमोजिम निर्वाचन उपयोगको नीति कम्युनिस्ट आन्दोलनलाई सुझाएर पुनर्जीवन दिने अभिभारा नेमकिपाले नै बहन गरेको तथ्य कसैबाट लुकेको छैन । नेमकिपा एक्लै भए पनि क्रान्तिकारी संसद्वादको झन्डा उँचो पारिरहेको छ ।
नेमकिपाले ३० वर्षे पञ्चायती व्यवस्थाविरुद्ध निर्वाह गरेको भूमिका, विसं २०४६ को ऐतिहासिक जनआन्दोलन र २०५८ सालदेखि २०६२–६३ सम्म चलेको प्रतिगमनविरोधी जनआन्दोलनमा नेमकिपाको अमूल्य योगदानलाई कसैले अस्वीकार गर्नसक्दैन । इतिहास साक्षी छ, नेमकिपाले सत्तामा पुग्ने लोभमा, कुनै पद या लाभप्राप्तिमा सीमित रहने सङ्कीर्ण सोचका साथ ती सङ्घर्ष र आन्दोलनमा सहभागिता जनाएको थिएन । निःस्वार्थरूपले देश र जनताको सेवाको राजनीति गर्न आज पनि सम्भव छ । यही सकारात्मक सन्देश दिन नेमकिपा सङ्घर्षरत छ । जोगी बन्न राजनीति गरेका होइनौँ भन्ने चरम अवसरवादी तथा राजनीतिक ठगहरूविरुद्ध नेमकिपाको सङ्घर्ष जारी छ । देश र जनताको व्यापक हित नै नेमकिपाको एकमात्र स्वार्थ हो ।
नेमकिपाका अग्रजहरूले सुस्तामाथि भारतीय विस्तारवादको अतिक्रमणको समयमा त्यसको विरुद्ध सङ्घर्ष गर्दा पञ्चायती जेल–नेल भोग्नुभयो । नेमकिपाले भारतद्वारा निरन्तर भइरहेको सीमा अतिक्रमण, राजनीतिक हस्तक्षेप, सांस्कृतिक अतिक्रमण र नेपालको सार्वभौमिकता, स्वतन्त्रता तथा स्वाधीनतामाथि ठाडो हस्तक्षेपको निरन्तर विरोध गरी देशभक्तिपूर्ण आन्दोलनको अगुवाइ गर्दै छ । कोसी, गण्डकीदेखि महाकाली, माथिल्लो कर्णाली र अन्य देशघाती सन्धिको विरुद्धमा होस् या भारतीय नाकाबन्दी र लिम्पियाधुरा तथा कालापानीमाथि भएको हस्तक्षेप होस् नेमकिपाले सदैव दृढतापूर्वक देश र जनताको पक्ष लियो । भारतीय थिचोमिचोको निर्भीकतापूर्वक विरोध ग¥यो । नेमकिपा आज जनताबीच एउटा सच्चा देशभक्त पार्टीको रूपमा परिचित छ भन्न पाउँदा हामी गौरवान्वित छौँ ।
नेमकिपाले व्यक्तिहत्याको अराजकतावादी विचारको समयमै आलोचना ग¥यो । भारतीय विस्तारवादको बुई चढेर नेपालमा क्रान्तिको सपना देख्ने अराजकतावादविरुद्ध नेमकिपाले सैद्धान्तिक तथा वैचारिक सङ्घर्ष ग¥यो । यो पनि सत्य हो कि भारतीय विस्तारवादको ‘ट्रोजन हर्स’ को विरोध गर्दा नेमकिपा एक्लो थियो । नागरिकता विधेयकको विरोध गर्दा नेमकिपा एक्लो थियो । लगानी बोर्डको विरोध गर्दा नेमकिपा एक्लो थियो । भारतीय नाकाबन्दीविरुद्ध संसद्भित्र सङ्घर्ष गर्दा नेमकिपा एक्लो थियो । तर, आज आम जनता अनुभव गर्दै छन् नेमकिपाले ठीक निर्णय ग¥यो, नेमकिपा सही थियो । कम्तीमा देशमा सच्चाइको पक्षमा लड्ने कोही त बाँकी छन् भन्ने पनि सिद्ध ग¥यो ।
