के ‘गाँसे गुसे एकै नासे’ हो ?
- असार १५, २०८३
छिमेकी देश चीन यतिबेला कोरोना भाइरसको महामारी भोग्दै छ । सारा चीन एकजुट भएर आज यो प्रकोपसँग लडिरहेको छ । नयाँ वर्षको बिदा मनाउन घर फर्केका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत अत्यावश्यक सेवाका मानिस आ–आफ्नो कार्यक्षेत्रमा फर्केका छन् । मुख छोप्ने मास्कको कमी भएसँगै मास्क उत्पादक कारखानाका मजदुरहरू अहोरात्र उत्पादनमा लागेका छन् । आफ्नो निजी स्वार्थलाई भन्दा सामाजिक हितलाई प्राथमिकता दिने चिनियाँ जनताको भावना कोरोना भाइरसको प्रतिकारमा पनि देखियो । चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो सबै संयन्त्र परिचालन गरी यो महामारीको सामना गर्ने घोषणा गरिसकेको छ । चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा चिनियाँ राष्ट्रपति सी चिनफिङले देशभरका सबै जनतालाई यो प्रकोपको सामना गर्न एकजुट हुन आह्वानमात्र गर्नुभएको छैन, बरू सी स्वयं अहोरात्र सबै क्षेत्रबाट आउने रिपोर्टको नियमित अध्ययन गर्दैै आवश्यक रणनीति निर्माणमा भूमिका खेलिरहनुभएको छ । चिनियाँ नयाँ वर्षको लामो बिदाको समयमा यसरी प्राणघातक रोग फैलिँदा चीनमा सन्त्रास फैलिएको छ । तथापि विगतमा पनि धेरै यस्ता प्रकोपको सामना गरिसकेका चिनियाँ जनता यो पटक पनि एकढिक्का भएर प्रतिरोधमा लागेका छन् ।
चीनमा रहेका नेपाली विद्यार्थी र नागरिकलाई स्वदेश फिर्ता गर्नेबारे नेपाल सरकार गम्भीर देखिएको छैन । चीनस्थित नेपाली दूतावासको भूमिका औपचारिकतामा मात्र सीमित रहेको र त्यसले कुनै परिणाम दिन नसकेको त्यहाँ रहेका नेपालीले सरकारसमक्ष गुनासो गरेका छन् । कोठाबाट बाहिर आउन नसकिने भएकोले व्यक्तिगत पहलमा स्वदेश फर्किने अवस्था छैन । पूरै बजार बन्द हुनु र कोठामा खानेकुरा सकिँदै जानुले दैनिक जीवन कष्टकर बनेको नेपालीहरूको भनाइ छ । यो अवस्था एक प्रकारको युद्धको अवस्था हो । यस्तो अवस्थामा आफ्नो नागरिकको सुरक्षा गर्नु सरकारको दायित्व हो । सरकारले तत्काल त्यहाँका नेपाली जनताको उद्धार गर्न यथाशक्य चाँडो पहल गर्नुपर्छ ।
तर, कोरोना भाइरसको सङ्क्रमण आज चीन एक्लैको मात्र समस्या रहेन । संसारका विभिन्न देशमा यो रोग सङ्क्रमण भइसकेको हुनाले यसविरूद्ध विश्व समुदाय एकजुट भएर लड्नुको विकल्प छैन । विश्व स्वास्थ्य सङ्गठन र चीन सरकारले कोरोना भाइरसविरुद्ध एकजुट भएर सामना गर्ने सकारात्मक घोषणा गरेको छ । मानव जातिमाथि नै चुनौती बनेको यो रोगको सङ्क्रमणविरूद्ध लड्न सबै देशले आ–आफ्नो तरिकाले सक्रियता देखाउन जरूरी छ । कुनै पनि प्रकारको सङ्कीर्ण र पूर्वाग्रहबाट मुक्त भएर यस्ता चुनौतिको सामना गर्नु नै मानव धर्म हो । चीनले धेरै चाँडो यो प्रकोपमाथि जीत हासिल गर्नेमा विश्वसमुदाय आशावादी छ ।
चीनमा रहेका नेपाली विद्यार्थी र नागरिकलाई स्वदेश फिर्ता गर्नेबारे नेपाल सरकार गम्भीर देखिएको छैन । चीनस्थित नेपाली दूतावासको भूमिका औपचारिकतामा मात्र सीमित रहेको र त्यसले कुनै परिणाम दिन नसकेको त्यहाँ रहेका नेपालीले सरकारसमक्ष गुनासो गरेका छन् । कोठाबाट बाहिर आउन नसकिने भएकोले व्यक्तिगत पहलमा स्वदेश फर्किने अवस्था छैन । पूरै बजार बन्द हुनु र कोठामा खानेकुरा सकिँदै जानुले दैनिक जीवन कष्टकर बनेको नेपालीहरूको भनाइ छ । यो अवस्था एक प्रकारको युद्धको अवस्था हो । यस्तो अवस्थामा आफ्नो नागरिकको सुरक्षा गर्नु सरकारको दायित्व हो । सरकारले तत्काल त्यहाँका नेपाली जनताको उद्धार गर्न यथाशक्य चाँडो पहल गर्नुपर्छ ।
नेपालस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अझै पनि कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन पूर्वतयारीमा कमजोरी देखिएको छ । झाराटार्न औपचारिक परीक्षणमात्र गरिँदा कुनै पनि बेला नेपालमा यो रोगको सङ्क्रमण हुनसक्ने देखिन्छ । नेपालजस्तो अल्पविकसित देशमा यस्तो प्राणघातक रोगको सङ्क्रमण फैलिए अवस्था अझ विकराल बन्ने निश्चित छ । तसर्थ सरकारले बेलैमा यसको गम्भीर पूर्वतयारी गर्नुपर्छ । प्रचारबाजी वा देखावाको लागि मात्र पूर्वतयारी वा सावधानी हुनुहुन्न । नेपाल सरकारले चीन सरकारको कार्यशैलीबाट केही कुरा मात्र सिक्न सके नेपाली जनताको हित हुनेछ ।
Leave a Reply