भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
भक्तपुर, १६ माघ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा पारागन एकेडेमीको १७ औँ बृहत् वार्षिकोत्सव, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम बिहीबार सम्पन्न भयोे ।
कार्यक्रममा प्रमुख प्रजापतिले अभिभावक र विद्यार्थीले पैसा कमाउन र व्यक्तिगत सुख सुविधाको लागि नभई देश र जनताको सेवा गर्ने उद्देश्यले पढाउनुपर्छ भन्दै भविष्यमा आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने सोचले शिक्षा, भूगोल, इतिहास, कला संस्कृतिजस्ता विषयहरूलाई विशेष महत्व दिई पठनपाठन गर्नु गराउनुपर्ने बताउनुभयो ।
उहाँले विश्वविद्यालयहरूले शिक्षासँगै सीप र श्रम गर्न दिनुपर्ने बताउँदै त्यस्ता व्यक्ति कहिल्यै पनि बेरोजगार हुनु नपर्ने बताउनुभयो ।
देशलाई अगाडि बढाउन विद्यालयले असल, सुसंस्कृत र योग्य नागरिक तयार गर्नुपर्ने भन्दै उहाँले विद्यार्थीको छनोटको विषय राम्रो हुनुपर्ने र देशले उत्पादन गरेका राम्रा विद्यार्थी विदेशमा गइरहेको हुँदा विद्यार्थीमा देशभक्तिको भावना जागृत गराउनुपर्ने बताउनुभयो ।
प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षालाई विशेष प्राथमिकता दिई कार्य गरिरहेको बताउँदै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले लेख्नुभएको ‘सय वर्षपछिको भक्तपुर’ को परिकल्पनालाई साकार पार्न नपाले विभिन्न भाषासम्बन्धी तालिमहरू सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।
रात्रीकालीन समयमा पर्यटकलाई भक्तपुरको अवलोकन गराउने उद्देश्यले ठाउँ–ठाउँमा परम्परागत बाजा, नृत्य, भक्तपुरको मौलिक पहिचान बोकेको सांस्कृतिक झाँक्रीहरूको व्यवस्थापन गराउने सोच रहेको बताउँदै कला, संस्कृतिलाई पुस्तान्तरण गराउने उद्देश्यले नगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा ती विषयहरूलाई समेटेको उहाँले बताउनुभयो ।
पारागन एकेडेमीले देशको लागि योग्य जनशक्ति उत्पादन गर्नेमा विश्वास व्यक्त गर्दै अतिथि प्रजापतिले शिक्षाले समाज परिवर्तनको लागि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा उत्प्रेरक रमन नेपालीले अभिभावक तथा विद्यार्थी सकारात्मक सोचका साथ अगाडि बढेमा कहिल्यै पनि असफल नहुने हुँदा जीवनलाई सफल बनाउन आ–आप्mनो तर्पmबाट प्रयास गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद कुसी, एनप्याब्सनका जी.बी. खड्का, ई.सी.डी.एक्पर्टका सानु खड्का, नगर शिक्षा प्रमुख हरि निरौला, विद्यालयका प्रिन्सिपल पुण्यराम कवां, मोडर्न बोर्डिङ स्कूलका प्रिन्सिपल बाबुकाजी कसपाल, अभिभावक दीपक लामिछाने, शिक्षक राजेन्द्र फोंजु, विद्यार्थी विजया काप्mलेलगायतले विद्यालयको प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयबाट एसईई परीक्षा उत्तीर्ण गरेका विद्यार्थी, विभिन्न परीक्षामा सर्वोत्कृष्ट छात्र–छात्राहरू, साफ खेलकुदमा उत्कृष्टता हासिल गरेका पूर्वविद्यार्थी तथा विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा उत्कृष्ट हुन सफल अभिभावक, शिक्षक तथा विद्यार्थीलाई मायाको चिनो र पदक वितरण गरिएको थियो ।
Leave a Reply