भर्खरै :

कोरोनाविरुद्धको लडाइँ

चुनौती र कठिनाइले चीनलाई कहिल्यै पनि छोडेन । यसको पछिल्लो उदाहरण बनेको छ–कोरोना भाइरसको महामारी ।
गत बिहीबारसम्ममा ५००० भन्दा बढी मानिस कोरोना भाइरसको कारण हुने निमोनिया ज्वरोबाट सङ्क्रमित भएको देखियो । १०० भन्दा बढीको सोही कारण निधन भइसकेको छ ।
यो भाइरसको स्रोत अझै पत्ता लगाउन सकिएको छैन । भाइरसले रूप परिवर्तन गरेर मानिसबाट मानिसलाई सङ्क्रमण भएको हुनसक्ने बताइएको छ । चीनमा अहिले नयाँ वर्षको बिदा छ । उनीहरू यसलाई वसन्त पर्वको बिदा भन्छन् । नयाँ वर्ष मनाउन चिनियाँहरू एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्छन् । त्यसकारण पनि यो भाइरस अझ बढी फैलिने सम्भावना छ । भाइरस फैलिन नदिन चीनले उच्च सतर्कता कायम राखेको छ । यो महामारीविरुद्ध लड्न चीनले कुनै पनि कमी बाँकी राख्ने छैन ।
चीनभरि नै सुदृढ परीक्षण प्रणाली र महामारी नियन्त्रण प्रणाली जडान गरिएको छ । मानिसलाई हुपेई प्रान्तको राजधानी उहानमा यात्रा नगर्न सूचना जारी गरिएको छ । उहानमा पहिलो पटक यो भाइरस देखिएको थियो ।
यो महामारीको असर र जटिलताबारे सरकारका सबै तह सजग छन् । हुपेई प्रान्तको सरकारले आकस्मिक सेवाको बन्दोबस्त गरेको छ । महामारीविरुद्ध दृढतापूर्वक लड्न त्यहाँको सरकार प्रतिबद्ध छ । सूचनाको पारदर्शिताको महत्वलाई बुझेर हुपेई प्रान्तीय सरकारले गलत सूचना वा रोग लुकाउने प्रवृत्ति शून्य सहनशीलता घोषणा गरेको छ ।

कोरोना भाइरसको महामारी सामना गर्न चिनियाँ जनता सङ्गठित र संयमित छन् । चीनको सबभन्दा चल्ती सामाजिक सञ्जाल विच्याटमा मानिसहरूले यो रोग नियन्त्रण र पूर्वसावधानीबारे विभिन्न सामग्री प्रचार गरेका छन् । केहीले भने अनावश्यक हल्ला पनि फैलाएका छन् ।

रोग नियन्त्रण र रोकथामको लागि उहानका स्वास्थ्यकर्मीहरू चौबीसै घण्टा अहोरात्र परिचालित छन् । सकेसम्म छोटो अवधिमा बिरामीको परीक्षण र उपचारको लागि स्वास्थ्य सेवा र पूर्वाधारको परिचालन गरिएको छ ।
महामारीको जटिलता बुझेर सरकारले सबै किसिमका खतरा नियन्त्रण गर्न सावधानीका साथ काम गरिरहेको छ । यो सरकारको दायित्व हो, सरकारले पूरा गर्नुपर्छ ।
कोरोना भाइरसको महामारी सामना गर्न चिनियाँ जनता सङ्गठित र संयमित छन् । चीनको सबभन्दा चल्ती सामाजिक सञ्जाल विच्याटमा मानिसहरूले यो रोग नियन्त्रण र पूर्वसावधानीबारे विभिन्न सामग्री प्रचार गरेका छन् । केहीले भने अनावश्यक हल्ला पनि फैलाएका छन् ।
भाइरसको कुनै भौगोलिक वा राजनीतिक सिमाना हुँदैन । केही दिन यता चीन बाहिर पनि यो भाइरसका सङ्केत देखिएको समाचार आइरहेका छन् । यसले कोरोना भाइरस नियन्त्रणको लागि अन्तर्राष्ट्रिय समन्वयन आवश्यक भएको देखाएको छ । चिनियाँ सरकारी निकायले कोरोना भाइरसबारे आवश्यक जानकारी अन्तर्राष्ट्रिय समुदायलाई नियमितरूपमा दिइरहेको छ । चीनले क्षेत्रीय र विश्व स्वास्थ्य सुरक्षा जोगाउन संयुक्त काम गर्न सबै पक्षलाई आह्वान गरेको छ । साझा प्रयासले मात्र यो महामारीलाई नियन्त्रणमा लिन सकिनेछ ।
सबै हिसाबले मध्यम ढङ्गले समृद्ध समाज निर्माणको लागि अघि बढिरहेको चीनको लागि यो नयाँ चुनौती हो । चीनको पुनःजागरणको यात्रामा यस्ता अनेकन कठिनाइ हिजो पनि आएका थिए, अहिले पनि आएको छ र भोलि पनि आइरहने छन् । तर, जहाँ इच्छा हुन्छ, त्यहाँ अवश्यमेव उपाय पनि हुन्छ ।
चीनले नयाँ भाइरससँगको लडाइँ जित्नैपर्छ । त्यसको अर्को कुनै विकल्प छैन । (सिन्ह्वा)
नेपाली अनुवाद ः हरि

Leave a Reply

Your email address will not be published. Required fields are marked *