स्थापनाकालदेखि नेमकिपाले साम्राज्यवादविरोधी सङ्घर्षको नेतृत्व ग¥यो । उदाहरणार्थ, संरा अमेरिकाद्वारा भियतनाम र हिन्द–चीनमा गरेको बर्बर हमलाको विरुद्ध नेमकिपाले आन्दोलन ग¥यो । त्यसैगरी अफगानिस्तान, इराक, सिरिया, लिविया, भेनेजुयला, इरानलगायतका देशमा संरा अमेरिकी साम्राज्यवाद र नेटो देशद्वारा गरिएको हस्तक्षेप तथा युद्धको निरन्तर विरोध गरिरहेको छ । समाजवादी देश क्युवाविरुद्ध ६० वर्ष र प्रजग कोरियाविरुद्ध ७० वर्ष लामो नाकाबन्दी र चीनविरुद्धको व्यापारयुद्धजस्ता साम्राज्यवादी क्रियाकलाप तथा युद्धोत्तेजना फैलाउने अपराधविरुद्ध पनि नेमकिपाले निरन्तर सङ्घर्ष गर्दै छ । साथै, साम्राज्यवादी युद्धविरुद्ध लडिरहेका विश्वका शान्तिकामी तथा न्यायप्रेमी जनताको सङ्घर्षमा नेमकिपाले ऐक्यबद्धता जनाई आफ्नो अन्तर्राष्ट्रिय कर्तव्य पनि पूरा गर्दै छ । यसप्रकार, साम्राज्यवादविरोधी सङ्घर्षमा उल्लेखनीय योगदान दिँदै नेमकिपा अग्रपङ्तिमा उभिएको सर्वविदित्तै छ ।
नेमकिपाका अग्रजहरूले सुस्तामाथि भारतीय विस्तारवादको अतिक्रमणको समयमा त्यसको विरुद्ध सङ्घर्ष गर्दा पञ्चायती जेल–नेल भोग्नुभयो । नेमकिपाले भारतद्वारा निरन्तर भइरहेको सीमा अतिक्रमण, राजनीतिक हस्तक्षेप, सांस्कृतिक अतिक्रमण र नेपालको सार्वभौमिकता, स्वतन्त्रता तथा स्वाधीनतामाथि ठाडो हस्तक्षेपको निरन्तर विरोध गरी देशभक्तिपूर्ण आन्दोलनको अगुवाइ गर्दै छ । कोसी, गण्डकीदेखि महाकाली, माथिल्लो कर्णाली र अन्य देशघाती सन्धिको विरुद्धमा होस् या भारतीय नाकाबन्दी र लिम्पियाधुरा तथा कालापानीमाथि भएको हस्तक्षेप होस् नेमकिपाले सदैव दृढतापूर्वक देश र जनताको पक्ष लियो । भारतीय थिचोमिचोको निर्भीकतापूर्वक विरोध ग¥यो । नेमकिपा आज जनताबीच एउटा सच्चा देशभक्त पार्टीको रूपमा परिचित छ भन्न पाउँदा हामी गौरवान्वित छौँ ।
आज पनि नेमकिपा संरा अमेरिकाद्वारा अघि सारिएको मिलेनियम च्यालेन्ज कर्पोरेसन र हिन्द प्रशान्त रणनीतिको विरुद्धमा सङ्घर्षरत छ । नेमकिपाले सर्तसहितको सहयोग अस्वीकार गर्न र सहयोग स्वीकार्ने नाममा देशको स्वाधीनता, स्वतन्त्रता र सार्वभौमिकता बन्धकमा नराख्न नेपाल सरकारलाई आह्वान गरेको छ । मगन्ते प्रवृत्ति त्यागेर आत्मनिर्भरता र आत्मगौरवको बाटो रोज्न शासक दलले हिम्मत देखाउनुुपर्छ भन्ने नेपाली जनताको आवाज जोडदार ढङ्गले गुञ्जाइरहेको छ । देश साम्राज्यवादी सेनाको रणभूमि बन्न नदिन, एसियाको अर्को अफगानिस्तान बन्नबाट देशलाई बचाउन नेमकिपा सङ्घर्षरत छ ।
एमसीसी अस्वीकृत गरी देशलाई सम्भावित भयानक दुर्घटनाबाट जोआगौँ । यदि आफ्नै आँखाले देश विखण्डन भएको हेर्न मञ्जुर छैन भने, यही देशका शासकहरू अन्य देशमा झैँ साम्राज्यवादीबाट झुन्ड्याइएको या गोलीले उडाइएको देख्नसुन्न मञ्जुर छैन भने एमसीसी सदाको लागि अस्वीकार गर्नुको कुनै विकल्प छैन । ४६ औँ स्थापना दिवसमा नेमकिपाले यही सन्देश जनताबीच पु¥याउँदै छ ।
कामदार जनताको हक र हितको निम्ति, देशको सार्वभौमिकता रक्षाको निम्ति, नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाउन र आमूल परिवर्तनको निम्ति नेमकिपा बितेको ४५ वर्षमा झैँ दसकौँसम्म लड्दै जानेछ । नेमकिपाले वर्गसङ्घर्षलाई चालू राख्नेछ ।
Leave a Reply